पर्यटन

    Showing ४२१-४३० of ५१६ items.
  • हिमाली तथा पहाडी जिल्ला सडक सञ्जालले जोडियो :तराई झरेर जानुपर्ने बाध्यता हट्यो

    धरान / पहाडी तथा हिमाली जिल्लाहरु तराईसँग सडक सञ्जाल जोडिएको लामो समय बिते पनि पहाडी जिल्लाबाट अर्को पहाडी जिल्लामा जान तराई झर्नैै पर्ने बाध्यता थियो तर पछिल्लो समय सडक विस्तार भएसँगै त्यो अन्त्य भएको छ । धनकुटामा करिब २०३८ सालदेखि नै सवारी साधन सञ्चालनमा आएका हुन् । धनकुटासँगै सीमाना जोडिएको पाँचथर जिल्लामा पनि करिब २०४२ सालदेखि यातायातको साधन सञ्चालनमा आएको बताइएको छ । बेलैदेखि यी जिल्लामा सवारी साधन तथा एक अपासमा सीमाना जोडिएको भए पनि धनकुटा सदरमुकामबाट पाँचथर सदरमुकाम जान तराईका सुनसरी, मोरङ र झापा र इलाम हुँदै करिब ३ किलोमिटर पार गरेर मात्र पुग्न सकिन्थ्यो । तर केही बर्ष यता पनि त्यो ब

    • प्रकाशित मितिः पुस ७, २०७९
    • १,०१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराट एक्स्पो : रोजगार पेभिलियनमा आकर्षण

    मोरङ \ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोमा युवायुवतीहरूलाई आकर्षण बढेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न पदमा रोजगारीका लागि फर्म भरीसकेको रोजगार संयोजक लिलिनकुमार यादवले जानकारी दिए । स्टलमा रोजगारी खोज्दै आउनेहरू मात्रै नभई कामदार खोज्दै आउने रोजगारदाताहरू पनि उल्लेख्य रहेका छन् । हालसम्म रोजगारदाताहरूले ३ सय जना बढी कामदारको माग गरेको संयोजक यादवले बताए । मेलामा

    • प्रकाशित मितिः पुस ५, २०७९
    • ७७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घुम्न आउनेका लागि धरानको चिनो रुद्राक्ष: कार्यक्रममा समेत रुद्राक्षको प्रयोग बढ्दो

    धरान/ धरान घुम्न आउने आन्तरिक पर्यटकहरुले रुद्राक्षको माला चिनोको रुपमा लिएर जाने गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका आन्तरिक पर्यटकहरुले रुद्राक्ष माला किनेर लगाउने र आफन्तका लागि चीनो लाने गरेका छन् । भरतपुर चितवनको हिमालय सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक प्रकाश ढुंगानाले धरान आउँदाको चिनो रुद्राक्ष भएको बताए । उनले भने–‘यहाँ रुद्राक्षको माला यहाँको उपयुक्त चिनो भएर आफूले खरिद गरेको बताए । धरान १४ विजयपुरको पिण्डेश्वरी, दन्तकाली मन्दिर घुमिसकेपछि बुढासुब्बाको दर्शन गरेर रुद्राक्ष माला खरिद गर्दै गरेका उनले भने–‘रुद्राक्षले भित्रबाटै आत्मविश्वास बढाउने, यसले थप आध

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • ८५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्वमा आन्तरिक पर्यटक बढ्न थाले: पर्यटकका लागि मध्यविन्दु बन्दै धरान

    धरान / पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना कहरका कारण ठप्प रहेको पर्यटन व्यवसाय पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुन थालेका छन ।धरानमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिइन् । इलाम हुँदै इटहरी बसेर धरान आइ पुगेकी उनलाई धरान असाध्यै राम्रो लागेको बताइन । पहिलो पटक धरान आएकाृे बताउने ढकालले धरान एकपटक

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • १,०१२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापाको सताक्षीधाममा पर्यटकको ओइरो

    झापा/ पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे चार किलोमिटर उत्तर चुरेपहाडको फेदीमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय तीर्थस्थल सताक्षीधाम छ । घनाजङ्गलमा रहेको धाममा स्वदेशीदेखि विदेशी पर्यटकको समेत आजभोलि ओइरो लाग्न थालेको छ । विगत पाँच वर्षअघिसम्म बाटो, बिजुली बत्ती नपुगेको धाममा यतिबेला करोडौँको लगानीमा भौतिक पूर्वाधार तयार भएका छन् । धाम क्षेत्रभित्र आवास, संस्कृति विद्यालयको भवन र मठमन्दिरका ठूला ठूला भवनसमेत बनेका छन् । दश वर्षअघि ९महाराज० पण्डित नन्दकिशोर भारद्वाजले सानो कुटीमा बसी दुईचारवटा गाईपालन सुरु गरेपछि मन्दिरको महत्व बुझेका र पण्डितसँग भेटघाटका लागि मात्र सर्वसाधारण सो क्ष

    • प्रकाशित मितिः असोज ८, २०७९
    • ७१४ पटक पढिएको
    • "रासस"
  • पर्यटकीय क्षेत्रमा पर्यटन सूचना केन्द्र व्यवस्थित छैन

    धरान । इलामको पर्यटन सुचना केन्द्रलाई व्यवस्थापन नगर्दा सुरक्षामा चुनौति देखिएको छ । तीन जिल्लाको प्रवेशद्वार रहेको जोर कलस स्थित सूचना केन्द्रलाई व्यवस्थित नबनाए पर्यटन विकासमा चुनौति देखिने भएको हो । इलाम, पाँचथर र ताप्लेजुङसम्म जोड्ने प्रवेशद्वारलाई व्यवस्थापन गर्न नसक्दा पर्यटकको तथ्याङ्क राख्न चुनौति देखिएको सरोकारवाला बताउँछन । सूचना केन्द्रले अहिले ठूला सवारीमा आएका पर्यटकको मात्र तथ्याङ्क राख्न सकेको भन्दै सबैखाले सवारी साधनको तथ्याङ्क नराखे कुनै दिन समस्या आउन सक्ने रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताए । तीन जिल्लाकै यात्रुको सुरक्षाका लागि जक्सनमा रहेको केन्द्रलाई मर्म

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १,११२ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इलाममा एकवर्षमा १ लाख २९ हजार भन्दा बढी पर्यटक: कन्याम र अन्तुबाटै फर्किन्छन् पर्यटक

    धरान । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन । त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६

    • प्रकाशित मितिः साउन २६, २०७९
    • ७८८ पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • चौथों हप्ता पनि पिण्डेश्वरमा बोलबम भक्तजनको घुइँचो: बोलबम आस्था भन्दा फेशन बन्दै

     धरान । साउनको महिना । बोलबमको महिना । त्यसमा पनि साउनको सोमबार भगवान शिवका प्रिय बार । धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा गेरवस्त्र (पहिलो वस्त्र) धारी भक्तजनहरु उल्लेख्य रुपमा जल चढाउन आएका थिए । ती मध्ये एक समुह जसले छुट्टै प्रकारको वस्त्र पहिरिएका थिए । इटहरीबाट आएका १२ जना युवतीको समूह त्यो भीडमा अलग्गै रुपमा प्रस्तुत थिए । पछिल्लो समय बोलबम भक्तजनहरु धार्मिक आस्था राखेर मनोकामना पूरा गर्ने अभिलाषा लिएर आउने भन्दा पनि बोलबम फेशनका साथै प्रचार गर्ने माध्यमका रुपमा लिने गरेको पाइएको छ । मन्दिर परिषर बाहिर विभिन्न संघ संस्थाले व्यानर नै टाँगेर पानी, सर्वतपानी, फलफूल, पूरी तरक

    • प्रकाशित मितिः साउन २४, २०७९
    • ९१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रचार हुन नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा

    धरान । माइृजोगमाई गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार हुन नसक्दा यहाँका पर्यटकीय क्षेत्र ओझेलमा रहेका छन । गाउँपालिकाभित्र विभिन्न पर्यटकीय क्षेत्र भएपनि प्रचार हुन नसक्दा पर्यटक भित्र्याउन नसकिएको हो । गाउँपालिकामा पोखरी, मठ मन्दिर, झरना र एसियामै पहिलो पटक बनेको गुम्बादेखि लिएर सूर्योदय र सूर्यअस्त देखिने थुम्के जस्ता ठाउँ भए पनि प्रचार हुन नसक्दा पर्यटकलाई आकर्षित गर्न नसकेको हो । प्रकृतिक रुपमा धनी भएर पनि गाउँपालिकामा भएका क्षेत्रलाई विकास गरेर लाभ लिन नसकिएको माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । इलाम पर्यटकीय क्षेत्रको रुपमा चर्चित रहे यहाका पर्यटन प्रव

    • प्रकाशित मितिः साउन २२, २०७९
    • ७८५ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • तराईमा अत्याधिक गर्मी: गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइँचो

    धरान । तराईका जिल्लाहरुमा अहिले ह्वात्तै गर्मी बढेको छ । अत्याधिक गर्मीकै कारण तराईका जिल्लाका सर्वसाधारण गर्मी छल्नकै लागि भेडेटार पुग्ने गरेका छन् पछिल्लो समय तराईका जिल्लाका सर्वसाधारणको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य निकाल्ने स्थानको रोजाई बनेको हो, धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । गर्मी बढेसँगै अहिले तराईबाट गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइचो लाग्ने गरेको छ । इटहरी घर भएकी विना आचार्य शनिवार विदाको दिन परिवारसँगै भेडेटार पुगिन् । विदाको सदुपयोग गदैै चिसोमा रम्ने र प्राकृतिक दृश्य नियाल्ने उद्देश्यले हिडेका उनीहरु अन्तत ः धनकुटाको पाख्रीबास पुगे । पा

    • प्रकाशित मितिः साउन १३, २०७९
    • १,१६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved