धरान/धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुरहरुले अटो ल्याण्डको माग गरेकाछन् । धरानमा निश्चित स्थान छुट्याउँदै एकै स्थानमा सबै खालका सवारीसाधनहरुको मर्मत तथा अटो मेकानिक्स् सम्बन्धी सबै सेवा प्रवाहका लागि अटो ल्याण्ड निर्माणका लागि मजदुरहरुले माग गरेका हुन् । सोमबार नेपाल अटो मेकानिक्स् टे«ड युनियन धरान नगर कमिटीले आयोजना गरेको अभिमुखिकरण तथा संगठन सुदृढीकरण कार्यक्रममा सहभागी धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुर तथा स्वरोजगारहरुले अटो ल्याण्डका साथै धरानका सबै अटो वकैशपहरुमा काम गरेको सेवाको दररेट कायम गरिने समेत निर्णय गरेको छ । भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य त
चतरा/ पूर्व मन्त्री मीनबहादुर विश्वकर्मा र परिवारले आफ्ना मातापिताको नाममा निर्मित टीका–बखत सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी हस्तान्तरण गरेका छन् । श्रीधरणीधर विवाह महोत्सवका अवसरमा वराहक्षेत्र मन्दिर परिसरमा नवनिर्मित भवनको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका छन् ।भवन ६० लाखको लागतमा निर्माण भएको पूर्व मन्त्री विश्वकर्माले जानकारी दिए । उनले २ वर्ष लगाएर निर्माण सम्पन्न भएको भवन वराहक्षेत्रमा आउने धर्मावलम्बी र स्थानीयको स्वास्थ्य उपचारमा सहयोग होस् भनेर निर्माण गरिएको बताए । वराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज
धरान । किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।विगतदेखि नै नेपाल सरकारलाई एलम्बर सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा घोषणा गर्न दबाब दिदै एलम्बर सम्बतको अवसरमा विविध कार्यक्रम गर्दै आएको किरात राई यायोख्खा सुनसरीले यस बर्ष पनि साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । इतबार धरानमा पत्रकार सम्मेलन गरी किरात राई यायोख्खा सुनसरीले एलम्बर सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिदै साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्खा सुनसर
चतरा । बराहक्षेत्र नगरपालिकाको १५ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ । आन्तरिक आय वृद्धि गर्न के कस्ता उपायहरू अपनाउन किन्छ त्यसतर्फ बराहक्षेत्र नगरपालिकाले १५औं नगर सभामा आव २०८१÷८२ को अर्ध वार्षिक पुरक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शुक्रबार नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेका थिए । नगर सभामा नगरको आन्तरिक आयतर्फ विनियोजित बजेटमा ७ करोड ३५ लाख ९० हजार १ सय ५० रुपैयाँ अनुमान गरिएकामा चालु आर्थिक वर्षको ६ महिना बित्दा २ करोड ५ लाख ९४ हजार १ सय १० रुपैयाँ मात्र यथार्थ सङ्कलन गर्न सकेको छ । नगर उपप्रमुख प्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुरक बजेट तथा कार्यक्रममा बराहक्षेत्र
धरान ।शनिबारदेखि ‘धरान उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरे ।धरान १२ पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको विभिन्न सङ्घसंस्थाका झाँकी तथा ¥यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशाला पुगेको थियो । उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको छ । आज पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् ।उपमहानगरपालिकाले हरेक वर्ष पुस
धरान/ धरानमा ब्रान्डको रुपमा स्थापित भएको युएन नबोदय कलेजले विद्यार्थीहरुलाइ अभिनन्दन तथा स्वागत गरेको छ । धरान–१६ मा रहेको कलेजले १९ गते शुक्रबार कक्षा–११ र बिबिएस पहिलो वर्षका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिनन्दन कार्यक्रम गरेको हो । कलेजले आफ्ना विभिन्न फ्याकल्टीका कार्यक्रममा प्रदेश टपरहुने हरुलाइ नगदसहित सम्मानसमेत गरेको हो ।कलेजले होटल म्यानेजमेन्ट ( बिएचएम)को ८ औं सेमेष्टरको परीक्षामा कोशी प्रदेश टपर एन्जोला राईलाई नगद २५ हजार, प्रदेश सेकेण्ड टपर इसिका दर्नालालाई नगद १५ हजार, प्रदेश थर्ड टपर अनिष लिम्बू, सलिना लिम्बू, जानुका राईलाई नगद १० हजारसहित सम्मान गरि
१.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ? २.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र थियाेकी थिएन ? ३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ? ४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ? ५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला अभिव्यक्तिले दिने तपाईं नै हाेइन ? ६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई कुन विधि पद्धति र मान्यत
धरान/ धरानमा सामुदायिक वनको क्षेत्राधिकार भित्र पर्ने स्थानहरु अतिक्रमण भई रक्सी र मासुको व्यापार हुँदै आएपनि संवन्धित निकाय मौन रहेको छ । धरान १५ स्थित धामिर्क वनको जग्गामा नियम विपरित सुम्निमा सेकुवा खिम सञ्चालन दुई वर्ष अघिदेखि मासु तथा मदिरा विक्री वितरण भइरहेको भएपनि सरोकारवाला निकाय मौन रहेको पाइएको छ । महादेवचोक दक्षिण साकेला धार्मिक वनको क्षेत्रमा रहेको जग्गामा अनाधिकृत रुपमा निर्माण कार्य समेत गरी मासु र मदिरा पसल सञ्चालन भइरहेको हो । सव डिभिजन वन कार्यालय धरान तिनकुनेले देखावटीका लागी बेला बेलामा उक्त सेकुवा कर्नरमा तालाबन्दी समेत गर्ने गरेको छ । २०८० असार ३ गते किरात राई याय
धरान/ डिपो स्कुलको आयोजनामा आयोजित १९ औ अम्वर ललित डिपो कपको फाइनलमा आयोजक डिपो रेड र पुलिस स्कुल भिड्ने भएको छ । वुधवार भएको सेमिफफाइनल खेलमा डिपो स्कुलले इमानुयल स्कुललाई ५–१ र पुलिस स्कुलले दिल्ली पव्लिक स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन । पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलका रिदम विक एक्ल्लैले ३ गोल गर्दै ह्याड्रिक गरेका थिए । डिपोका अगत्य पराजुलिले २ गोल गरे । इमनुयलका सौगात श्रेष्ठले सान्तावना स्वरुप १ गोल फर्काएका थिए । उक्त खेलको म्यान अफ द म्याच इमानुयलका सौगात श्रेष्ठ घोषित भए ।यसै गरि दोस्रो सेमिफाइनल खेलमा पुलिसका अंशु वास्फोरले दुई र युगल
धरान । गरिब तथा असहायहरुका बालबालिका अध्ययन गर्ने धरान ५ ढिंगाबारीमा रहेको जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई अग्रवाल महिला महिलाहरुको साझा मञ्ज मारवाडी महिला मञ्चले जाडोको कपडा वितरण गरेको छ । क्लोथ फाउन्डेशन धरानको सहकार्यमा मञ्चले विद्यालयमै पुगेर अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर प्रदान गरेको हो ।स्वीटर वितरणपछि बोल्दै अग्रवाल महिला मञ्च धरानकी अध्यक्ष इन्दु तोदीले क्लोथ फाउन्डेशनमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जाडोमा सहज भन्ने उद्देश्यले स्वीटर वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको जानकारी दिनुभयो । आर्थिक