डिपो स्कुलद्वारा आयोजित मेजर श्रवणकुमार मेमोरियल बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन चार टिम विजयी

  • साउन १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

धरान/डिपो स्कुलको आयोजनामा विद्यालय स्तरिय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कप बिहीबारदेखि सुरु भएको छ। उद्घाटन दिनको खेलमा प्रभात स्कुल, आइडल स्कुल, काम्रेल स्कुल र हिमशिखर स्कुल तरहराले जित निकालेका छन्।

कोशी प्रदेशका माननीय सांसद विजयकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा डिपो स्कुलका अध्यक्ष क्याप्टेन अम्मरबहादुर लिम्वु र प्रमुख अतिथिले संयुक्त रूपमा पानसमा दिप प्रज्वलन गर्दै प्रतियोगिताको सुरुवात गरेका थिए।

कार्यक्रममा अध्यक्ष लिम्वुले विद्यालयका पूर्व अध्यक्ष स्वर्गीय मेजर श्रवणकुमार लिम्वुको योगदान र प्रतियोगिताको उद्देश्यबारे प्रकाश पारे। प्रभात स्कुलले गत संस्करणको विजेता सियोन स्कुललाई हरायो

प्रतियोगिताको उद्घाटन खेलमै प्रभात स्कुलले गत वर्षको विजेता सियोन स्कुललाई ३०–२५ अंकले पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको छ।

पहिलो क्वाटरमा प्रभात ११–९ ले अगाडि थियो भने दोस्रो क्वाटरमा सियोनले ९–७ को अग्रता बनाए पनि मध्यन्तरसम्म १८–१८ अंक बराबरी भयो।

तेस्रो र चौथो क्वाटरमा प्रभात स्कुलले क्रमशः ६–३ र ६–४ अंक जोड्दै जित सुनिश्चित गर्‍यो।

उक्त खेलमा सियोन स्कुलका खानुहाङ राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई आयोजक स्कुलका व्यवस्थापन समिति सदस्य सुर्य पन्धाक लिम्वुले ट्रफी प्रदान गरे।

अन्य खेल परिणामहरू

• आइडल स्कुलले दिल्ली पब्लिक स्कुललाई २६–१० ले

• काम्रेल स्कुलले ब्राइट फ्युचर स्कुल मोरङलाई ५०–९ ले

• हिमशिखर स्कुल तरहराले माउन्ट हर्मन स्कुललाई ४०–१३ को अन्तरले पराजित गरेका छन्।

यी खेलका म्यान अफ द म्याच क्रमशः आइडल स्कुलका किरण पौडेल, काम्रेल स्कुलका प्रत्युष भुजेल र हिमशिखर स्कुलका नियोन राई घोषित भए।

उनीहरूलाई प्रतियोगिताका संयोजक खड्क शमशेर लिम्वु, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र फुटबल संघका अध्यक्ष नवीन राईले ट्रफी प्रदान गरे।

१८ स्कुल सहभागी, आकर्षक पुरस्कार

प्रतियोगितामा डिपो स्कुलसहित १८ वटा विद्यालय सहभागी छन्।

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन्।

विजेता टिमले नगद २० हजार, उपविजेताले १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

साथै प्रत्येक खेलको म्यान अफ द म्याच, एमभीपी, हाई स्कोरर खेलाडीलाई समेत ट्रफी र मेडल प्रदान गरिनेछ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई अग्रज पत्रकार तथा लेखक जनकऋषि राईले नगद १ हजार र सांस्कृतिक अधिकार पुरस्कार २०८२ बाट पुरस्कृत पुस्तक गोरु चिन्तन उपहार दिने घोषणा गरेका छन्।

श्रवणकुमारको स्मृतिमा आयोजित प्रतियोगिता

प्रतियोगिता दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्झनामा आयोजना गरिएको हो।

खेल संयोजक खड्कशमशेर लिम्वुले स्व. लिम्वुको योगदानको स्मरण गर्दै परिवारको सहकार्यमा प्रतियोगिता संचालन भइरहेको बताए।

भोलिका खेल तालिका:

• डिपो स्कुल vs प्याराडाइज स्कुल

• प्रभात स्कुल vs धरान मेघा हिमालयन स्कुल

• युनाइटेड गोर्खा vs लिटिल फ्लावर झापा

• ईस्ट होराइजन झापा vs पूर्वाञ्चल बोर्डिङ स्कुल तरहरा

• सुनाखरी स्कुल vs ग्रीनफिल्ड झापा

• काम्रेल स्कुल vs समिट स्कुल

1753966275500

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved