धरान/ नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुँदै आएको कोशी प्रदेश अन्तर–विद्यालय डिआइजी कप फुटबल प्रतियोगिता यस वर्ष पुनः सुरु हुने भएको छ। राजनीतिक उतार–चढावका कारण छैटौँ संस्करणपछि रोकिएको प्रतिष्ठित प्रतियोगिता पुष ९ देखि १० गतेसम्म भव्य रूपमा हुने विद्यालयले मङ्गलवार पत्रकार सम्मेलनमार्फत जनाएको छ। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले २०५८ सालदेखि सुरू गरिएको डिआइजी कपलाई विद्यालय तहकै प्रतिभा चम्काउने प्रमुख मंच भएको उल्लेख गर्दै,“विद्यालय तहबाटै खेलकुद प्रवर्द्धन गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्नु नै प्रतियो
धरान/ सुनसरी जिल्ला-व्यापी ‘सुनाखरी एकेडेमी कप–२०८२’ को पहिलो संस्करण आजका रोचक दुई खेल हुदै छ। धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी ‘सुनाखरी एकेडेमी कप–२०८२’ आज दुई रोमाञ्चक खेलसँग झनै तातेको छ। आजका खेलप्रति दर्शकको उत्साह पनि उच्च देखिएको छ। पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ जहाँ ज्ञानकुञ्ज रेसिडेन्सियल स्कुल र प्रभात सेकेन्डरी बोर्डिङ स्कुल बीच रोमाञ्चक प्रतिस्पर्धा हुने छ। दुबै टोली पछिल्ला खेलमा आक्रामक खेल प्रस्तुत गर्दै आएका कारण आजको भिडन्त निकै कडा हुने अनुमान गरिएको छ। यस्तै, दोस्रो खेलमा सैनिक आवासीय मा.वि. र आयोजक टोली सुनाखरी
काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को नवौं खेलमा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन जोडेको हो । विराटनगरको पारीमा कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसके पनि मध्यक्रमका शुभम रञ्जने र बसिर अहमदले जुझारु पारी खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोर्याए । शुभम रञ्जनेले २९ बलमा २ चौका र २ छक्काको मद्दतले ३७ रन बनाए भने बसिर अहमदले ३५ बलमा ३ छक्का प्रहार गर्दै ३६ रनको योगदान दिए। ओपनर मार्टिन गुप्टिल १३ रन र जर्ज मुन्से १० रनम
धरान/ सुनाखरी एकेडेमीद्वारा आयोजना गरिएको सुनसरी जिल्ला–व्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता ‘सुनाखरी एकेडेमी कप–२०८२’ आईतबारदेखि भव्य शैलीमा सुरु भएको छ। धरान उप–महानगरपालिकाका उप–मेयर अइन्द्र बिक्रम बेघाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेघाले खेलकुदलाई प्राथमिकतामा राख्दै उप–महानगरपालिकाले अलग्गै बजेट व्यवस्था गरेको जानकारी दिए। उनले सुनाखरी एकेडेमीले विद्यालय तहकै छात्र–छात्रामा क्षमता, आत्मविश्वास र खेलकुदप्रति प्रतिबद्धता विकास गर्न गरेको पहल सराहनीय रहेको बताए। त्
धरान/ डिपो माध्यमिक विद्यालयद्वारा संचालन हुँदै आएको नेपालकै पहिलो यु–१२ अन्तर–स्कुल फुटबल प्रतियोगिता ‘ललित अम्बर फुटबल कप तथा दिलकुमार प्लेट च्याम्पियनसिप’को २०औँ संस्करण आगामी मंसिर २५ गतेदेखि सुरु हुने भएको छ।डिपो स्कुलले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको २०औँ सत्र घोषणा गरेको हो। स्कुलले यो प्रतियोगिता २०६२ सालदेखि निरन्तर गर्दै आएको छ।कक्षा ५ सम्मका १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरिएको प्रतियोगिताबारे जानकारी दिँदै खेल संयोजक खड्ग शम्सेर लिम्बुले भने, “डिपो कप बालबालिकाको फुटबल प्रतिभा पहिचान गर्ने, विद्यालयबीच सद्भाव बढाउने र ग्रास&nda
सुनसरी/ धरानको पर्यटन प्रवर्द्धन र सामाजिक अभियानसँग जोडिएको प्रतिष्ठित ‘धरान १०K रन–चौधौँ नेवा च्यारेटी २०८२’ आगामी फागुन ९ गते (फेब्रुअरी २१, २०२६) हुने भएको छ। मंगलबार भएको पत्रकार सम्मेलनमार्फत कार्यक्रमलाई यसपटक झनै भव्य र प्राविधिक रूपमा उन्नत बनाइने जानकारी दिइयो। ४ हजारभन्दा बढी सहभागीको तयारी विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न उमेरका महिला–पुरुषहरू गरी ४००० भन्दा धेरै धावक सहभागी हुने अनुमान गरिएको छ। पुरस्कार राशी भने यथावत राखिएको आयोजक तथा अध्यक्ष हेमन सुनुवारले बताए। • ओपन समूह (१६–३९ वर्ष) : रु ६०,०००, रु ४०,000, रु ३०,000 • Un
काठमाडौ/ नेपाल प्रिमियर लिग सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई २० ओभरमा ६ विकेटमा १३० रनमै रोकेको थियो। जनकपुरका कप्तान अनिल साह शून्यमै पेभिलियन फर्किए पनि ओपनर आशिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई लयमा फर्काएका थिए। १३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले सन्तुलित ब्याटिङ प्रदर्शन गर्दै निर्धारित ओभरअघि नै ५ विकेट गुमाएर आवश्यक रन बनायो। मध्यक्रमका खेलाडीहरूको संयमित खेलले टोली
धरान/ सुनसरीभरका विद्यालयहरूमा फुटबलको रौनक झनै बढाउँदै ‘सुनाखरी एकेडेमी कप–२०८२’ मङ्सिर ७ देखि १७ गतेसम्म एन्फा एकेडेमी मैदान, धरान–१७ मा आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ भने विद्यालय–विद्यालयमा देखिएको उत्साहले यसपटकको संस्करण विशेष बन्ने संकेत गरिसकेको छ। फस्ट–कम–फस्ट–सर्भ्ड प्रणालीअनुसार सीमित १६ टिम मात्र रहने भएपछि दर्ता खुल्नासाथै विद्यालयहरूले छिट्टै नाम दर्ता गराएका थिए। इटहरीदेखि झुम्कासम्मका विद्यालय सहभागी भएपछि प्रतियोगिता जिल्लाभरको साझा खेल उत्सव जस्तै बने
काठमाडौं/ दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आज दिउँसो ४ बजे आमनेसामने हुनेछन्। यस सिजनका सबै खेल दिउँसो र राति त्रिवि मैदानमै हुनेछन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनल गरी जम्मा ३२ खेल सञ्चालन हुनेछन्। टिकट मूल्य: उद्घाटन खेल साधारण : रु ५०० प्रिमियम : रु १५०० लिग चरण तथा अन्य दिनका खेल: साधारण : रु ५०० प्रिमियम : रु १०००
धरान/ धरान सिटी फुटबल क्लबद्वारा पहिलोपटक आयोजना गरिएको ‘प्रथम धरान सिटी रनिङ कप अन्तरक्लब नकआउट फुटबल प्रतियोगिता’ स्वर्णिम फुटबल क्लब, धरान–१०ले दमदार प्रदर्शन गर्दै जितेको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा स्वर्णिमले धरान–१८ का टेम्के फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो। पहिलो हाफमा दुवै टिमले आक्रमण र प्रत्याक्रमण गर्दै दर्शकलाई रोमाञ्चित बनाए पनि कुनै गोल हुन सकेन। खेलको गति झनै चर्किएको दोस्रो हाफको २६औँ मिनेटमा स्वर्णिमका जर्सी नं. ८ दोजे तामाङले गरेको गोलले खेलको मोड नै बदलियो। टेम्केले बराबरी गर्ने प्रयास गर