धार्मिक वनमा मासु र रक्सीको व्यापार देखावटीमा बेला बेला वनको तालाबन्दी

  • पुस १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt - केदार बस्नेत

धरान/ धरानमा सामुदायिक वनको क्षेत्राधिकार भित्र पर्ने स्थानहरु अतिक्रमण भई रक्सी र मासुको व्यापार हुँदै आएपनि संवन्धित निकाय मौन रहेको छ ।

धरान १५ स्थित धामिर्क वनको जग्गामा नियम विपरित सुम्निमा सेकुवा खिम सञ्चालन दुई वर्ष अघिदेखि मासु तथा मदिरा विक्री वितरण भइरहेको भएपनि सरोकारवाला निकाय मौन रहेको पाइएको छ ।

महादेवचोक दक्षिण साकेला धार्मिक वनको क्षेत्रमा रहेको जग्गामा अनाधिकृत रुपमा निर्माण कार्य समेत गरी मासु र मदिरा पसल सञ्चालन भइरहेको हो ।

सव डिभिजन वन कार्यालय धरान तिनकुनेले देखावटीका लागी बेला बेलामा उक्त सेकुवा कर्नरमा तालाबन्दी समेत गर्ने गरेको छ । २०८० असार ३ गते किरात राई यायोक्खा वडाकार्य समिति धरान–१५ कि अध्यक्ष मालती राईलाई प्रथम पक्ष र धरान–१५ कि जैकला राईलाई दोस्रो पक्ष बनाएर एउटा सम्झौता पत्र तयार गरी एउटा टहरा मात्रै भाडामा दिइएको थियो ।

त्यसै बेला जैकला राई र मालती राईले उत्त सेकुवा मदिरा पसल सञ्चालन गर्ने तयारी गरेका थिए । तर सञ्चालकहरुबीच कुरा नमिलेपछि मालती राई बाहिरिएको अर्काे सञ्चालक कल्पना राई बताउछिन् ।

उनी भन्छिन् –‘सबै योजना मालती राईकै हो, हामीले यहाँ होटल सञ्चालन गर्न नपाए हाम्रो लगानी डुब्छ, हामीलाई यसबारे केही थाहा थिएन, यो सबै मालती राईका कारण भएको हो ।’

 अहिलेकी सुम्निमा सेकु्वा खिमकी सञ्चालक कल्पना राई भन्छिन् –‘त्यो बेला मालती राई र जैकला राईले नै पसल चलाउने भनेर भाडामा लिनु भएको रहेछ, हामी त पछाडी जोडियौ ।’ कल्पना राईका अनुसार अहिले कल्पना राई, जैकला राई, शिव राई र प्रेमकुमार राई चार जना सञ्चालक भएर सुम्निमा सेकुवा खिम सञ्चालन गरिरहेका छन् ।

करिब ६ कठ्ठा जग्गामा उक्त सेकुवा खिम सञ्चालित छ । सञ्चालक कल्पना राईका अनुसार सुम्निमा सेकुवा खिममा ६० लाख लगानी भइसकेको छ । सञ्चालक शिव राईले भने सबै कागजपत्र डिभिजन वन कार्यालय पु¥याइ सकेको र चाडै बैध गराएर होटल सञ्चालन गर्ने बताउछन् ।

किरात राई यायोक्खा वडा कार्य समिती धरान–१५ को कार्य समिति अहिले परिवर्तन भइसकेको छ । अहिले समितिको अध्यक्षमा डाकमान राई रहेका छन् । डाकमान भन्छन् –‘म आउनुभन्दा पहिला नै यो होटल सञ्चालनमा थियो । म यसमा संलग्न छैन ।

यता वन कार्यालयले बन्द गरेको जस्तो मात्रै गर्ने र होटल निर्वाध रुपमा सञ्चालन हुने क्रम भने रोकिएको छैन । वन नियमावली २०७९ को दफा ८० मा ‘भाडामा दिन नहुने’ तथा ‘भू उपयोग स्थायी रुपमा परिवर्तन गर्ने कार्य गर्न नहुने’ भनेर प्रस्ट रुपमा लेखिएको छ ।

तर नियमावली विपरित बहाल करारनामा गरी सेकुवा र मदिरा विक्री गर्न दिइएको छ ।
सव डिभिजन वन कार्यालयका प्रमुख महेश शाहले उक्त क्षेत्रमा सेकुवा कर्नर सञ्चालनमा नरहेको बताएका छन्

। शाहले ‘हामीले सेकुवा कर्नर सञ्चालन भइरहेको भन्ने सूचना पाएपछि त्यहा गएर तालाबन्दी गरेका छौं ।’ तर स्थानीयले भने अहिलेसम्म कुनैदिन बन्द भएको नदेखेको बताएका छन् भने आजका दिनसम्म निर्वाध रुपमा सो सेकुवा र मदिरा होटल सञ्चालन भइरहेको छ ।

डिभिजन वन अधिकृत खुद्रुस मियाले पनि धार्मिक वन क्षेत्रमा कुनै पनि वहानामा मदिरा पसल सञ्चालन हुन नसक्ने बताएका छन् ।

उनले भने ‘धार्मिक वन क्षेत्र भनेको आफ्नो धर्म संस्कृतिके संरक्षण र संबद्र्धन गर्ने थलो हो, त्यस्तो वनमा पूजाआजा बाहेकका सबै काम बर्जित गरेको छ ।

त्यहाको काठ र दाउरा समेत उपभोग गर्ने अधिकार धार्मिक वनलाई हुँदैन भने होटल नै सञ्चालन गर्न कहाँ पाइन्छ ?’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved