काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै रु ३२ लाख ३८ हजार ठगेको अभियोगमा ४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह,सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद तथा रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठलाई ठगीको अभियोगमा मङ्गलबार पक्राउ गरिएको हो । प्रहरीका अनुसार पूजाले बेलायत पठाइदिने भन्दै एक जनाबाट रु १७ लाख, दीपकले फ्रान्स पठाइदिने प्रलोभनमा एक जनाबाट रु पाँच
बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिले ४४ औँ विश्वेश्वर प्रसाद कोइराला (बिपी)स्मृति दिवसको अवसरमा प्रकाशपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधवार बिहान आयोजना भएको रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संक्लन गरिएको छ । नेपाली कांग्रेसका संस्थापक तथा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिलाई सेवा मार्फत सम्मान तथा स्मरण गर्ने उद्देश्यले रक्त दान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमितिका सभापति तथा वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले बताए । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नं।
धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर्मी बिदाको सदुपयोग गर्दै विद्यार्थीका लागि पाँचदिने उद्घोषणकला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ। सोमबारदेखि सुरु भएको तालिम शुक्रबारसम्म सञ्चालन हुने विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले जानकारी दिए। उनका अनुसार बिदाको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै विद्यार्थीको बोल्ने कला, प्रस्तुतीकरण क्षमता, आत्मविश्वास र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। तालिम अवधिभर औपचारिक कार्यक्रम सञ्चालन, उद्घोषणकला, वक्तृत्वकला, प्रभावकारी प्रस्तुतीकरण, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व विकाससम्बन्धी विषयमा विद्यार्थ
धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट बाहिर सञ्चालनमा रहेका औषधि पसलमाथिको अनुगमन थप कडा बनाइएको छ। सोमबार गरिएको अनुगमनमा विभिन्न कानुनी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि १४ वटा औषधि पसल शिलबन्द गरिएको छ। औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काका अनुसार पछिल्ला चार–पाँच दिनदेखि निरन्तर भइरहेको अनुगमनका क्रममा शिलबन्द गरिएका पसलका धनी तथा सञ्चालकलाई सात दिनभित्र विभागमा उपस्थित हुन पत्राचार गरिएको छ। उनका अनुसार केही औषधि पसलका सञ्चालक भने अनुगमन टोली पुगेको थाहा पाउनासाथ पसल बन्द गरेर भागेका थिए। जेभीआर मेडिकलका सञ्चालकले समेत टोलीसँग आवश्यक समन्
धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ कलेजले कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको प्रख्यात ‘साइन्स सिटी’मा निःशुल्क शैक्षिक अवलोकन भ्रमण गराएको छ। विद्यार्थीहरूले विज्ञानलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी प्रत्यक्ष रूपमा बुझ्न, अनुभव गर्न र आधुनिक वैज्ञानिक प्रविधिसँग परिचित गराउने उद्देश्यले कलेजले उक्त भ्रमणको आयोजना गरेको जनाएको छ। भ्रमणका क्रममा विद्यार्थीहरूले विभिन्न वैज्ञानिक आविष्कार, प्रयोग, प्रविधि तथा विज्ञानका व्यावहारिक पक्षलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए। कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान शिक्षा अन
धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र नगर सभा गरिसक्नु पर्ने र असार मसान्त सम्म प्रमाणित गरिसक्नु पर्ने हुन्छ । तर धरानमा अझै पनि निति तथा कार्यक्रम र बजेट आउन सकेको छैन् । करिब डेढ महिना पछि धरान उपमहानगरपालिकाको आइतबारको कार्यपालिका बैठक मुख्य एजेण्डामा प्रवेश नै नगरि स्थगित भएको छ । एजेण्डामा प्रवेश गर्नु अघि केही एजेण्डाहरु थप गर्नु पर्ने र हटाउनु पर्ने विषय वडाअध्यक्ष सहित कार्यापालिका सदस्यले उठाए पछि विविध विषयमा उठाउनु पर्ने एजेण्डाहरु पनि छलफलमा आए पछि विवाद बढुदै गएका कारण अन्ततः धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्र विक्रम वेघाले बैठक स्थगित गरेको घोषण
काठमाडौं/ सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउँसो करिब १:३० बजेदेखि प्राविधिक समस्या देखिएको छ। डेक्स्टपबाट लगइन गर्दा आफ्नो फेसबुक नखुलेको धेरै प्रयोगकर्ताले गुनासो गरेका छन् । प्रयोगकर्ताको स्क्रिनमा देखिएको सन्देशमा साइटमा आएको प्राविधिक समस्याका कारण खाता अस्थायी रूपमा उपलब्ध हुन नसकेको जनाइएको छ। साथै, समस्या छिट्टै समाधान हुने अपेक्षा गरिएको उल्लेख गर्दै केही समयपछि पुनः प्रयास गर्न आग्रह गरिएको छ। यो समस्या सबै प्रयोगकर्तामा देखिएको हो वा केही खातामा मात्र सीमित छ भन्ने यकिन भइसकेको छैन। यद्यपि, सामाजिक सञ्जालका विभिन्न माध्यममा धेरै प्रयोगकर्ताले आफूले पनि यस्तै समस्या भोगि
धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा स्टेण्ड क्षेत्रमा ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। शनिबार (साउन २ गते) साँझ ७ः२० बजे कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी) र अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान–५ खैरेनी निवासी २२ वर्षीय रोहन शाक्यलाई शङ्कास्पद अवस्थामा नियन्त्रणमा लिई शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट २.५५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाक्यलाई बरामद लागूऔषधसहित इलाका प्रहरी
धरान/ प्रत्येक वर्ष साउन महिनामा धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी पुरा गरिएको छ । साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने गर्छन् । भक्तजनको चापलाई व्यवस्थित र सुरक्षित बनाउन धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी,शसस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारीलाई तीव्र बनाइएको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट
धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार उत्साहपूर्ण वातावरणबीच अन्तरसदन स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ। विद्यार्थीहरूको शब्दभण्डार, सही हिज्जे लेख्ने क्षमता र बौद्धिक दक्षता निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अन्नपूर्ण सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको हो। स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार कञ्चनजङ्घा सदन द्वितीय, मनास्लु सदन तृतीय तथा सगरमाथा सदनले सान्त्वना स्थान हासिल गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे र शिक्षिका सपना शाहले मे