इलाममा बाढी–पहिरोको कहर : १८ को मृत्यु, दर्जनौं बेपत्ता र घाइते

  • असोज १९, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इलाम/निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता र घाइते भएका छन्।

डम्बरबहादुर तामाङको घरमा खसेको पहिरोले घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घरमा खसेको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ।

उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए।

सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् भने सोही गाउँपालिका–३, सुलुबुङमा एक बालिका घरसहित बेपत्ता भएकी छन्।

माइजोगमाई गाउँपालिका–६, प्याङमा एकैघरका ५ जना अझै बेपत्ता रहेको अधिकारीहरुले जनाएका छन्।

माङ्सेबुङ गाउँपालिकामा एक गर्भवती महिला र एक पुरुष गम्भीर घाइते भएका छन्। त्यस्तै, देउमाई नगरपालिका–५ धारेमा १ जनाको, देउमाई–५ धुसुनेमा २ जनाको र फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ।

इलाम नगरपालिका–५ घोसगाउँमा पनि ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् भने विपद् प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरिएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved