स्थानीय

    Showing 201-210 of 5,036 items.
  • होटलमा प्रहरीको छापा : दुई भारतीयसहित पाँच जना नियन्त्रणमा

    बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–३ स्थित आँखा अस्पताल नजिक रहेको मामा भान्जा होटल एण्ड लज मा प्रहरीले छापा मार्दै पाँच जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा २०८३ बैशाख २६ गते दिउँसो ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले होटलमा खानतलासी गर्दा २ जना नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने १ कर्मचारी र २ जना भारतीय पुरुषलाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट ध्द्यठघच्छज्ञद्धड नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ८ वर्षीय बालककाे बेतना खोलामा डुबेर मृत्यु

    इटहरी/  मोरङको सुन्दरहरैँचा नगरपालिका–११ बेलेपुरका ८ वर्षीय आयुस बिकको बेतना खोलामा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राजकुमार बिकका छोरा आयुस बेलबारी नगरपालिका–३ सिमपाने चोकस्थित काका घनबहादुर तामाङको घरमा पाहुना आएका थिए। शनिबार दिउँसो करिब २ः३० बजे उनी कसैलाई जानकारी नदिई नुहाउन भन्दै नजिकैको बेतना खोलातर्फ गएको प्रहरीले जनाएको छ। घर फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा घरदेखि करिब १०० मिटर दक्षिण बेतना खोलाको पानीमा साँझ ५ः५५ बजे अचेत अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल नोबेल अस्पताल बेलबारी पुर्‍याइएको थियो। अस्पतालमा उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा “श्री गौरीमाता मन्दिर” उद्घाटन

    धरान/  स्वर्गीय हजुरबुबा कुन्दनमल अग्रवाल, स्वर्गीय हजुरआमा भागिरथिदेवी अग्रवाल तथा स्वर्गीय बुवा मनिराम अग्रवालको पुण्य स्मृतिमा धरान–तिनकुनेस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस को हाताभित्र “श्री गौरीमाता मन्दिर” निर्माण गरी समर्पण गरिएको छ। मन्दिरको उद्घाटन २०८३ साल बैशाख २५ गते शुक्रवार पुजारीद्वारा विधिपूर्वक पूजा–आराधना गरी सम्पन्न गरिएको हो। मन्दिर निर्माणमा श्रीमती मयादेवी अग्रवाल, छोरा अशोक कुमार अग्रवाल, बुहारी सुमन अग्रवाल, नाति तानिष्क अग्रवाल तथा नातिनिहरु कशिश र अदिती अग्रवालको योगदान रहेको छ। प्रबिन अग्रवालका अनुसार उद्घाटन कार्यक्रममा धेरै भक्तज

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ वर्षीय बालक गम्भीर, घरमै खेलिरहेका बेला गोमनले डस्यो

    दमक/ झापाको कमल गाउँपालिका–५ गुजेश्वरी टोलमा सर्पको टोकाइबाट एक ७ वर्षीय बालक गम्भीर घाइते भएका छन्। शनिबार बिहान करिब १०:५० बजे स्थानीय कर्णबहादुर राईका ७ वर्षीय छोरा सायंक राई आफ्नै घरको कोठाभित्र खेलिरहेका बेला गोमन सर्पले दाहिने खुट्टामा डसेको प्रहरीले जनाएको छ। सर्पले डसेलगत्तै परिवारले बालकलाई तत्काल दमक सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि B&C Hospital बिर्तामोड रेफर गरिएको छ। अस्पताल स्रोतका अनुसार बालकको अवस्था गम्भीर रहेको छ भने उनी हाल बोल्न नसक्ने अवस्थामा उपचाररत छन्। घटनापछि स्थानीयवासीलाई वर्षायाममा सर्पबाट सतर्क रहन आ

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 133 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका चोरी र अभद्र व्यवहारका फरार ३ अभियुक्त प्रहरी फन्दामा

    धरान/ जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत धरानका फरार रहेका ३ जना दोषीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी ले मिति २०८३ वैशाख २५ गते सञ्चालन गरेको विशेष अभियानमा चोरी र अभद्र व्यवहार मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा धरान–१५ का तेजबहादुर श्रेष्ठ रहेका छन्, जो चोरी मुद्दामा १८० दिन कैद र ५ हजार रुपैयाँ जरिवाना बाँकी रहेका थिए। त्यस्तै, धरान–१५ का मनोज विश्वकर्मा अभद्र व्यवहार मुद्दामा ४ हजार रुपैयाँ जरिवाना नतिरी फरार रहेका थिए भने धरान–१ का दिपका रिषिदे

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर कारोबार गर्दागर्दै तीन युवा पक्राउ

    धरान/सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले शुक्रबार राति करिब १० बजे होटलको कोठा नम्बर ७ मा छापा मारेर ब्राउन सुगर ३६.९१ ग्राम पदार्थ बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक मेलम्चीका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोक पाँचखालका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको स

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 561 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'सन्दर्भ कानुन दिवस:- न्यायालय पुनसंरचनाको प्रश्न'

    २०८३ बैसाख २६ नेपालमा प्रत्येक वर्ष बैशाख २६ गते कानून दिवस मनाइन्छ। यस दिन नेपालको सर्वोच्च अदालतको स्थापना र स्वतन्त्र न्यायपालिकाको आरम्भको दिनको रूपमा मनाइन्छ। प्रधान न्यायालय ऐन, २००८ सालमा तर्जुमा भएको थियो। यो ऐन २००९ साल वैशाख २६ गतेका दिन देखि लागू भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २६ गतेका दिन कानुन दिवस मनाउने गरिएको हो। सर्वोच्च अदालतले कानून दिवसका अवसरमा देशभरका न्यायालयमा सार्वजनिक बिदा दिने गरेको छ संविधान जारी भएपछि संघियता कार्यान्वयनको रफ्तारमा २०७४, २०७९ र २०८२ मा संघिय संसदको निर्वाचन सम्पन्न भएको छ। जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो। रुपा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • 306 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जापान पढ्न चाहने विद्यार्थीका लागि चुबासाको आकर्षक अफर, ५०% सम्म छात्रवृत्ति

    धरान/ जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि धरानस्थित Chubasa Global Education Foundation⁠ ले आकर्षक छात्रवृत्ति तथा निःशुल्क सीपमूलक तालिम कार्यक्रम घोषणा गरेको छ ।  नेपालमा कक्षा १२ को परीक्षा सकिन लागेसँगै वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूको रोजाइमा जापान अग्रस्थानमा पर्न थालेको छ । यही सन्दर्भमा धरानस्थित Chubasa Global Education Foundation⁠ ले पत्रकार सम्मेलन गर्दै जापान अध्ययनका लागि नयाँ अवसर, छात्रवृत्ति तथा विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाका एकेडेमिक एडभाइजर दुर्गा सुवेदी ले पछिल्लो समय अष्ट्रेलिया, अमेरिका र क्यानडामा भिसा सफल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 194 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप : लगातार दोस्रो पटक वडा नं २ च्याम्पियन

    वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा सम्पन्न चौथो संस्करणको “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” को उपाधि वडा नं २ ले जितेको छ । शुक्रबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा वडा नं २ ले वडा नं ९ लाई सडेन डेथमा १-० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको हो । निर्धारित तथा थप अतिरिक्त समयमा दुवै टिमबाट गोल रहित वरावरि र टाइब्रेकरमा ३-३ गोलको वरावरी खेले पछि खेलको नतिजा सडेन डेथबाट लिएको थियो । सडेन डेथमा वडा नं २ ले वडा नं ९ लाई १-० ले पराजित गरेको थियो । उपाधिसँगै विजेता वडा नं २ ले नगद २ लाख १ हजारसहित आकर्षक ट्रफी प्राप्त गरेको छ । रनिङ शि

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 331 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हर्क साम्पाङ र उपसभामुख बीच खटपट

    काठमाडौं/ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने प्रक्रिया र वरीयता मिचेर गरिएको प्रधानन्यायाधीश नियुक्तिप्रति कडा आपत्ति जनाउँदै आफ्नो पार्टीकी उपसभामुख रुबीकुमारी ठाकुरसँग रुष्टता प्रकट गरेका छन्। शुक्रवार जारी गरिएको विज्ञप्तिमा अध्यक्ष साम्पाङले संसद् छलेर राष्ट्रप्रमुखलाई दबाब दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरिनु गम्भीर गल्ती भएको उल्लेख गरेका छन्। उनले यस्तो कदमलाई लोकतान्त्रिक प्रक्रिया र विधिको शासनविरुद्धको कार्यका रूपमा व्याख्या गरेका छन्। विज्ञप्तिमा वरीयता मिचेर चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्त

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • 195 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved