साना उद्योग प्रर्वद्धन गर्न सम्झौता

  • माघ २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजना बीच कोशी प्रदेशमा साना तथा मझौला उद्योग प्रर्वद्धनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी पत्रमा महासंघ कोशीका अध्यक्ष श्री राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर श्री अरुण राणाले हस्ताक्षर गरेका छन् ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष श्री राजेन्द्र राउतले मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु घरेलु तथा साना उद्योगको महत्वपूर्ण स्थान रहेको र नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब २२% योगदान गरेर १७ लाख मानिसहरूलाई रोजगारी प्रदान गरेको साना तथा मझौला उद्योगको प्रवद्र्धन अपेक्षित रूपमा हुन नसकिरहेको अवस्थामा महासंघ कोशीले यस अघिनैं व्यवसायिक विकास सेवा सुरुवात गरेको उल्लेख गर्दै यो समझदारी पत्रले महासंघ कोशीले यस प्रदेशमा सञ्चालन गरिरहेको व्यवसायिक विकास सेवाको प्रवद्र्धन क्षमता विकास संजाल विस्तार समन्वय तथा साना तथा मझौला उद्योगको दिगो विकास, विस्तार र व्यवसायिक अनुकूल वातावरण निर्माणको लागि योगदान पुग्ने बताए ।

उदय परियोजनाका टिम लिडर श्री अरुण राणाले यो समझदारी पत्रले कोशी प्रदेशमा सक्रिय साना तथा मझौला उद्योगलाई लक्षित गरि व्यवसाय विकास परामर्शदाता परिचालन गर्ने साझेदारीको रुपरेखा प्रस्तुत गर्ने बताए ।

कोशी प्रदेशका साना तथा मझौला उद्योग प्रवद्र्धनमा महासंघ कोशीले विभिन्न कार्यक्रमहरु संचालन गदै आईरहेको छ ।

समझदारी पत्रमा उल्लेख उद्योग व्यवसायको पूँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रर्वद्धन लगायतका कार्यक्रम महासंघ कोशी प्रदेशले कोशी प्रदेशमा रहेका सबै जिल्ला÷नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा व्यवसायिक संघ÷संस्थाको सहकार्यमा अघि बढाउने अध्यक्ष राजेन्द्र राउतले बताएका छन् ।

यो कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रुपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय एंव डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved