हिबिस्कसमा हिज्जे प्रतिभाको प्रतिस्पर्धा, अन्नपूर्ण सदन बन्यो च्याम्पियन

  • साउन १, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा शुक्रबार उत्साहपूर्ण वातावरणबीच अन्तरसदन स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) सम्पन्न भएको छ।

विद्यार्थीहरूको शब्दभण्डार, सही हिज्जे लेख्ने क्षमता र बौद्धिक दक्षता निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अन्नपूर्ण सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको हो।

स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक नयनराज राईका अनुसार कञ्चनजङ्घा सदन द्वितीय, मनास्लु सदन तृतीय तथा सगरमाथा सदनले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबे र शिक्षिका सपना शाहले मेडल तथा प्रमाणपत्र प्रदान गर्दै बधाई दिएका थिए।

स्कुलका प्रबन्ध निर्देशक गङ्गाराम राईले यस्ता प्रतियोगिताले विद्यार्थीमा शब्दभण्डार विस्तार गर्नुका साथै सही हिज्जे लेख्ने बानी, आत्मविश्वास र प्रस्तुतीकरण क्षमता अभिवृद्धि हुने बताए।

विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापलाई पनि समान प्राथमिकता दिँदै विद्यार्थीको सिर्जनशीलता, नेतृत्व क्षमता र सिकाइलाई व्यवहारिक बनाउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

खाजा खर्च कटाएर बाढी ...

धरान/ विपत्तिमा परेका नागरिकलाई सहयोग गर्नु सामाजि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved