मनोरञ्जन

    Showing 51-60 of 524 items.
  • ह्यापिसन लिम्बू बने ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ काे बिजेता

    धरान/ धरान उप–महानगरपालिका–व्यापी विद्यालयस्तरीय गायन प्रतियोगिता ‘धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२’ सिजन–२ सोमबार धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा  सम्पन्न भएको छ। र्याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १४ जना प्रतिभाशाली प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत माहोल तताए। प्रतियोगितामा पब्लिक माध्यमिक विद्यालय, फुस्रेकाका ऊर्जा–धनी प्रतिभा ह्यापिसन लिम्बूले दमदार प्रस्तुति दिँदै विजेता बन्न सफल भए। त्यसैगरी लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशी भुजेल फर्स्ट रनर अप घोषणा भइन भने बिजयपुर मा.वि.की मेलिसा ब

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान खेलकुद महोत्सव : सांगीतिक र खेल–तमासाको भव्य संगम, चर्चित कलाकारको प्रस्तुति

    धरान/ धरानमा पहिलोपटक भव्य रूपमा आयोजना हुन लागेको धरान खेलकुद महोत्सव–२०८२ का तयारी अन्तिम चरणमा पुगेका छन्। धरान खेलकुद मञ्चको आयोजनामा मंसिर २५ गतेदेखि पुस १० गतेसम्म संचालन हुने महोत्सवका अध्यक्ष किशोर राईका अनुसार आवश्यक परे दर्शकको भीड, प्रभाव र माग हेरेर पुस १० पछि पनि केही दिन थप गर्न सकिने सम्भावना खुला छ। “धरान महोत्सवको केन्द्रबिन्दु हो। हामीले यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यौँ भने यो महोत्सव नै धरानलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कोसेढुङ्गा हुन्छ,” राईले भने। उनका अनुसार यो महोत्सवमा धेरै स्थानीय युवाको लगानी छ र उनीहरूले व्यावसायिकता

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 965 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चलचित्र “गाउ आएको वाटो” चर्चा हङकङको युनिर्भसिटिमा

    हङकङ/ नविन सुव्वा द्धारा निर्देशित चलचित्र “ गाउ आएको वाटो” हङकङ स्थित हङकङ एकेडेमि अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्यनका लागि वुधवार प्रदर्शन गरिएको छ ।   युनिर्भसिटिका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्म वारे लेखिएको समिक्षा पढे पछि युनिर्भसिटिका फिल्म निर्माणका विद्यार्थीहरु माझ अध्यनका लागि युनिर्भसिटिले नेपाली चलचित्र “गाउ आएको वाटो” प्रदर्शन गरिएको निर्माता अमोद राईले जानकारी गराए ।     गाउ आएको वाटो” नेपालको पहिलो  हङकङको वक्स अफिसमा प्रर्दशन भएको चलचित्र रहेको समेत निर्माता रा

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एकलाख राशिको नृत्य प्रतियोगिता धरानमा

    धरान/ विजेतालाई एकलाख पुरस्कार सहित ट्रफिको ‘स्कूल डान्स आइडल २०८२’ नृत्य प्रतियोगिता आगामी पुस १४ गते धरानमा हुने भएको छ। युनाइटेड डान्स एकेडेमी धरानको नवौं संस्करण अन्तर्गत स्कूल डान्स आइडल प्रतिस्पर्धामा धरानका ४४ वटा विद्यालयका ५ हजार ३ सय ३५ विद्यार्थीहरू सहभागी भएका थिए । जेठ २६ गतेबाट सुरू प्रतियोगितामा हाल उत्कृष्ट १० जना विद्यार्थी छनौट भएकाछन् । उनिहरूबीच आउने पुस १४ गते अन्तिम प्रतिस्पर्धा हुनेछ।प्रतियोगिताका विजेताले रु एक लाख रुपैयाँ नगद सहित ट्रफी र प्प्प्तप्रमाणपत्र प्राप्त गर्ने युनाइटेड डान्स एकेडेमी धरान ९ का अध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो । अ

    • प्रकाशित मितिः मंसिर १३, २०८२
    • 614 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी एक्सिलेन्स अवार्ड–२०२६को तयारी सुरु

     धरान/ आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।  कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ। आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान

    • प्रकाशित मितिः मंसिर ८, २०८२
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमकथामा आधारित ‘लोकन्ती’ को पोस्टर सार्वजनिक

    धरान/  नेपाली कथानक चलचित्र ‘लोकन्ती’ यही मङ्सिर २६ गतेदेखि देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ । कुशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको फस्र्ट–लुक पोस्टर पनि सार्वजनिक गरेको छ । कथाको केन्द्रमा परिवार, प्रेम, सङ्घर्ष र समाजका सूक्ष्म संवेदनाहरू छन् । निर्देशक रञ्जित रानाले चलचित्रलाई पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन् । चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिएका छन् । काभ्रे जिल्लाका भू–परिदृश्य र प्राकृतिक वातावरणमा छायाङ्कन गरिएको ‘लोकन्ती’

    • प्रकाशित मितिः मंसिर ४, २०८२
    • 386 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षा सन्देस बोर्डिङमा ट्यालेन्ट शो: विद्यार्थीहरूले देखाए दम्भदार प्रस्तुति

    धरान/धरान–६ पानवारीस्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ स्कुलले बिहीबार भव्य ट्यालेन्ट शो सम्पन्न गरेको छ। स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले दमदार गीत, नृत्य र विभिन्न सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो प्रतिभा उजागर गरे। कार्यक्रमको उद्घाटन विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर सुबेदीले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। अध्यक्ष सुबेदीले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार गायन, नृत्यलगायत अतिरिक्त गतिविधिमा सहभागिता जनाउन प्रेरित गर्दै भने, “हार–जितभन्दा पनि सहभागिता महत्वपूर्ण हो। यिनै गतिविधिहरूले आत्मविश्वास र व्यक्तित्व विकासम

    • प्रकाशित मितिः कार्तिक २८, २०८२
    • 538 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'बहौरिया' फिल्मको छायांकन मोरङमा शुरू, नायक नायिका वीर चौधरी र ममता चौधरीको फिल्ममा डेवुयु

    सुनसरी/  नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।  चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरी ले गरिरहेका छन् भने, फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन्। नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरी ले संयुक्त रूपमा निर्माण गर्दैछन्।  अवको चलचित्र ऐतिहासिक चलचित्र बनाएन भने दर्शक स्रोताको मन जित्न नसिने भएको हुँदा थारुहरुको धेरै वर्षअगाडि, जब धरतीमा सूर्यको

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘परान’ ले हल हल्लायो : पारिवारिक भावनाले दर्शकलाई रुवायो

    धरान/  हाल प्रदर्शनरत नेपाली कथानक चलचित्र ‘परान’ ले देशभरका सिनेमा हलहरूमा दर्शकको मन जित्दै उत्कृष्ठ प्रतिक्रिया बटुलिरहेको छ। वरिष्ठ कलाकार नीर शाह र मदनकृष्ण श्रेष्ठको जीवन्त अभिनयले सिँगारिएको यो चलचित्रले परिवार, माया र सम्बन्धका गहिरा भावनालाई हृदयस्पर्शी रूपमा प्रस्तुत गरेको छ। चलचित्र हेरेर दर्शकहरू भावविह्वल बनेको दृश्यहरू अहिले सामाजिक सञ्जालभर भाइरल बनेका छन्। कोही आँसु पुछ्दै निस्किन्छन्, कोहीले त “लामो समयपछि यस्तो नेपाली फिल्मले मन छोयो” भन्दै प्रतिक्रिया दिएका छन्। ‘परान’ मा केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी,

    • प्रकाशित मितिः कार्तिक १८, २०८२
    • 642 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन : मौलिक संस्कृतिको उत्सव

    धरान/धरानमा मगर समुदायले आफ्नो मौलिक सांस्कृतिक पहिचान जोगाउँदै पुस्ता हस्तान्तरणको सन्देशसहित सामूहिक ‘हुर्रा नाच’ प्रदर्शन गरेका छन्। नेपाल मगर संघ धरान समितिको आयोजनामा शनिबार धरान–१० स्थित सैनिक भवनमा आयोजित कार्यक्रममा मगर समुदायका दर्जनौँ समूहले परम्परागत पोसाक र ढोल–मादलको तालमा सामूहिक नाच प्रस्तुत गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथि धरान उपमहानगरपालिकाका उप–प्रमुख अईन्द्र बिक्रम बेघाले धरानलाई सबै जातजाति, धर्म र संस्कृतिको साझा सहअस्तित्वको शहरको रूपमा चिनाउँदै भने, “धरान अरु शहरभन्दा बेग्लै हो। यहाँ सबै समुदायले संस्कार र संस्कृतिको सम्मान गर्

    • प्रकाशित मितिः कार्तिक १६, २०८२
    • 536 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved