माघ २४ देखि सातौँ झापा गोल्डकप, विजेतालाई १५ लाख नगद

  • माघ १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

बिर्तामोड/  झापाको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ यही माघ २४ गतेदेखि सुरु हुने भएको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ देखि फागुन ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी गराए ।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एग्रो थाई फुड्स प्रालिको उत्पादन ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ रहनेछ । प्रतियोगिताका विजेताले १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयर ले मोटरसाइकल पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई २१ हजार रुपैयाँ नगद दिइने आयोजकले जनाएको छ ।

विधागत पुरस्कारको प्रायोजन अमेरिका निवासी रोशनलाल श्रेष्ठ सहितको टोलीले गरेको हो ।
प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, साथै महिन्द्र क्लब, लालीगुराँस क्लब पोखरा सहित घरेलु तथा विदेशी गरी १० टोली सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय सहभागितामा भुटानको रोयल थिम्पु कलेज, भारतको सिग्लिज स्पोर्टिङ क्लब र मलेसियाको एन पेनाङ एफसी रहनेछन् ।

यस वर्ष झापाका एक जना पुराना फुटबल खेलाडीलाई २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिनेछ भने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई पनि २५ हजार रुपैयाँ सहयोग प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । त्यसबाट करिब ३० प्रतिशत बचत गर्ने लक्ष्य रहेको अध्यक्ष गिरीले बताए ।
प्रतियोगिताको टिकट दर क्वाटरफाइनलका लागि १००, सेमिफाइनलका लागि २०० र फाइनलका लागि ३०० रुपैयाँ तोकिएको छ । करिब एक लाख दर्शक भित्र्याउने लक्ष्य आयोजकको छ । क्लबका २०३ जनाले सदस्यता नविकरण र १९० जनाले नयाँ सदस्यता लिएका छन् ।

कार्यक्रममा झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved