बुढा सुब्बा गोल्डकपमा आजदेखि पार्किङ शुल्क नलाग्ने

  • माघ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ २५ औं अन्तराष्ट्रिय आमन्त्रण बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आयोजना भई रहेको यस समयमा धरान रंगशालामा दर्शकहरुको सवारी साधनको पार्किङ्गको विषयलाई लिएर सामाजिक संजालमा प्रश्न उठेकोमा धरान फुटवल क्लबको ध्यानाकर्षण भएको छ।

सर्वप्रथम प्रतियोगिता हेर्न आउने दर्शकहरुले आफ्‌नो सवारी साधन रंगशाला बाहिर पार्किङ्ग गरेर ढुक्कसँग खेलको मनोरञ्जन लिओस भन्ने क्लबको मनसाय हो।

दर्शकले पार्किङ्ग शुल्क तिरेपछि दर्शकको सवारी साधनको सुरक्षाको जिम्मेवारी पार्किङ्गको जिम्मेवारी लिने संस्था नै हुन्छ। विगत लामो समय देखि नै खेलकुद सम्बन्धी संस्था तथा सामाजिक संस्थाहरुलाई नै सहयोग पुगोस भन्ने उद्देश्यले क्लबले पार्किङ्गको जिम्मेवारी विभिन्न खेलकुद सम्बन्धि तथा सामाजिक संस्थाहरुलाई दिँदै आएको छ ।

यहि क्रमममा यसपाली धरान १९ स्थित युवा जागृति फुटबल क्लबलाई हामीले पार्किङ्गको जिम्मेवारी दिएका हौं। क्लबले पार्किङ्गबाट कुनै पनि रकम लिएका छैनौ र हाल सम्म लिने पनि गरेका छैनौं। यति हुँदा हुँदै पनि पार्किङ्ग सम्बन्धी प्रश्न उठेपछि क्लबको आजको बैठकले आजै देखि लागु हुने गरि सवारी पार्किङ्ग निःशुल्क हुने जानकारी गराउँद छौं ।

तर दर्शकको सवारी साधनहरु हरायो, टुटफुट भएको अवस्थामा त्यसको जिम्मेवारी धरान फुटवल क्लब हुने छैन भन्ने कुरा यसै विज्ञप्तीद्वारा स्पष्ट पार्दछौं । बुढासुब्बा गोल्ड कप धरानको ुपहिचानु हो भन्ने कुरा व्यापक रुपमा सुनिने गरेको छ।

तसर्थ यस पहिचानलाई जोगाउने हो भन्ने इमान्दारीपूर्वक सबैले सहयोग गर्नु पर्छ भन्ने हाम्रो बुझाइ हो। अन्यथा गोल्डकपको निरन्तरताको बारेमा हामले दुविधा महसुस गर्न थालिसकेको छौं ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved