मोरङ/ मोरङको सुन्दरहरैचा नगरपालिका बिराटचौकमा रहेका २ वटा बैङ्कहरुबाट पासवर्ड ह्याक गरेर बैङ्कबाट पैसा निकाल्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटचौक ५ बस्ने बर्ष ३६ को देबराज सिक्देल रहेका छन् । सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित रमेश आचार्यले आफ्नै नाममा दर्ता गरेर आफ्नै घरमा संचालन गर्दै आएको आर एक भिजन एकाउन्ट सोलुसन प्रा.लि.एकाउन्टेन समेत रहेका सिक्देलले रमेश आचार्यको नबिल बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट पासवर्ड ह्याक गरी बिभिन्न मितिमा अठ्ठाईस हजार एक सय र आचार्यका काका स्थानीय ओमनाथ आचार्यको माछापुच्छ्रे बैङ्क शाखा कार्यालय बिराटचौकमा रहेको खाताबाट
विजयपुर/ आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ । प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो । उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए । उनले भने&nda
धरान । राष्ट्रिय युवा संघ नेपालको ३४ औ स्थापना दिवसको अवसरमा सोमबार धरान उप–महानगर कमिटीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवशको अवसरमा युवा संघका केन्द्रिय सदस्य, प्रदेश, जिल्ला सदस्य सहित धरान उपमहानगरपालिका कमिटीका पदाधिकारीहरुको उपस्थितीमा कार्यक्रमको आयोजना गरेको हो । विभिन्न बिद्यालयमा लागुऔषध तथा दुर्ब्यसनी बिरुद्ध सचेतना कार्यक्रम, पहिरो पिडितलाइ राहत बितरण तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता गरेको थियो । युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहालका अनुसार धरान १८ स्थित डिपो उच्च मा.बी. र धरान –१२ स्थित पब्लिक स्कुलमा लागुपदार्थ दुर्ब्यसनी विरुद्ध सचेतना कार
विजयपुर / पेस्तोल सहित धरानबाट पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक गरेको छ । फक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ डाँडा घोपाका २९ बर्षीय हुकमेन जिमी, उनका भाई २४ बर्षीय दिपक जिमी र धरान–१५ का २४ बर्षीय रोहित राई रहेका छन । प्रहरीले सुचनाको आधारमा बैशाख ३१ गते राती कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ९रिट० समुह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त प्रहरी टोलीले हुकमेन जिमी र दिपक जिमीलाई उनको घरको कोठाबाट नियन्त्रणमा लिएको जनाएको छ पक्राउ परेका जिमी दाजुभाईलाई सोधपुछका गर्ने क्रममा हुकमेन जिमीले २ थान पेस्तोल खरिद गरी ल्याएको बुझिएको इलाका प्रहरी कार्यालय धरा
धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सञ्चारकर्मीमाथि गरेको दुव्र्यवहारको विरोध गर्दै साता व्यापाी आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरीले धरानमा सोमबार शान्तिपूर्ण विरोध ¥याली निकालेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाई महासंघसँग आवद्ध पत्रकार, पूर्व अध्यक्षहरुसम्मिलित ¥याल धरान २ भानुचौकबाट नयाँ बजार हुदै धरान उपमहानगरपालिकाको गेट अगाडि पुगेर सम्पन्न भएको थियो । प्रेस स्वतन्त्रताको खिलापमा मेयर साम्पाङले उनको फेसकबुक पेज ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत पत्रकारमाथि अनर्गन शब्द प्रयोग गरी प्रहार गरेकोले स्थानीय सरकारबाटै सञ्चारकर्मी असुरक्षित भ
धरान /छोरी हराएको १८ बर्षपछि परिवारले उनको खोजी गरिदिन माग गरेका छन् । नेपाल पत्रकार महासघको सभाहलमा आमा यसोदा अधिकारी र दिदी सविना अधिकारीले पत्रकार सम्मेलन गरी हराउनुको मुख्य जिम्मेवारी बुबा लक्ष्मण अधिकारी भएको बताएका छन् । आमा शोभा अधिकारीका अनुसार २०६२ सालमा धरानबाट साढे सात बर्षको उमेरमा कान्छी छोरी शोभा अधिकारीलाई बुबा लक्ष्मण अधिकारीले लिएर गएको र ०६५ सालदेखि छोरी बेपत्ता भएकी थिइन । उनले छोरी हराए पनि श्रीमान लक्ष्मणले परिवारलाई जानकारी नदिएको बताइन् । उनले छोरी हराएको कुरा आफूहरुलाई जानकारी नै नदिएको बताउँदै १८ बर्षपछि श्रीमान् एक्लै धरान आएपछि थाहा भएको बताइन् । उनले भावविह्
सुनसरी / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समय समयमा चिकित्सकले गरेका लापारबाहीका घट्ना बाहिरिने गरेका छन् । त्यहाँ कार्यरत चिकित्सक, नर्सहरुले विरामी तथा विरामीका आफन्तप्रति गरेको दुव्र्यवहारका विषयमा पनि समाचार आउने गरेका छन् । पछिल्लो समय चिकित्सकले गरेको हेलचेक्र्याइएको समाचार बाहिरिएको छ । धरान २ निवासी मुकुस अग्रवालको उपचारमा चिकित्सक गम्भीर नभएको तर विरामी र विरामीका आफन्तलाई अनावश्यक दु: ख दिएको भन्दै परिवारले पत्रकार सम्मेलनकै आयोजना गरेर आफ्नो व्यथा सुनाएका छन् । धरान २ निवासी विरामी अग्रवालकी बहिनी पूजा अग्रवालले प्रतिष्ठानका चिकित्सक डा. लोकेस जैयसव
धरान / सुनसरीको धरानलाई कार्यक्षेत्र बनाएर काम गर्ने सञ्चारकर्मी स्थानीय सरकारका प्रमुखबाटै असुरक्षित भएको भन्दै गृहमन्त्रालाई गुहारेका छन् । मेयर साम्पाङ र उहाँका समर्थकहरुले सञ्चारकर्मीमाथि लगातार गरेको दुव्यवहारपछि असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत गृहमन्त्रालाई ज्ञापनपत्र बुझाएको हो । सोमबार ज्ञापनपत्र बुझाउन जाँदा धरानका मात्र सञ्चारकर्मी थिएनन् । नेपाल पत्रकार महार्सघ सुनसरीसहित कोशी प्रदेश पत्रकार महासंघ विराटनगरका सञ्चारकर्मीहरु समेत आएका थिए । धरानमा मेयर र उहाँका समर्थकबाट नै असुक्षित भएको महसुस भएपछि प्रेस स्वतन्ताको प्रत्याभूतिको माग गर्दै जिल्ला प्रश
विजयपुर/ धरानमा तीन हप्तादेखि जारी आठौं वास्केटवल ट्यालेण्ट हण्ट तथा ट्रेनिङ क्याम्प आज शनिवार समापन भएको छ । धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राबिधिक तथा धरान उपमहानगरपालिकाको संयोजनमा वैशाख ९ गतेदेखि शुरु भएको थियो । उक्त बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प मा धरान उपमहानगरपालिकाका उप–मेयर आइन्द्र विक्रम वेघाको प्रमुख आतिथ्यतामा समापन भएको हो । गत सालमा एसइइ दिएर बसेका विद्यार्थी तथा बास्केटबल खेल्न इच्छुकहरु लाई लक्षित गरि आयोजित ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेजबाट ६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थ्एि । समापन कार्यक्रमलाई
धरान / किरात राईहरुले महान चाड साकेला उभौली वैसाख पूर्णिमा देखि धुमधाम मनाइरहेका छन् । राई भित्रको पनि किरात सुच्चा राईले उभौलीको पञ्चमी तिथिर्मा पितृको सम्झना गर्दै थानमा पूजा अर्चना गरेर मनाएका छन् । यो दिन उनीहरुले होमेबाजे (पुजारी बाजे) बाट आवश्यक सामाग्री तर्जुमा गर्छन । त्यसपछि ढुंगा र रुखको थानमा सामग्री राखी होमेबाजबाट गर्ने गरिन्छ । प्रदेश १ का धरान, सुनसरी, इलाम, पाँचथर, मोरङका सुच्चा राईहरुले सामुहिक पूजा गरेका थिए ।कार्यक्रममा प्रमुख अथितिको रुपमा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवम् अर्थविद् जित्पाल किरातको समेत उपस्थिति रहेको थियो । परिव