धरान अवार्ड २०८२: उत्कृष्ट खेलाडी, प्रशिक्षक र राइजिङ स्टार अवार्डका लागि मनोनयन सूची सार्वजनिक

  • साउन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान खेलकुद मञ्चले आयोजना गर्न लागेको 'धरान अवार्ड २०८२' अन्तर्गत विभिन्न विधामा उत्कृष्ट खेलाडी, प्रशिक्षक र नवप्रतिभा (राइजिङ स्टार) पुरस्कारका लागि मनोनयनमा परेका नामहरू सार्वजनिक गरिएको छ।

मंगलबार धरान–१५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै मञ्चले उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक, राइजिङ स्टार तथा अन्य विशेष पुरस्कारको लागि मनोनयनमा परेकाहरूको नाम सार्वजनिक गरेको हो।

छनौट समितिमा मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दिपेश शाक्य र सदस्य सचिव विक्रम लिम्बु रहेका छन्।

मनोनयनमा परेका नामहरू:

 उत्कृष्ट पुरुष खेलाडी:

साहिल राई (सितेरियो कराते) निगम राई (सितेरियो कराते) अवतार श्रेष्ठ (शारीरिक सुगठन)

उत्कृष्ट महिला खेलाडी: वर्षा राई (सितेरियो कराते) सलिना जोगी (सितेरियो कराते)

राइजिङ स्टार (१५ वर्षमुनिका बालखेलाडी):

सुलेखा ठाकुर (टेबल टेनिस) गौतम तामाङ (टेबल टेनिस) श्रेया सुवेदी (टेबल टेनिस)

 उत्कृष्ट प्रशिक्षक:

किरण लामा (कराते) गीता थापा (टेबल टेनिस) श्याम तामाङ (साइकलिङ)

छनौट समितिका संयोजक श्रेष्ठका अनुसार मनोनयनको मापदण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेको हुनुका साथै धरान प्रतिनिधित्व गरेको खेलाडी वा प्रशिक्षक हुनु अनिवार्य थियो।

पुरस्कार राशि: उत्कृष्ट पुरुष र महिला खेलाडी: जनही रु. ३०,००० उत्कृष्ट प्रशिक्षक: रु. २०,००० राइजिङ स्टार: रु. १५,००० मोष्ट भ्यालुएबल प्लेयर: रु. १५,००० उत्कृष्ट खेल पत्रकार: रु. १५,००० त्यसैगरी, पारा ओलम्पिक खेलाडी विवेक राईलाई पनि विशेष सम्मानस्वरूप रु. १०,००० सहितको पुरस्कार प्रदान गरिनेछ।

उक्त सम्मान धरानकै स्व. बिक्रम राई (पूर्व राष्ट्रिय फुटबल खेलाडी) को स्मृतिमा प्रदान गरिने मञ्चले जनाएको छ। उक्त अवार्ड कार्यक्रम साउन १७ गते होटल धरान किचनमै आयोजना गरिनेछ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved