यलेदोङमा ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल

  • माघ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

बिकास चाम्लिङ राई
धरान। किराँत नयाँ वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा यहि माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगिताको आयोजना हुने भएको छ ।

किरातिहरुले माघ १ लाई देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ । यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन । किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुन लागेका हुन ।

प्रतियोगिताका विजेताले पुरुष तर्फ नगद तिस हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु. १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । यसै गरि महिला तर्फका विजेताले नगद २० हजार, र उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका महिला पुरुष उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगितामा धरान संगै धरान आसपासका क्षेत्र तथा जिल्लाका तरहरा, इटहरी, झापा, मोरङ, धनकुटा लगायत वाट करिव ४० टिमले सहभागिता जनाउनेछ । गत वर्ष पुरुष तर्फ व्रदस क्लव र महिला तर्फ धरान मेघा हिमालयन कलेजले उपाधि जितेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved