स्कुलमा कविता प्रतियोगिता सुरु,को बन्छ विजेता ?

  • माघ ६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

नडाहा/ सुनुसरीको बराहक्षेत्रमा शनिबारदेखि सुरु स्वर्णिम साहित्य समाज वराहक्षेत्रद्वारा आयोजित स्कुलमा कविता प्रतियोगिताको दोस्रो संस्करणको पहिलो अडिसन सुरु भएको छ । 

कविता विधामा नव सिर्जनाहरुको खोजी गर्ने उद्देश्यका साथ विद्यालयस्तरीय कविता प्रतियोगिताको पहिलो अडिसन बराहक्षेत्र-३ भरौलीस्थित महेन्द्र माविबाट सुरु भएको आयोजक समाजका अध्यक्ष प्रकाश दिप्साली राईले बताए । 

साविक भरौलका सहभागी विद्यालयबाट १३ प्रतियोगीले कविता प्रस्तुत गरेका थिए ।

उनीहरूमध्ये उत्कृष्ट २ जडेज माविकी सविना बानिया र भरौल बालमन्दिरकी युविसा श्रेष्ठ फाइनल राउण्डमा प्रवेश पाएका छन् । बराहक्षेत्र नगरपालिकाका साविक ५ गाविसबाट २र२ जना प्रतियोगी छनोट भएर उत्कृष्ट १० मा प्रवेश गर्नेछन् । 

अतिथि निर्णायक ममता घिमिरेसँगै कवि छविना लुङ्गेली मगर र प्राध्यापक रमेश काफ्ले स्कुलमा कविताु कार्यक्रमका निर्णायक रहेका छन् । 

कार्यक्रमकै अवसरमा स्वर्णिम साहित्य समाजले आजीवन सदस्यताको प्रमाण पत्र र टिसर्ट हस्तान्तरण गरेको छ ।

यस्तै समाजको अभियान स्वर्णिम मातृभाषा साहित्य पुरस्कार अक्षयकोषका लागि शिक्षक राजेश राजधामीले ५ हजार ५ सय ५५ रुपैयाँ हस्तान्तरण गरेका थिए । 

कवितामा नव कविले नारीको कर्तव्य बोध, नीति शिक्षा, देशभक्ति र सामाजिक विकृतिप्रति प्रहार गरे । कविताहरुमा शहीदको इतिहास र वीरताको गाथा साथै मान्छेहरुको मन मिल्न नसकेको यथार्थ बोले ।

नजिकनजिक हुँदासमेत भौतिकताको महसुस हुन नसकेको र आधुनिक प्रविधिले मन टाढा भएको कवितामा भाव प्रस्तुत गरे ।  

गुँडबाट बचेराहरु उडेर गएजस्तै 

भाग्य र भविष्य खोज्दै सात समुद्र पारि उडिगए 

जिन्दगीका साहाराहरु 

सन्तानको खुसी नै आफ्नो ठानेर 

फूलमाया मुटुभरि दुस्खका काँडाहरु बोकेर 

फूलजस्तै मुस्कुराई रहिन् 

आजकाल फूलमायालाई उकाली ओराली 

पानी पँधेरो सबै फिक्का लागिरह्यो 

किनकि उसका आँखाका रंगहरु 

सात समुद्रपारि रहेका छन् ।।।

बालबालिकाले कवितामार्फत राजनीतिक विकृति, सरकारको नीतिगत भ्रष्टाचार र विकासको मोडल विरुद्ध प्रहार गरे ।

बाल अधिकारको प्रत्याभूति गर्नु राज्यको दायित्व भएको भन्दै खबरदारी गरे ।

कवितामा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै नव प्रतिभाले भ्रष्टाचारको अन्त्यबिना विकासको अपेक्षा गर्न नसकिने उद्घोष गरे । 

बराहक्षेत्र_५ स्थित कालाबन्जरमा रहेको जडेज माविका विद्यार्थी सौगात निरौलाले राजनीतिक आँखाु शीर्षकको कविता प्रस्तुत गरे । 

राजनीतिक आँखा बोल्छ कि मौन रहन्छ 

कि सत्ता अभिलाषामा सधैं नै रहन्छ रु 

आँखा सीमित छैन केवल दृश्यसम्म 

यसले देख्छ नदेखेजस्तो, बुझ्छ नबुझेजस्तो 

समाजका गहिरा र अदृश्य दरारहरु 

न्यायका नाममा अन्यायले भरिएका छन् 

सपना पलाउँछ तर त्यो सपना कसको रु

गरिबको साँचो कि धनीको अर्को सौदाबाजी 

नीतिको पर्दाभित्र लुकेको कपट 

कसरी बुझ्ने यो आँखा ? सत्य कि कपट 

भाषणको ओजमा चाहिन्छ वास्तविकता 

सत्तागल्लीमा हराउँछ निजी र आत्मीयता 

कतै समाज बाँधिन्छ जातका साङ्लाले 

कतै धर्मका नाममा बनाइन्छ दलका ढालले 

यो आँखाको परिधि कति साँघुरो छ ।।। 

 

 

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved