सुनसरी/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय "वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड" फुटबल प्रतियोगितामा वडा नं ५ सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा वडा नं ५ ले वडा नं ४ लाई २-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। समुह ‘बि’ बाट बिजेता हुँदै क्वाटरफाइनल प्रवेश गरेको वडा नं ५ ले समूह ‘सि’ बाट तेस्रो हुँदै क्वाटरफाइनल पुगेको वडा नं ४ लाई पराजित गरेको हो। सेमिफाइनल समीकरण बिजयसँगै वडा नं ५ अब फाइनल प्रवेशका लागि वडा नं १ र वडा नं ९ को बिजेता टोलीसँग प्रतिस्पर
विराटनगर/ रमपम विराट गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। भारतको दिल्ली सुदेवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो। भारतबाट सहभागी भएका दुईमध्ये कोलकाता फुटबल क्लब पहिलो खेलमै मोरङसँग पराजित भई बाहिरिएको थियो भने दिल्ली सुदेवा पनि दोस्रो खेलमा पराजित भई बाहिरियो। यसअघिका संस्करणहरूमा भारतीय टोलीहरू सेमिफाइनलसम्म पुग्ने गरे पनि यस पटक दुवै टोली पहिलो खेलमै पराजित भए। उद्घाटन खेलमा मोरङ फुटबल एकेडेमीले कोलकाता क्लबलाई ३-२
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १० विजयी भएको छ। समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको वडा नं १० ले समूह ‘ए’ को विजेता वडा नं ३ लाई टाइब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटको खेल र थपिएको अतिरिक्त समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। विजयसँगै वडा
विराटनगर/ विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा
चतरा/ माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत
विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि
धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda
सुनसरी/ धरान फिटनेस क्लबद्वारा आयोजित बेंचप्रेस च्याम्पियनसिप सम्पन्न, कोपिला, सोभा, सागर र विष्णु ओभरअल विजेता धरान फिटनेस क्लबको आयोजनामा सम्पन्न पहिलो मेन्स एण्ड वुमेन्स स्ट्रेन्थ एण्ड इन्कलाइन बेंचप्रेस च्याम्पियनसिप २०८१ मा ओभरअल विजेताको उपाधि महिलातर्फ कोपिला गिरि र सोभा तामाङ तथा पुरुषतर्फ सागर टन्डन र विष्णु लामा ले जितेका छन्। स्ट्रेन्थ लिफ्टिङतर्फ महिलामा कोपिला गिरिले १५० केजी र पुरुषतर्फ सागर टन्डनले ३९० केजी तौल उचालेर उपाधि जिते। जुनियर समूहका सागरले उच्च प्रदर्शन गरेका थिए। इन्कलाइन बेंचप्रेसतर्फ महिलामा सोभा तामाङले १०२ केजी र पुरुषतर्फ सिनियर समूहका विष्णु लामाले २०९ केजी
चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत आइतवार सम्पन्न खेलमा वडा नम्बर ८ र वडा नम्बर ९ बीचको प्रतिस्पर्धा बराबरीमा टुंगिएको छ। निर्धारित समय र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा १-१ अंक बाँड्नुपरेको थियो। वडा नम्बर ९ ले तीन खेलमध्ये एक जित र दुई बराबरीको नतिजासहित ५ अंक जोड्दै समूह चरणबाट दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्यो। त्यस्तै, तीन खेलमध्ये एक जित, एक बराबरी र एक हार बेहोरेको वडा नम्बर ८ ले ४ अंक जोड्दै समूह ‘ए’ बाट तेस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनायो। यस समूह
चतरा/वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा वडा नम्बर २ र वडा नम्बर ३ ले लगातार दोस्रो जित हासिल गरेका छन्। पहिलो खेलमा वडा नम्बर २ ले वडा नम्बर ४ लाई १-० ले पराजित गर्दै समूह बिजेता बन्यो। जितसँगै वडा नम्बर २ ले ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरेको छ। वडा नम्बर ४ ले ३ अंक जोड्दै समूह उप-बिजेता बन्दै अन्तिम चरणमा स्थान बनाउन सफल भयो। खेलमा निर्णायक गोलकर्ता दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद २,१०० रुपैयाँ र ट्रफी प्राप्त गरे। दोस्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर ७ लाई १-० गो