धरान / धरानमाा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधी १७ नं. वडाले जितेको छ । फाइनलमा वडा नं. १५ लाई २–१ गोल अन्तरले पराजित गरेसँगै गोधुलीको उपाधी १७ नं. वडाले चार पटक जित्यो । उपाधीसँगै १७ नं. वडाले नगद रु १ लाख ५० हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको १५ नं. वडाले नगद ७५ हजार, ट्रफी, मेडल पुरस्कार प्राप्त गरेको छ । विजेता तथा उपविजेता दुवै टिमलाई धरान वडा नं. १८ का वडाध्यक्ष प्रविणकुमार राई र उहाँको वुवा ध्यानबहादुर राईले नगद २५÷२५ हजार पुरस्कार थप प्रदान गर्नुभएको थियो ।विधागत पुरस्कारमा पनि १७ नं. वडाको वर्चस्व रह्यो । प्रतियोगिताको सर्वाेत्कृष्
धरान / धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपको उपाधिका लागि वडा नं. १५ र १७ भिड्ने पक्कापक्की भएको छ । बिहीबार धरान रंगशालामा भएको खेलमा वडा नं. १६ लाई ३–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा फाइनलमा स्थान पक्का गरेको छ । यस अघि वडा नं. ५ लाई पराजित गर्दै १५ ले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । बिहीबार भएको खेलमा वडा नं. १७ का लागि मिलन राईले दुई गोल गरे भने सुशिल राईले एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पूर्वाद्र्धको समय गोल रहित बराबरीमा सकिएको थियो । उतरार्धमा भने १७ नं. वडाले ३ गोल गरेको थियो । खेलको उत्तरार्धको ७ मिनेटमा नै १७ नं. वडाले पेनाल्टी मार्फत् अग्रता लिएको
सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०७९ अन्तर्गत हिसान क्रिकेटको उपाधी इटहरीको कस्तुरी कलेजले जितेको छ । इटहरी ९ स्थित जनता क्रिकेट पार्कमा बुधबार सम्पन्न फाइनलमा कोशी कलेज इटहरीलाई ७ बिकेटले पराजित गर्दै कस्तुरीले उपाधी जितेको हो । प्रतियोगितामा टस हारेर पहिले ब्याटिंग गरेको कोशी कलेजले निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ७५ रन बनाएको थियो । कोशीका मनिष माझीले १६ रन बनाउदा एमडी आरिकले १५ र अदित्य श्रेष्ठले १३ रन जोडे । प्रदिप निरौलाले ४ र प्रकाश चौधरीले २ रन बनाए। सन्देश कार्कीले १ रन मात्र जोडे । जवाफमा ७६ रनको बिजयी लक्ष्य
मोरङ / नेपाल विजनेश कलेजले आफ्नो सप्ताहव्यापी खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । विरानटगर ११ मा रहेको कलेजले माघ १ गतेदेखि ६ गतेसम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको थियो ।प्रतियोगीतामा कलेजले फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, व्याडमिन्टन, १सय मीटर दौड र स्पुन रेस जस्ता खेल समावेश गरेको थियो ।खेलकुदको माध्यमबाट विधार्थीहरुलाई अनुशासित बनाउदै स्वास्थ्य प्रतिको चेतना अभिवृद्धी गर्ने उद्देश्यले कलेजले सप्ताहव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ । सप्ताह व्यापी खेलकुद कार्यक्रममा कलेजका वि.वि.ए., वि.आई.टी र एम. वि.ए. अध्ययनरत विधार्थीहरुले सहभागिता जनाएका थि
विराटनगर / १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको कोशी मोडल स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको प्याब्सन स्पोर्टस मिटमा कक्षा १० सम्मको विजेता पूर्वाञ्चल एकाडेमी र प्लसटुतर्फ कोशी मोडल स्कुलले उपाधि जितेको हो । पूर्वाञ्चल ऐकेडेमीले १० स्वर्ण, ५ कास्य र ५ रजक पदकसहित ७३ अंक ल्याएर कक्षा १० सम्मको बिजेता भएको हो । कोशी मोडलले प्लस टुतर्फ ३० अंकसहित प्याब्सन स्पोर्टस मिटको उपाधि हात पार्न सफल भएको हो । प्याब्सन स्पोर्टस मिटको कक्षा दशसम्मको द्वितीय २ स्वर्ण, ४ रजत, १ कास्य पदकसहित २४
धरान /धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फको उपाधि धरानस्थित नेपाल पुलिस स्कुलले जितेको छ । यस्तै छात्रातर्फको उपाधि आयोजक युनाइटेड गोर्खा एकेडेमीले हात पार्न सफल भएको छ । शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ धरानको पुलिस स्कुल र इटहरीको तरहरास्थित ज्ञानदर्पण एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । यस्तै, छात्रातर्फ धरानको युनाइटेड गोर्खा एकेडेमी बी र हाम्रो बोर्डिङ स्कुल इटहरीबीच प्रतिस्पर्धा भएको थियो । पुलिस स्कुलले ज्ञानदर्पणमाथि २५–१४, २५–१५, २५–१४ को सेटमा जीत निकाले
धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत
धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई,
विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् । शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए
धरान/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श , सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुष तर्फ धरान आदर्शले नवदयलाइ, धरान आदर्शले कार्मेल स्कुललाइ ३७–७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७–१८ र लोटसले सियोनलाइ २८–१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाइ वाकओभर दिएपछी मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । यसै गरि महिला तर्फ धर