पूर्वमा आन्तरिक पर्यटक बढ्न थाले: पर्यटकका लागि मध्यविन्दु बन्दै धरान

  • कार्तिक २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt -फाइल तस्बिर

धरान / पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोना कहरका कारण ठप्प रहेको पर्यटन व्यवसाय पर्यटक आउन थालेपछि व्यवसाय चलायमान हुन थालेका छन ।
धरानमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् ।

लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिइन् । इलाम हुँदै इटहरी बसेर धरान आइ पुगेकी उनलाई धरान असाध्यै राम्रो लागेको बताइन । पहिलो पटक धरान आएकाृे बताउने ढकालले धरान एकपटक आउनै पर्ने ठाउँ रहेको बताइन् । उनले भनिन्–‘लमजुङको बेसीसहरबाट पूर्वका भ्रमणमा आएको हुँ, मसँगै धेरै साथीहरु छन्, पूर्वमा धरान नहेरी गए, भ्रमण अपूरो भएको महसुस हुन्छ ।’

सुजातासँगै आएका लमजुङकै चन्द्रप्रसाद गुरुङले पनि धरान सोचेभन्दा राम्रो भएको बताए । उनले पूर्वका विभिन्न स्थान घुमिसकेर धरानको विजयपुरमा रहेको बुढासुब्बाको महिमा सुनेकैले दर्शन गर्न आएको बताए । उनी पनि पहिलो पटक सुजाता ढकालकै समूहमा धरान आएका हुन् । उनले भने–‘मलाई धरान असाध्यै राम्रो लाग्यो, त्यसमाथि पनि बुढासुब्बा मन्दिरमा दर्शन गर्ने अहोभाग्य मिल्यो,े बुढासुब्बामा रहेको टुप्पो विनाको बासको विषयमा लमजुङ समेत चर्चा छ, पहिलादेखि नै आउने मन थियो विविध कारणले आउन सकेको थिइनँ, संजोगले यस पटक आउन पाइयो, धरान पनि घुमियो, मन्दिरको दर्शन पनि गरियो ।’

लमजुङबाट मात्र हैन काठमाण्र्डाैबाट धरानको विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा दर्शन गर्न आएकारुपा गुरुङ र सुनिता श्रेष्ठको भनाई पनि लमजुङका ढकाल र गुरुङकै जस्तै छ । उनीहरुले भने–‘धरान पूरै घुम्न नपाए पनि जति घुमियो, सबै ठाउँ त्यतिकै रमणीय स्थल भएको महसुस भयो ।’ विजयपुरमा रहेका मठमन्दिरले त धरानको सौन्दर्य थप थपिदिएको उनीहरुको भनाई छ ।

पोखराकी सुस्मिता केसीले समेत धरान घुम्न आउन पाएकोमा आफूलाई भाग्यमानी भएको बताइन्े । पहिलो पटक समूहमा सवारी साधन रिजर्व गरेर आएकी उनले धरानका विजयपुरमा रहेको मठमन्दिर, धरानको स्वच्छ वातावरण तथा रमणीय स्थलको अवलोकन गरेको सुनाइन् । उनी भन्छिन्–‘पूर्वको धरान साँच्चै नै राम्रो छ, जति सुनेको थिएँ त्यो भन्दा राम्रो पाए ।’

उनीहरु मात्र हैन पछिल्लो समय कोरोना सहज बन्दै गएपछि धरानमा पूर्वदेखि पश्चिमसम्मका सर्वसाधारण समूह बनाएर घुम्न आउन थालेका छन् । यसले गर्दा धरानको चहलपहल समेत बढ्दै गएको छ । पूर्वको इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, संखुवासभा घुमिसकेपछि आउने ठाउँ नै धरान बनेको छ । यहाँको रमणीय स्थलसँगै विजयपुरमा रहेका पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, पञ्चकन्या मन्दिरको दर्शन गरेर फर्किने गरेका छन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved