सारङ्गीसँग रमाउने “दिपक सर” सन्जोगबाबु दाहाल

  • माघ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ पुर्बी उत्तर धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ मा जन्मिएका दीपक काफ्लेको सङ्गीत यात्रा साह्रै रोचक र अचम्मको छ ।

प्राथमिक तहका शिक्षक बुवा र गृहिणी आमाको काखमा हुर्केका दिपकले सङ्गीतको पहिलो पाठ बाँसुरीबाट सिके। तीन–चार वर्षको उमेरमा बुवाले दिएको बाँसुरी र पछि काकाले बनाइदिएको मालिङ्गाको बाँसुरीले उनको मनमा सङ्गीतको बीउ रोप्यो।

कक्षा ११ मा पढ्दाको त्यो क्षण उनको जीवनको महत्वपूर्ण मोड बन्यो। जति बेला उनी विद्यार्थी कार्यक्रममा सहभागी हुन धनकुटा पुगे। त्यहाँ, संखुवासाभाका गोपाल गोलेको सारङ्गी वादनले उनलाई मन्त्रमुग्ध छबनायो। तर सारङ्गी न किन्न सकिने अवस्था थियो, न त कतैबाट सजिलै पाइन्थ्यो।

जितपुरमा मामाघरमा बसेर पढ्दै गर्दा भोजपुरबाट आएका एक गन्धर्वसँगको भेटले उनको जीवनमा नयाँ मोड ल्यायो। गन्धर्वको सारङ्गी वादन नियालेर उनले सारङ्गी बनाउने सपना देख्न थाले।

मामा लिलाराम सुवेदीले नमूनाको रूपमा एउटा सारङ्गी खोजेर ल्याइदिए। त्यसैलाई हेरेर उनले पहिलो पटक सारङ्गी बनाउने प्रयास गरे, र सफल भए।

२०६२ सालमा पोखरामा खिम बहादुर गायकसँग औपचारिक ज्ञान लिए। पछि काठमाडौंमा अध्ययनको क्रममा रहेको बेला श्याम नेपालीसँग थप ज्ञान आर्जन गरे।

दोलखामा शिक्षण कार्यको सुरुवात गरेका उनले २०७० सालमा धनकुटाको मारेककटहरेमा रहेको शारदा माविमा प्लस टू अङ्ग्रेजी विषयको शिक्षकको रूपमा करिब १० वर्ष काम गरे। २०७९ सालमा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी हाल जनता मावि वराहक्षेत्रमा माध्यमिक तहमा अध्यापन गराइरहेका छन्।

आज दीपक काफ्ले विद्यालयमा अङ्ग्रेजी पढाउँछन्, तर उनको सारङ्गीसँगको प्रेम अझै उस्तै ताजा छ। एउटा सारङ्गी बनाउन उनलाई लगातार काम गर्दा १० दिन लाग्ने काफ्ले बताउँछन्। हालसम्म उनले २५–३० वटा सारङ्गीहरू बनाइसेका छन्।

उनले बनाएका सारङ्गीहरू बजारमा बिक्रीका लागि होइन, उपहारका रूपमा बाँडिन्छन्। श्याम नेपालीलाई दिएको चापको सारङ्गी त उनको विशेष सिर्जना हो।

बिहान–बेलुका र बिदाको समयमा उनी सारङ्गीसँग रमाउँछन्। विशेषगरी लोकगीत र आधुनिक गीतहरू मन पराउने दीपक परिवारका सदस्यहरूसँग बसेर सङ्गीतको माहोल बनाउँछन्।

मौका मिलेसम्म सांगीतिक कार्यक्रमहरूमा सहभागी हुन्छन्।
उनी भन्छन् –‘नयाँ पुस्तालाई विद्यालय तहमा अथवा संस्थागत प्रयासमा लोकसंगीत प्रति रुची जगाउन सकिन्छ।

पाठ्यक्रममै समावेश गराएर अध्यापन गराउन सके अझ राम्रो हुन्छ।’

sarangiiii

dipak

तस्बिर:दीपक काफ्ले
prgrm-1736769130 shyam-nepali-1736768982

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved