स्थानीय

    Showing 1,181-1,190 of 5,042 items.
  • सृजनशीलतालाई मंच दिँदै धरानमा 'सिंक इन डान्स स्टुडियो' को क्याम्प समापन

    धरान/ उदयमान सृजनात्मकतालाई स्वरुप दिन धरानको ‘सिंक इन डान्स स्टुडियो’ले आयोजना गरेको समर क्याम्प २०८२ सम्पन्न भएको छ।   सुनसरीको धरान–धर्मपथमा २०७८ सालमा स्थापना भएको डान्स स्टुडियो ‘सिंक इन डान्स’ले गत असार ३० गतेदेखि सुरु भई श्रावण १६ गतेसम्म सञ्चालन गरेको समर क्याम्पको समापन कार्यक्रम शनिबार सम्पन्न भयो। धरान–१२, चतरा लाइनस्थित होटल गोर्खामा सम्पन्न सो कार्यक्रममा सहभागी ४१ जना बालबालिकाले दीक्षा प्राप्त गरे।   उनीहरू ५ देखि १३ वर्ष उमेर समूहका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी थिए। कार्यक्रममा नृत्य, गायन, र्‍याम्प वाक र प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कानेपोखरीको केन्द्र विवाद टुंगियो, सर्वोच्चद्वारा रिट खारेज

    विराटनगर/  मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले उक्त रिट निवेदन नै खारेज गर्ने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई सहज भएको छ । का

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको राजनीतिक जाम : न बजेट, न खानेपानी, न समाधान

    धरान/ धरान उपमहानगरपालिकामा पछिल्ला दिनहरूमा विकासभन्दा बढी विवाद हावी भएको देखिएको छ। कार्यपालिका भित्रको समन्वयहीनता, बजेट निर्माणमा अड्चन, र कोशी खानेपानी आयोजना जस्ता दीर्घकालीन योजनामा अन्योलको अवस्था देखिएपछि नगरवासी निराश बनेका छन्। धरानका प्रमुख राजनीतिक दलहरूमध्ये नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार नगर प्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबीच विश्वासको संकट चुलिएको छ। यही असहमतिले गर्दा चालू आर्थिक वर्षको बजेटसमेत समयमा पारित हुन सकेन। “कार्यपालिकाको बैठकमै स्पष्ट मतभेद देखियो। समन्वयको अभाव र नेतृत्वबीचको असहज सम्बन्धले बजेट प्रक्रिया नै थलिएको छ,&

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 877 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा एकै दिन लागू औषधसहित तीन जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

    सुनसरी । लागू औषधको अवैध कारोबारमा संलग्न रहेका व्यक्तिहरू एकपछि अर्को गरी प्रहरीको फन्दामा परेका छन्। मिति २०८२ साउन २० गते एकै दिन दुई फरक स्थानबाट तीन जना पक्राउ परेका छन् भने उनीहरूबाट ब्राउन सुगर र लाखौं रुपैयाँ नगद बरामद गरिएको छ। पहिलो घटना, कोशी गाउँपालिका–१ लौकही बजार चौकमा घटेको हो। लागू औषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले कोशी गाउँपालिका–४ जुदगंजका ३४ वर्षीय मनोज कुमार खत्वेलाई चेकजाँच गर्दा स्रोत खुल्न नसकेको रु. २ लाख ५६ हजार फेला पारेको हो। सोही क्रममा भारतको अररिया, बेल्हाका ४५ वर्षीय राजकुमार खत्वेलाई जाँच गर्दा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा युवक झुन्डिएको अवस्थामा मृत फेला, वास्तविक पहिचान अझै अज्ञात

    धरान/ धरान उपमहानगरपालिका–८ स्थित गुराँस मार्गमा कोठा भाडामा बसेका एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। मंगलबार बिहान ११:३० बजेतिर दिलबहादुर लिम्बुको घरको कोठामा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो। प्रहरीका अनुसार ती युवक अन्दाजी २५–२८ वर्षका देखिन्छन्। डेढ महिनाअघि ताप्लेजुङ घर बताउँदै कोठा भाडामा बस्न आएका उनले आफूलाई सौजन श्रेष्ठ जोशी भनेर चिनाएका थिए। तर उनको वास्तविक नाम, स्थायी ठेगाना र पारिवारिक विवरण अझै पुष्टि हुन सकेको छैन। इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगूका अनुसार कोठाबाट दुर्गन्ध आएपछि घरधनीको बुहारीले झ्यालबाट हेर्दा युवक झुन्ड

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 890 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

    धरान/ सुनसरीको कोशी गाउँपालिका–०८, भिमनगर नाकाबाट जाली नोटसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा २०८२ साउन १९ गते राति ९:३० बजेतिर इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको लु.९२ प.२३८० नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरूको साथबाट नक्कली नोट बरामद भएको हो। पक्राउ परेका व्यक्तिहरूमा सप्तरीको हनुमान कंकालिनी नगरपालिका–०२ निवासी २६ वर्षीय राजेश कुमार रजक र सोही नगरपालिकाको वडा नं.–०१ निवासी २५ वर्षीय राजेश चमार रजक रहेका छन्। पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट फेला परेको प

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 638 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित चार जना पक्राउ

    सुनसरी/  लागू औषध विरुद्ध चलाइएको अभियानअन्तर्गत सुनसरी जिल्लामा प्रहरीले दुई फरक स्थानबाट ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। काकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस तथा इनरुवा बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार, मिति २०८२ साउन १९ गते राति  कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ ख २९९६ नम्बरको यात्रुबाहक बसलाई रोकेर चेकजाँच गर्दा एक यात्रुबाट ठूलो परिमाणमा लागू औषध फेला परेको थियो। म

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 820 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशका नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दै

    धरान/  देशको राजनीतिक परिस्थितिका बाबजुद देशका नौजवान युवाहरु लाहुरेमा भाविष्य खोज्दैछन् । लाहुरे भएर सम्पत्ति आर्जन गर्ने र भविष्य उज्वल बनाउने उद्देश्य लिएर उमेर रहुन्जेल पटक पटक लाहुरेमा भिड्ने गरेका छन् । लाहुरेमा भविष्य खोज्नेहरुको पहिलो रोजाई सिंगापुर पुलिस हुने गरेको छ, त्यसमा असफल भए व्रिटिश आर्मी । यसमा पनि असफल रहे इन्डियन आर्मी यी मध्ये कुनैमा पनि सफलता हात नभए नेपाल आर्मी, जनपथ प्रहरी र सशस्त्र प्रहरीमै भएपनि चित्त बुझाउछन् । खोटाङका विनोद श्रेष्ठ अहिले धरानको ट्रेनिङ सेन्टरमा लाहरेमा सम्भावना बोकेरै तालिम लिई रहेका छन् । भविष्यमा लाहुरे बनेर परिवारलाई सुखसयलमा राख्ने

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 566 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पानीको राजनीति:कांग्रेस सभापति पोखरेलको प्रहार– 'गाग्री बोक्ने मेयरले गाग्री लुकाए'

    धरान/ धरानमा कोशी खानेपानी आयोजना अलमलमा पर्न थालेको भन्दै नेपाली कांग्रेस धरानका सभापति श्याम पोखरेलले नगरप्रमुखमाथि कडा आरोप लगाएका छन्। कोशीपत्र अनलाइनसँगको विशेष अन्तर्वार्तामा बोल्दै पोखरेलले मेयरकै गैरजिम्मेवार व्यवहारका कारण आयोजना अघि नबढेको बताएका हुन्। “रित्तो गाग्री बोक्दै सिंहदरबार पुग्ने मेयरले अहिले पानी खन्याउने बेला गाग्री नै लुकाउनु भयो,” पोखरेलले  व्यङ्ग्य गर्दै भने, “८५ प्रतिशत अनुदान आएको आयोजनालाई अस्वीकार गर्नु धरानका जनतासँग ठट्टा गर्नु हो।” पोखरेलले आयोजनाको शेष १५ प्रतिशत पनि संघीय वा प्रदेश सरकारमार्फत घटाउन सकिने स्पष्ट संकेत दिएका छन्।

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 1,015 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको युएन नवोदय कलेजद्वारा फाइभ स्टार होटलमा अभिमुखीकरण

    धरान/ धरानस्थित युएन नवोदय कलेजले कक्षा–११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीमा रहेको कोशी प्रदेश कै एक मात्र फाइभ स्टार होटल मेची क्राउन मा व्यावहारिक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको वास्तविक कार्य प्रणालीबारे अवगत गराउन आयोजना गरिएको उक्त कार्यक्रम मेची क्राउन होटलको सगरमाथा हलमा सम्पन्न भएको हो। सो अवसरमा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत, अनुशासन र लगनशीलताको महत्त्वबारे जानकारी गराए। “पाँचतारे होटलको वातावरण कस्तो हुन्छ, सिस्टम कसरी चल्छ भन्ने ज्ञान

    • प्रकाशित मितिः साउन २०, २०८२
    • 1,102 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved