धरान/ अत्याधिक चीसो बढेसँगै अस्पतालहरुमा विरामीको संख्या बढ्न थालेको छ । यसैलाई मध्यनजर गरी विविध कारणले अस्पतालसम्म पुग्न नसकेका विरामीलाई निः शुल्क स्वास्थ्य शिविरसँगै रगतको अभाव परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । विगतदेखि नै समाजसेवामा समर्पित मारवाडी समुदायहरुको संस्था मारवाडी सेवा समिति धरानले बार्षिकोत्सवको अवसर पारेर निम्न आय स्रोत भएका तथा विविध कारणले अस्पतालसम्म पुग्न नसकेका सर्वसाधारणलाई लक्षित गरी शिविरमै सबै प्रकारका चेकजाँचसँगै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । शिविरमा केएचडीकातर्फबाट प्रा.डा सञ्जिव शर्मा सहित ८ जना चिकित्सक, हाडजोर्नी विभागमा प्रा.ड
धरान/ धरानको दीर्घकालीन समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर स्वतन्त्र उमेदवारीबाट चुनाव जितेका हर्कराज राई धरानमा खानेपानी समस्या हुन थालेपछि प्रदेश र संघीय सरकारले धरानको खानेपानी समस्या समाधानमा यथेष्ट बजेट नदिएको भन्दै भानुचौकमा एक्लै रित्तो गाग्री बोकेर प्रदर्शनमा उत्रिए । खानेपानी समस्या हुन थालेपछि सर्वसाधारणको गुनासोलाई डाइभर्ट गर्न उनले केही न केही तिक्डम निकाल्ने गरेका छन् । दीर्घकालीन समस्या समाधान गर्न नसकी जनश्रमदानको नाममा अल्पकालीन समस्या समाधानमा अल्झिएर समय व्यथित गर्दै आएका मेयर राईले सर्वसाधारणको ध्यान डाइभर्ट गर्नकै लागि यस्ता तिक्डम गर्ने गरेका छन् । धरानको भानु
बराहक्षेत्र/ धर्तीको पहिलो धार्मिक स्थल बराहक्षेत्रधाम उच्च जोखिममा रहेको छ । जोखिममा रहेको वराहक्षेत्रधाम परिसर । सप्तकोशी नदीको किनारमा रहेको यो बस्ती संरक्षणमा राज्यको ठूलो लगानी आवश्यक देखिन्छ । धर्तीको पहिलो तीर्थ, राज्यको विकासको रेखामुन्तिर ।
धरान/ माघ १९ गतेदेखि २६ गतेसम्म धरान १६ स्थित रंगशालामा हुने २५ औं अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको टाइसिट आयोजकले सार्वजनिक गरेको छ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार यसपालीको प्रतियोगिष्तामा आठ वटा टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । उनका अनुसार भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् भने प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुनेछन् । २५ औं बुढासुब्बा गोल्डक
विराटनगर/ वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि पुरस्कृत गरेको छ । साकार र थापालाई जनही २५–२५ हजार, ओझालाई १५ हजार र लम्साललाई ११ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नाग
नडाहा/ सुनुसरीको बराहक्षेत्रमा शनिबारदेखि सुरु स्वर्णिम साहित्य समाज वराहक्षेत्रद्वारा आयोजित स्कुलमा कविता प्रतियोगिताको दोस्रो संस्करणको पहिलो अडिसन सुरु भएको छ । कविता विधामा नव सिर्जनाहरुको खोजी गर्ने उद्देश्यका साथ विद्यालयस्तरीय कविता प्रतियोगिताको पहिलो अडिसन बराहक्षेत्र-३ भरौलीस्थित महेन्द्र माविबाट सुरु भएको आयोजक समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बताए । साविक भरौलका सहभागी विद्यालयबाट १३ प्रतियोगीले कविता प्रस्तुत गरेका थिए । उनीहरूमध्ये उत्कृष्ट २ जडेज माविकी सविना बानिया र भरौल बालमन्दिरकी युविसा श्रेष्ठ फाइनल राउण्डमा प्रवेश पाएका छन् । बराहक्षेत्र नगरपालिका
धरान/ धरानको पर्यटन,व्यापार र व्यवसायलाई थप चलायमान बनाउन आयोजना गरिएको धरान एक्स्पो २०८१ पौष २५ गतेदेखि धरान १६ स्थित रंगशालामा जारी छ । सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा भएको उक्त एक्स्पो आज अर्थात माघ ५ गते सम्म भनिएपनि पुनः माघ ८ गते सम्म अर्थात तीन दिनको लागि थप गरिएको हो । एक्स्पोमा विगतका वर्षहरुमा भन्दा यो बर्ष १५ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि भएको अनुमानपछि आयोजकले फेरी तीन दिन सम्म थप गरेको हो । माघ ६ गतेदेखि सेतो त्रिपाल एक्स्पोबाट हट्ने भएको छ । यो त्रिपाल देशैभरमा ३ वटा मात्रै रहेको छ ,देशैभरको यस्ता व्यापारिक एक्स्पोको निम्ति प्रयोग गरिने गरेको छ । विराटनगरमा पनि व
धरान/ जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्तता राख्न भाषा, सँस्कृतिलाई युवा पुस्तामाझ पुर्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । धरान १९ हरियाली सामुदायिक भवनको हलमा आयोजित समाजको पाँचौ महाधिशेनमा अगुवाहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महाधिवेशको पहिलो सत्रको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड, विराटनगरकी अधिृकत समीता राईले गरेकी थिइन् । उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेकी राईले हरेक जातजातिको भाषा संस्कृति त्यस जातिको पहिचान र नेपालीको राष्ट्रिय सम्पति भएकोले भाषा सँस्कृति बचाइराख्न पुस्ता हस्तान्तरण गर्नुप
धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा सुर्तीजन्य वस्तुहरु विक्री गर्न नपाइने भएको छ । विहीबार उपमहानगरको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । कार्यपालिका बैठकमा मेयर हर्कराज राईले २० वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने बताए । उनका अनुसार फागुन महिना अर्थात एक महिनापछि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको बताएका छन् । कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने पान
धनकुटा/ पुर्बी उत्तर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ मा जन्मिएका दीपक काफ्लेको सङ्गीत यात्रा साह्रै रोचक र अचम्मको छ । प्राथमिक तहका शिक्षक बुवा र गृहिणी आमाको काखमा हुर्केका दिपकले सङ्गीतको पहिलो पाठ बाँसुरीबाट सिके। तीन–चार वर्षको उमेरमा बुवाले दिएको बाँसुरी र पछि काकाले बनाइदिएको मालिङ्गाको बाँसुरीले उनको मनमा सङ्गीतको बीउ रोप्यो। कक्षा ११ मा पढ्दाको त्यो क्षण उनको जीवनको महत्वपूर्ण मोड बन्यो। जति बेला उनी विद्यार्थी कार्यक्रममा सहभागी हुन धनकुटा पुगे। त्यहाँ, संखुवासाभाका गोपाल गोलेको सारङ्गी वादनले उनलाई मन्त्रमुग्ध छबनायो। तर सारङ्गी न किन्न सकिने अवस्था थियो, न त कतै