धरानमा चुरोट,गुटखा,पान लगायत विक्री गर्न नपाइने विक्री वितरण गरे नगर प्रहरी लगाएर पसल बन्द गरिने

  • माघ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरान उपमहानगरपालिकामा सुर्तीजन्य वस्तुहरु विक्री गर्न नपाइने भएको छ ।

विहीबार उपमहानगरको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा मेयर हर्कराज राईले २० वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने बताए ।

उनका अनुसार फागुन महिना अर्थात एक महिनापछि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको बताएका छन् ।

कार्यपालिका सदस्य दिनेश गजमेरका अनुसार चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने पानदेखि अन्य सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । नियम उलंग्घ भएमा नगर प्रहरी मार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने मेयर साम्पाङको भनाई छ ।

अब व्यवसायीलाई एक महिनासम्म सचेत गराईने र सुर्तीजन्य वस्तु बेच्न र प्रयोगमा पूर्णरुपमा निषेध गरिने भएको छ ।
उपमहानगरपालिकाले प्रतिबन्धको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्नेछ यदि बिक्री वितरण र भण्डारण गरेको पाइए पसल बन्द समेत गर्ने जनाइएको छ ।

मयेर राईले भने, सुर्तीजन्य पदार्थ भण्डारण वा बिक्री गरेको पाइए पहिलो र दोस्रोपटक जफत गरिनेछ , तेस्रो पटक पनि भण्डारण वा बिक्री गरेको पाइए पसल नै बन्द गराइनेछ ।’

सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्थाअनुसार कारबाही गर्ने उपमहानगरको तयारी छ ऐनमा सार्वजनिक स्थलमा धुम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर बिक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।

उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० पूर्ण कार्यान्वयनमा ल्याएको हो ।
सु सुर्तीजन्य पदार्थबाट राज्यले प्राप्त गर्ने राजस्वभन्दा जनताको स्वास्थ्य उपचारमा राज्यको सयौं गुणा बढी रकम खर्च हुने गरेको मेयर साम्पाङले बताए ।

उनले भने ‘यसबाहेक उपमहानगरको सरसफाइमा समेत सुर्तीजन्य पदार्थको खोल समस्याका रूपमा रहेको छ ।’

मानिसको स्वास्थ्य बिगार्ने सबै खालका नशालु पदार्थ रोक्नुपर्छ भनेर आफू जनताकै पक्षमा भएकाले जनताको स्वास्थ्य संवेदनशीनलतामा गंभीरभता पुर्वक लागेको मेयर राईले बताए ।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved