खेलकुद

    Showing 11-20 of 650 items.
  • धरान ब्याडमिन्टन प्रतियोगिताबाट १ लाख ५९ हजार बचत

    धरान/ धरान ब्याडमिन्टन क्लबले आयोजना गरेको दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को प्रतिवेदन तथा आय–व्यय विवरण आइतबार सार्वजनिक गरेको छ। धरानस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा प्रतियोगिताको आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गरिएको हो। क्लबका अनुसार प्रतियोगिताबाट स्थानीय तथा खुल्ला विधाको दर्ता शुल्क, विभिन्न संघ–संस्था, स्थानीय तह, वडा कार्यालय, प्रायोजक, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिहरूबाट प्राप्त सहयोगसहित कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी भएको थियो। आर्थिक संयोजक खगेन्द्रकुम

    • प्रकाशित मितिः असार ७, २०८३
    • 615 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एन्फा एकेडेमी धरानद्वारा खेलाडीहरूलाई खेलकुद सामग्री वितरण

    धरान/ एन्फा एकेडेमी धरानले आफ्नो पाँचौं ब्याचका तेस्रो वर्षका खेलाडीहरूलाई खेलकुद सामग्री वितरण गर्दै युवा फुटबल खेलाडीहरूको मनोबल बढाएको छ। एकेडेमीको सभाहलमा आयोजित विशेष कार्यक्रममा ३० भन्दा बढी खेलाडीहरूलाई खेल पोशाक तथा आवश्यक खेल सामग्री हस्तान्तरण गरिएको हो। एन्फाका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई को सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोष प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्त अर्याल, सुनसरी जिल्ला फुटबल संघका अध्यक

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 418 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बास्केटबलको क्रेज बढ्दो

    धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको आयोजनामा सञ्चालन भएको १५ दिने बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मङ्गलबार सम्पन्न भएको छ। धरान उपमहानगरपालिकाको संयोजन तथा प्राविधिक सहयोगमा वैशाख ३ गतेदेखि सञ्चालन गरिएको क्याम्पको समापन समारोह धरान–१६ स्थित धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा आयोजना गरिएको थियो। बास्केटबल खेलको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सञ्चालन गर्दै आएको छ। विशेषगरी एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम भए पनि बास्केटबल सिक्न इच्छुक अन्य युवाय

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 839 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यूएन-नवोदयकी सुम्निहाङमा राई राष्ट्रपति रनिङ शिल्ड भलिबलमा जिल्लाकै प्रथम

    धरान/ धरान १६ मा अवस्थित यूएन - नवोदय +२ की छात्रा सुम्निहाङमा राईले सुनसरी जिल्ला स्तरीय ‘१६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’ अन्तर्गत भलिबल विधामा प्रथम स्थान हासिल गर्दै कलेजको नाम उच्च बनाएकी छन्। पढाइसँगै खेलकुद क्षेत्रमा पनि उत्कृष्ट क्षमता प्रदर्शन गर्दै सुम्निहाङमा राईले जिल्लास्तरमै प्रथम स्थान हासिल गरेपछि यूएन कलेज नवोदय +२ परिवार गौरवान्वित बनेको छ। क्याम्पस प्रमुख डम्बर कुमार  तुम्बापोका अनुसार सुम्निहाङमाको यो सफलता मेहनत, अनुशासन र निरन्तर अभ्यासको प्रतिफल हो। उनले सुम्निहाङमालाई हार्दिक बधाई दिँदै आगामी दिनमा जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरसम्म विज

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 1,390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पदम राईको निर्णायक गोलसँगै हाम्रो धरान भेट्रान फाइनलमा

    धरान/ चाैथाे “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता” अन्तर्गत भएको पहिलो सेमिफाइनल खेलमा हाम्रो धरान भेट्रान्सले विराट भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको पहिलो हाफमा विराट भेट्रान्सका प्रकाश थापाले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा हाम्रो धरान भेट्रान्सका जीवन लिम्बूले शानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। खेल सकिन केही समय बाँकी रहँदा धरान भेट्रान्सका पदम राईले निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा हाम्रो धरान भेट्रान्स फ

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • 945 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रविनको निर्णायक गोलमा पुर्वेली भेट्रान सेमिफाइनलमा

    धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पुर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पुर्वेली भेट्रान र हाम्रो इटहरी भेट्रान बीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पुर्वेली भेट्रानका जर्सी नं. ११ का प्रविन विश्वकर्मा ले निर्णायक गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसक्दा पुर्वेली भेट्रानले महत्वपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेलको ‘प्लेयर अफ द म्याच’ पुर्वेली भेट्रानका जर्सी नं. ५ का भुपेन लिम्बू घोषित भ

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • 500 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो धरान भेट्रान कप : धरान भेट्रानको शानदार जित

    धरान/ चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा हाम्रो धरान भेट्रान फुटबल क्लब ले बेलका भेट्रान उदयपुर माथि ५–१ को प्रभावशाली जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफमै धरानले आक्रामक खेल प्रदर्शन गर्दै जीवन लिम्बूको २ तथा पदम राईको २ गोलमार्फत ४–० को मजबुत अग्रता बनाएको थियो। दोस्रो हाफमा टिम कप्तान अशोक राईले थप एक गोल गर्दै स्कोर ५–० पुर्‍याए। खेलको अन्त्यतिर बेलका भेट्रानले पेनाल्टीको अवसर पाएको थियो, जसलाई केशर राईले सफलतापूर्वक गोलमा परिणत गर्दै अन्तर ५–१ मा झारे। तर त्यो गोल बेलकालाई खेलमा फर

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • 1,049 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चौथो हाम्रो धरान भेट्रान फुटबल : विराट भेट्रानको शानदार जित

    धरान/ धरानमा जारी चौथो हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा विराट भेट्रान विराटचोक ले भरौल भेट्रान फुटबल क्लब लाई ४–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रह्यो। भरौल भेट्रानका जर्सी नं. १३ भोलासेन ठकुरी ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको लगत्तै विराट भेट्रानका जर्सी नं. १४ प्रकाश थापा ले बराबरी गोल फर्काए। पहिलो हाफको २४औं मिनेटमा पुनः प्रकाश थापाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि जर्सी नं. ७ डेनी राई ले थप गोल गर्दै पहिलो हाफमै विराटलाई ३&nd

    • प्रकाशित मितिः जेठ १०, २०८३
    • 728 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वाहिनीपति ट्रफी–२०८३ : नयाँ श्रीनाथ गण सर्वोत्कृष्ट, ६ विधामा स्वर्ण जित्दै च्याम्पियन

    सुनसरी/ धनकुटाको हिलेस्थित श्री नं. २ वाहिनी अड्डाद्वारा आयोजित “वाहिनीपति ट्रफी–२०८३” मा भोजपुरमा तैनाथ नयाँ श्रीनाथ गणले उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट गणको उपाधि जितेको छ। भलिबल, बास्केटबल, फुटबल, एथ्लेटिक्स, बक्सिङ तथा तेक्वान्दो गरी ६ विधामा प्रथम स्थान हासिल गर्दै नयाँ श्रीनाथ गण प्रतियोगिताको च्याम्पियन बनेको हो। प्रतियोगितामा भीमदल गणले स्विमिङ र कबड्डीमा प्रथम स्थान हासिल गर्दै दोस्रो स्थान प्राप्त गर्‍यो भने शिवदल गण जुडोमा उत्कृष्ट बन्दै तेस्रो स्थानमा रह्यो। वैशाख २३ गतेदेखि सञ्चालन भएको प्रतियोगिता वैशाख ३१ गते सम्पन्न भएको थियो। समापन समारोहमा

    • प्रकाशित मितिः जेठ १, २०८३
    • 494 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिगको विजेता बने अमन थापा

    धरान/ नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको आयोजनामा धरानमा सञ्चालन भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको एक्युरेसी ओभरअलतर्फ अमन थापा मगर विजेता बन्नु भएको छ । उनलाई नगद रु.एक लाख ५० हजारसहित मेडल पुरस्कार प्रदान गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङले जानकारी दिए । त्यसैगरी, सागर नेपाली उपविजेता बन्दै रु.एक लाखसहित मेडल प्राप्त गरेका छन् भने भारतका खेलाडी अक्ष कुमार तेस्रो हुँदै रु.७५ हजारसहित मेडल प्राप्त गरेका छन् । खुला महिलातर्फ भारतका खेलाडी श्रेयसी तामाङ प्रथम, ईक्सा राई दोस्रो र विद्या राई तेस्रो भएकी छिन् । उनीहरुलाई

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • 416 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved