तराईमा अत्याधिक गर्मी: गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइँचो

  • साउन १३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । तराईका जिल्लाहरुमा अहिले ह्वात्तै गर्मी बढेको छ । अत्याधिक गर्मीकै कारण तराईका जिल्लाका सर्वसाधारण गर्मी छल्नकै लागि भेडेटार पुग्ने गरेका छन् पछिल्लो समय तराईका जिल्लाका सर्वसाधारणको चिसो मौसमसँगै प्राकृतिक मनोरम दृश्य निकाल्ने स्थानको रोजाई बनेको हो, धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । गर्मी बढेसँगै अहिले तराईबाट गर्मी छल्नकै लागि भेडेटारमा सर्वसाधारणको घुइचो लाग्ने गरेको छ ।

इटहरी घर भएकी विना आचार्य शनिवार विदाको दिन परिवारसँगै भेडेटार पुगिन् । विदाको सदुपयोग गदैै चिसोमा रम्ने र प्राकृतिक दृश्य नियाल्ने उद्देश्यले हिडेका उनीहरु अन्तत ः धनकुटाको पाख्रीबास पुगे । पाख्रीबासबाट फर्किएपछि उनीहरु सिधै इटहरी झरेनन् उनीहरुलाई भेडेटारको चिसो मौसमले एक छिन भए पनि अडिन बाध्य बनायो । भेडेटारमा उत्रिएर उनीहरु सिधै संखपार्कमा गएर चिसो मौसममा रमाउदै टिकटाक बनाउन थाले । भेडेटारको चिसो र यहाँको प्राकृतिक दृश्यावलोकनले सबैलाई लोभ्याउने गरेकोले भेडेटारको चिसो मौसमसँगै प्राकृति मनोरम दृश्य निकाल्नकै लागि भेडेटार आएको आचार्यले बताइन् । उनले भनिन्–‘इटहरीमा अत्याधिक गर्मी छ, गर्मी भएकै कारण हामी भेडेटार आएका थियौ, तर पाख्रीबासमा केही काम भएकोले पाख्रीबास गयौ, पाख्रिबासबाट फर्किएर आएपछि भेडेटारको चिसोमा आनन्द लिएर टिकटक बनायौ, यहाँ आएपछि घर झर्न पनिमन लागेन ।’

हुन त छिनछिनमा बादल आउने, छिनछिनमा घाम लाग्ने भेडेटारको विशेषता नै हौ । यो विशेषताले गर्दा पनि सर्वसाधारण लोभिने गरेका छन् । चिसो मौसमसँगै प्राकृतिक मनोरम दृ्श्यावलोकन लागि गर्मी बढेपछि प्रत्येक बर्ष चिसोले भेडेटारलाई सम्झाउने गरेको इटहरीकै सुरेश पौडेल बताछन् । इटहरीमा अत्याधिक गर्मी भएपछि भेडेटार पनि घुम्ने र यहाँको आर्गनिक सागसब्जी समेत किनेर ल्याउने उद्देश्यले परिवारसँग भेडेटार आएको उनी बताउँछन् । उनी भन्छन्–‘भेडेटार प्रकृतिको बरदान हो, मधेशमा अत्याधिक गर्मी हुदा पनि यहाँ चिसो हुन्छ, गर्मीका कारण आलस्य भएको शरीर यहाँ आएपछि स्फूर्ति हुन्छ ।’ उनले चिसोमा रमाइलो पनि हुने यहाँको आर्गनिक सब्जी गरिद गर्न पनि पाइने भएपछि परिवार नै भेडेटार घुम्न आएको बताए ।

यहाँ आएका सर्वसाधारण भेडेटारमात्र सीमित रहदैनन्, भेडेटारमा रहेको पाथीभरा दर्शन, राजरानी ताल, नमस्ते झरना, भुत घर लगायतका स्थानमा समेत पुग्ने गरेका छन् । अन्य दिनभन्दा विदाको दिन भीड अत्याधिक बढ्ने गरेको शंकेश्वर महादेवका चौकीदार जगतबहादुर चेम्जोङ बताउँछन् ।

पछिल्लो समय धनकुटाको भेडेटार तराइका जिल्लाका मात्र हेन भारतको विहार, पश्मिम बंगालसम्मका सर्वसाधारण रोजाइको ठाउँ भएको छ । आन्तरिक पर्यटक तथा पर्यटककलाई लक्षित गरी भेडेटारमा नेपाली संवतको पहिलो दिन वैसाख १ र अंग्रेजी संवत जनवरी १ का दिन भेडेटारमा फुड फेस्टिबलको आयोजना गर्ने गरिएको छ । फुड फेस्टिवलको निरन्तताका कारण पर्यटक आउने गरेको होटल व्यवसायी बताउँछन् । दुई बर्ष भने विश्वमहामारीको रुपमा फेलिएको कोरोना संक्रमणका कारण भेडेटार सुनसान रहेको ्र अहिले पुनः पर्यटक आउन थालेको सागरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालील बताए । अहिले दैनिक २ देखि ४ हजार पर्यटक आउने भए पनि विदाको समयमा अझ बढी आउने गरेको होटल एसोसिएसन भेडेटारले जनाएको छ ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved