धरानमा १५ दिने विजिनेश एक्स्पो,शनिबार मुख्यमन्त्री कार्कीले उद्घाटन गर्ने

  • माघ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानमा १५ दिने बिजिनेश एक्स्पो हुने भएको छ । शनिबार धरान रंगशालामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट शुभारम्भ हुने एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुने छ ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

WhatsApp Image 2025-02-07 at 11.07.20 (1)

शनिबार बिहान ११ बजेबाट प्रारम्भ हुने एक्स्पोमा आमसर्वसाधारणलाई समेत निशूल्क प्रवेश गराइने विजिनेश एक्स्पो धरान २०८१ मूल समितिका संयोजक राजेश अग्रवालले बताउनुभयो । वहाँले भन्नुभयो साँझ सांस्कृतिक कार्याक्रममा भने कलाकारको उपस्थिति अनुसार न्युनतम शुल्क ताकिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शूल्क नलिने बताउनुभयो ।
मुख्यकुरा धरानको सुस्त बजारलाई चलायमान बनाउनु हो धरानको व्यापारी तथा व्यवसायीहरुलाई खुशी बनाउनु हो अर्थोपार्जन होइन संयोजक अग्रवालले भन्नुभयो ।आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवर्धन स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरुलाई सरल मुल्यमा उपलब्धता तथा प्रतिभाहरुलाई मञ्च प्रदान गर्न यो एक्स्पोले योगदान गर्ने सहमुल समितिका संयोजक टंककुमारी गुरुङले बताउनुभयो ।

१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी गुरुङले बताउनुभयो ।

एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक डिवेट गरिने समेत गरिने महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

खुला आकाशमुनि मकै बे ...

धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved