धरान/ धरान बास्केटबल संघको आयोजना, कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन, धरान उपमहानगरपालिकाको विशेष सहयोग तथा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। धरान १८ स्थित डिपो आदर्श बहुमुखी क्याम्पसको बास्केटबल कोर्टमा प्रतियोगिता आगामी असार ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कोशी प्रदेश का राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउनेछन्। टिमले कोशी प्रदेश अन्तर्गतका जिल्लाको मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था गरिएको छ भने बाहिरी जिल्लाबाट आउने खेलाडीहरूका लागि
धरान/ धरानमा सम्पन्न कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा संयोग बस्नेत र सगुन कार्कीको जोडीले मेन्स डबल ‘बि’ लेभलको उपाधि हात पारेका छन्। धरान ब्याडमिन्टन ग्रुपको आयोजनामा शनिबार र आइतबार धरान–१३ स्थित अमर बहुउद्देश्यीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा संयोग/सगुनको जोडीले फाइनल खेलमा हिमाल श्रेष्ठ र सुशील श्रेष्ठलाई २१–९ र २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन्। विजेता जोडीले नगद ५१ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता हिमाल–सुशीलले नगद २७ हजार प्राप्त गरे। प्रदीप श्रेष्ठ–जोसेफ ठकुरी र गौरव लिम्बु–एन्
काठमाडौं। बाँसबारी माविले काठमाडौं महानगरपालिका ४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ । बालुवाटारमा विहीबार सम्पन्न प्रतियोगितामा सर्बाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो ।हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो । नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल ९एनसीसीएस० ५३ अंकसहित उपविजेता बन्यो । महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो । व्यक्तिगत स
काठमाडौं/काठमाडौं महानगरपालिका वडा नं. ४ को आयोजना र हिमालयन चेस एकेडेमी (एचसीए) को व्यवस्थापनमा ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ बुधबारदेखि सुरु भएको छ। बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयमा सुरु भएको प्रतियोगितामा काठमाडौं महानगरका २० विद्यालयबाट ३१९ खेलाडी सहभागी भएका छन्। गल्र्स र ब्वाइज दुवै तर्फ गरि कक्षा १ देखि १२ सम्मका विद्यार्थी सहभागी प्रतियोगितामा कुल ६ विधा समावेश गरिएको छ। पहिलो दिन दुई चरणका खेल सम्पन्न भएका कक्षा १ देखि ४ की गल्र्सतर्फ धुम्रवाराही माविकी प्रतिज्ञा ठाकुर, बाँसबारीका सिमरन कार्की र सुप्रिया मोक्तान, तथा महेन्द्र माविकी आ
धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका–८ तातोपानीमा सम्पन्न प्रथम सृजनशील कप २०८२ खुला पुरुष फुटबल प्रतियोगितामा आयोजक सृजनशील युवा क्लबले उपाधि हात पार्न सफल भएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेष्ठ १५ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजक टोलीले तरिटोल फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो। “युवा एकता हाम्रो जोड, लागुऔषध दुर्व्यसन र नारी हिंसा छोड” भन्ने नाराका साथ आयोजित प्रतियोगिताले स्थानीय खेलकुदको विकासमा सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ। सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण तथा तस्बिरहरू ‘मेरो
काठमाडौं/ काठमाडौं महानगरपालिका–४ को आयोजनामा दुई दिने ‘चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिप’ आज (बुधबार)देखि बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा सुरु भएको छ। प्रतियोगिताको व्यवस्थापन हिमालयन चेस एकेडेमी (एचसीए) ले गरेको हो। प्रतियोगितामा दर्जनभन्दा बढी विद्यालयका दुई सयभन्दा बढी खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जनका अनुसार चेस प्रतियोगितामार्फत स्थानीय विद्यार्थीबीच भाइचारा अभिवृद्धि गर्नुका साथै बौद्धिक क्षमता विकास र प्रतिभा पहिचान गर्ने उद्देश्य रहेको छ। महर्जनले भने, “प्रतियोगिताले वडाभित्
धरान/ धरान फाइट नाइट–२०२५ आयोजनामा कुल रु. ११,३२,४७० आम्दानी र रु. १३,३१,७२५ खर्च भएको आयोजकले जनाएको छ। कार्यक्रम घाटामा गए पनि खेलकुद र सामाजिक क्षेत्रको दीर्घकालीन फाइदालाई मध्यनजर गर्दै भविष्यमा निरन्तरता दिने योजना रहेको आयोजक संस्थाका अध्यक्ष दिपक राईले जानकारी दिए। खेलकुदको शहर धरानमा पहिलो पटक राष्ट्रिय स्तरको आईबीए प्रो एण्ड एमेचर ‘धरान फाइट नाइट–२०२५’( वैशाख १२ गते शुक्रबार) भव्यतापूर्वक सम्पन्न भएको थियो। धरान बक्सिङ संस्थाको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सक्रिय गराउँदै सामाजिक उतरदायित्व निर्वाह गराउने लक्ष्य लिएको छ।ध
धरान/ धरान–१२ मा अवस्थित सुनाखरी एकेडेमीले अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा चार स्वर्ण पदक जित्ने छात्राहरू निमा डोल्मा तामाङ र वर्षा राईलाई विशेष सम्मान गरेको छ। बुधबार विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल मिलन राई, निर्देशक प्रदीप राईसहित सम्पूर्ण विद्यालय परिवारको उपस्थिति थियो। विजेता छात्राहरूलाई अबिर र खदा ओढाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै निर्देशक प्रदीप राईले छात्राहरूको सफलताले विद्यालय मात्र नभई सिंगो धरान शहरको गौरव बढाएको बताए। प्रिन्सिपल राईले विद्यार्थीहरूलाई थप प्रेरणा र हौसला दिनका लागि सम्मान कार्यक्रमको आयोजना गरिएको जान
धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ । धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो । बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सह
विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । सरकारले नीति तथा कार्यक्रममा राष्ट्रध्यक्ष र प्रधानमन्त्री जन्थस्थल र घरको संरक्षण गर्ने योजना समेटेको छ । नीति तथा कार्यक्रममा भनिएको छ,‘ कोशी प्रदेशसँग सम्बद्ध राष्ट्रिय विभूती, राष्ट्राध्यक्ष तथा प्रधानमन्त्री हुनु भएका व्यक्तित्वको सम्मानार्थ परिवारसँगको सहकार्यमा उहाँहरूको जन्मस्थल र घर संरक्षणको व्यवस्था मिलाइनेछ ।’चालु आर्थिक वर्षमा पहिलो पटक लगानी सम्मेलन र पर्यटन वर्ष घोषणा गरेको सरकारले २०८२ मा कोशी प्रदेश जलवायु सम्मेल