'बहौरिया' फिल्मको छायांकन मोरङमा शुरू, नायक नायिका वीर चौधरी र ममता चौधरीको फिल्ममा डेवुयु

  • कार्तिक २७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  नेपालमै पहिलोपटक थारु समुदायको कला, संस्कृति र ऐतिहासिक परिवेशलाई मूल कथावस्तु बनाएर निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘बहौरिया (बेहुली)’ को छायांकन मोरङमा औपचारिक रूपमा सुरू भएको छ।

 चलचित्रको निर्देशन चर्चित निर्देशक परशुराम चौधरी ले गरिरहेका छन् भने, फिल्मको कथा पनि उनी स्वयं र रेणु चौधरी ले लेखेका हुन्। नेपाल म्याक्सको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्म रिशन चौधरी र खुश्बु चौधरी ले संयुक्त रूपमा निर्माण गर्दैछन्।

 अवको चलचित्र ऐतिहासिक चलचित्र बनाएन भने दर्शक स्रोताको मन जित्न नसिने भएको हुँदा थारुहरुको धेरै वर्षअगाडि, जब धरतीमा सूर्यको उज्यालो अझ कोमल थियो र जंगलहरू देवताको बासस्थल मानिन्थे, तेही बेला काल युग सुरु भएको भनाइ रहेको वस्तु स्थिति चित्रण गर्नु पर्ने हुन्छ ।

थारु संस्कृति र पौराणिक जीवनशैलीमा आधारित कथा निर्देशक चौधरीका अनुसार, ‘बहौरिया’ थारु समाजको पौराणिक अवस्था र आधुनिक समयसम्म आइपुग्दा भएको सामाजिक–आर्थिक रूपान्तरणको कथा हो।

 उनी भन्छन्, “पहिले जमिन्दार वर्गले दुई–तीन वटा विवाह गर्ने चलन थियो, जसको सामाजिक प्रभाव गहिरो थियो। अहिले त्यस्तो परम्परामा आएको परिवर्तन र समाजले पाएको चेतनाको सन्देश यो चलचित्रले दिनेछ।”

 फिल्ममा मुख्य भूमिकामा वीर चौधरी र ममता चौधरी रहेका छन्। यी दुई कलाकारले यसै फिल्मबाट नेपाली चलचित्र क्षेत्रमा औपचारिक डेब्यु गरेका हुन्।

वीर चौधरी कैलालीका चर्चित मोडल हुन् भने ममता चौधरी नवलपुरकी लोकप्रिय मोडल तथा डान्सर हुन्। कैलालीकी चर्चित गायिका तथा मोडल संगिता चौधरी ले पनि यसै चलचित्रमार्फत् अभिनयमा डेब्यु गरेकी छन्।

 त्यसैगरी फिल्ममा निर्देशक परशुराम चौधरी स्वयं, रेणु चौधरी, प्रदीप बास्मैत, संगिता चौधरी, मन्जय चौधरी, ज्ञानिसा चौधरी, पुनम चौधरी, सुजता चौधरी, ज्ञान चन्द चौधरी, पाण्डव चौधरी लगायतका कलाकारहरूको दमदार अभिनय रहनेछ।

फिल्मको द्वन्द निर्देशन देव महर्जन ले गरेका छन् भने श्रीङ्गार सोम मंग्राती ले सम्हालेका छन्। सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी ज्ञान चन्द चौधरी ले लिएका छन्। ‘बहौरिया’ को छायांकन कोशी प्रदेशका थारु बस्ती, गाउँ–टोल र पर्यटकीय सुन्दर स्थलहरूमा भइरहेको छ। फिल्मले प्रदेशको मौलिक संस्कृति, पहिचान र जीवनशैलीलाई पर्दामार्फत् उजागर गर्ने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ।

निर्माण टोलीका अनुसार, फिल्मको छायांकन आगामी तीनदेखि चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ। त्यसपछि पोस्ट–प्रोडक्सन कार्य पूरा गरी चलचित्रलाई देशभरका हलहरूमा एकसाथ प्रदर्शन गर्ने तयारी भइरहेको छ। अहिलेको नेपाली चलचित्र परिवेशमा दर्शकहरूको रुचि र अपेक्षा धेरै परिवर्तन भइसकेको छ।

सामाजिक सञ्जाल, युट्युब, ओटीटी प्लेटफर्म र विदेशी सिनेमाको प्रभावका कारण नेपाली दर्शकहरू अब पुरानै कथा वा प्रस्तुति मात्र होइन, नयाँपन, मौलिकता र गुणस्तर खोज्न थालेका कलाकार प्रदीप बासमैत बताउँछन् ।

 अहिलेका नेपाली दर्शकहरूले चलचित्रमा के खोज्ने गर्छन्, त्यसमा रहेको काम गर्नु पर्छ। मौलिक र यथार्थपरक कथा अहिलेका दर्शकहरूलाई बनावटी प्रेमकथा वा अतिरञ्जित ड्रामा भन्दा पनि वास्तविक जीवनसँग जोडिएको कथा मनपर्छ नायक वीर चौधरी मिडियामा आफ्नो धाराना राखेका छन् ।

नायक विरका अनुसार सामाजिक समस्या, युवाहरूका संघर्ष, पारिवारिक सम्बन्ध, र नेपालको सांस्कृतिक विविधता देखाउने विषयहरू लोकप्रिय हुन्छन् ।

अब दर्शकहरू "कथा भयो भने मात्रै फिल्म राम्रो हुन्छ" भन्ने बुझ्ने भएका छन्। बलियो कथा, सशक्त पात्र र सार्थक संवादले नै फिल्मलाई प्रभावशाली बनाउँछ। सशक्त अभिनय र नयाँ अनुहार स्टारडमभन्दा पनि अभिनय क्षमतामा जोड दिइँदैछ । नयाँ कलाकारहरूको प्राकृतिक अभिनय र पात्रसँग मेल खाने प्रस्तुति मन पराइन्छ।

अहिले जुन कलाकार हरु छनोट गरेको छु यस्मा म पुर्ण सन्तुष्टि रहेको निर्देशक पर्शुराम चौधरी खुशी व्यक्त गरे नायक वीर चौधरी, ममता चौधरी, संगीता चौधरी लगायत नयाँ टिम बाट आफू निकै प्रभावित भएको बताउँछन् ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved