यु एन नवोदय च्याम्पियन्स लिग भव्य रूपमा सम्पन्न

  • माघ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान / ‘Sports for Health and Nation’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको यु एन नवोदय च्याम्पियन्स लिग सफलतापूर्वक सम्पन्न भएको छ।

धरान–१६ स्थित बिबि फुटसलमा आयोजित लिगको फाइनल खेलसँगै यस वर्षको प्रतियोगिताले औपचारिक समापन पाएको हो।

Navodaya +2 UN College का प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले खेल अफिसियल बिपुल लिम्बूलाई बल हस्तान्तरण गर्दै लिगको उद्घाटन गरेका थिए। फाइनल खेलमा छात्रतर्फ कक्षा १२ सेक्सन ‘सी’ र छात्रातर्फ सेक्सन ‘ए’ ले उपाधि हात पारेका छन्।

Fatt

त्यसैगरी छात्रतर्फ कक्षा १२ सेक्सन ‘डी’ र छात्रातर्फ सेक्सन ‘जी’ उपविजेता बनेका छन्।

हरेक वर्ष आयोजना हुँदै आएको यु एन नवोदय फुटसल च्याम्पियन्स लिग नेपालमै पहिलो पटक +2 तहमा सञ्चालन गरिएको फुटसल च्याम्पियन्स लिग भएको दाबी कलेजका प्रिन्सिपल तुम्बापोले गर्नुभयो।

विद्यार्थीहरू पढाइसँगै खेलकुदमा पनि अब्बल बनून् र विश्व खेल जगतमा प्रतिस्पर्धा गर्न सक्षम बनून् भन्ने उद्देश्यले लिगको सुरुवात गरिएको उहाँको भनाइ छ।

IMG-20260206-WA0028

यस वर्षको लिगमा छात्रतर्फ १३ टिम र छात्रातर्फ ४ टिम गरी जम्मा १७ टिमको सहभागिता रहेको थियो। विजेता तथा उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गरिएको थियो।

पुरस्कार वितरण कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ, लिग संयोजक विष्णुकुमार दाहाल, म्यानेजमेन्ट संयोजक नुर खान, पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बू तथा प्राध्यापकहरू दिव्या झा, जानुका तुम्बापो, अञ्जु चौधरी, डा. तुलसी थापा, अरुण प्रधान र लेखा अधिकृत कृष्णमोहन झाले संयुक्त रूपमा गर्नुभएको थियो।

IMG-20260206-WA0030

व्यक्तिगत पुरस्कारतर्फ कक्षा १२ सेक्सन ‘डी’ का उमङ्ग राई ‘म्यान अफ द म्याच’, कक्षा १२ सेक्सन ‘सी’ का नितेस लिम्बू ‘टप स्कोरर अफ द सिजन’ तथा सोही सेक्सनका अभीस श्रेष्ठ ‘बेस्ट गोलकिपर’ घोषित भए।

विजेताहरूलाई क्रमशः गोल्डेन ट्रफी बल, गोल्डेन बुट र गोल्डेन ग्लोभ्स पुरस्कार प्रदान गरिएको लिग संयोजक विष्णुकुमार दाहालले जानकारी दिनुभयो।

InShot_20260206_170900777

गत मंसिर महिनादेखि सुरु भएको लिग लिग चरण, दोस्रो चरण, नकआउट र सेमिफाइनल हुँदै आज भव्य रूपमा फाइनल खेल सम्पन्न भएको कलेजका पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूले जानकारी दिनुभयो।

फाइनल खेलको सञ्चालन कलेजका प्राध्यापक सर्णकुमार सम्बाहाम्फेले गर्नुभएको थियो।

IMG-20260206-WA0055 IMG-20260206-WA0060 IMG-20260206-WA0059 IMG-20260206-WA0053 IMG-20260206-WA0056

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved