२६औँ बुढासुब्बा गोल्डकपः चर्च ब्वाइज सेमिफाइनल प्रवेश

  • माघ २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान–१६ स्थित रङ्गशालामा जारी २६औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार सम्पन्न क्वाटर फाइनल खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो।

खेलको सुरुआतसँगै आक्रामक देखिएको चर्च ब्वाइजका रिचर्ड विलसनले पहिलो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए। उक्त गोल नै खेलको निर्णायक बन्यो। त्यसपछि नेपाल पुलिस क्लबले बराबरीको प्रयासमा खेल नियन्त्रणमा लिने प्रयास गरे पनि पटक–पटकको अवसरलाई गोलमा परिणत गर्न सकेन।

चर्च ब्वाइजको सशक्त रक्षात्मक खेलका कारण पुलिस क्लब प्रतियोगिताबाट क्वाटर फाइनलमै बाहिरिन बाध्य भयो।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका रिचर्ड विलसन ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिताअन्तर्गत भोलि सोमबार आयोजक धरान फुटबल क्लब र लालिगुराँस ए पोखराबीच प्रतिस्पर्धा हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए।

बुढासुब्बा गोल्डकपको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ।

साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई डियो स्कुटर प्रदान गरिनेछ। प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved