आज कोजाग्रत पूर्णिमा बडादसैँ पर्व समापन

  • असोज २०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौँ/धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज कोजाग्रत पूर्णिमा मनाइँदैछ ।

यसैसँगै १५ दिन लामो बडादसैँ पर्व पनि समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ ।

धार्मिक विश्वास अनुसार यस रात जाग्राम बसेका घर–घरमा देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नताको आशीर्वाद दिन्छिन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज अखिल बलिपूर्तिसमेत गर्ने शास्त्रीय विधान छ ।

विजयादशमीदेखि सुरु भएको टीका–जमरा थाप्ने क्रम पनि आजै अन्त्य हुने परम्परा छ । साथै, जमरालाई नजिकैको नदी, पोखरी वा पवित्र तीर्थस्थलमा सेलाउने गरिन्छ ।

नवरात्रदेखि सुरु भएको दुर्गा पक्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्छ ।

देवी दुर्गाका तीन रूपमध्ये एक महालक्ष्मीको विशेष आराधना गरेर दुर्गा पक्षलाई बिदा गर्ने धार्मिक मान्यता छ । यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ ।

आजै रात जुवा खेल्ने प्रचलन पनि रहेको समितिले जनाएको छ ।

महालक्ष्मीको आराधनासँगै हात्तीमा आरोहण गरेका इन्द्रको पूजा गर्ने चलन छ भने कार्तिक स्नान र तुलसी पूजा आगामी मङ्गलबार असोज २१ गतेदेखि सुरु हुँदैछ ।

सोही दिनदेखि आकाशदीपदानको विधि पनि आरम्भ हुनेछ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved