इलाममा एकवर्षमा १ लाख २९ हजार भन्दा बढी पर्यटक: कन्याम र अन्तुबाटै फर्किन्छन् पर्यटक

  • श्रावण २६, २०७९
  • भगीरथ भण्डारी
alt

धरान । पर्यटकीय जिल्लाको रुपमा रहेको इलाममा एक आर्थिक वर्षमा एकलाख २९ हजार पाँचसय ८१ पर्यटक भित्रिएका छन । इलाम र झापाको सिमाना जोरकलसमा रहेको पर्यटक सुचना केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ एकलाख २९ हजार पाँचसय ८१ पर्यटक इलाम आएका हुन । इलाम आउने पर्यटक मध्ये सबैभन्दा बढी कन्याम र श्री अन्तु आएको तथ्याङ्कमा उल्लेख छ । कन्याममा ५६ हजार ८० पर्यटक आएका छन भने श्री अन्तुमा १८ हजार छ सय ५७ आएका हुन । त्यस्तै इलाममा १७ हजार ४ सय ६६,पशुपतिनगरमा १० हजार ८४, कुटिडाँडा १० हजार एक सय ७८ र फिक्कलमा आठ हजार दुईसय पर्यटक आएका हुन । त्यस्तै गरी ताप्लेजुङ जाने पर्यटक आठ हजार नौ सय १६ जना रहेको तथ्याङ्क छ । इलाम आउने पर्यटक मध्ये ६४ हजार ४ सय ७१ म्हिला र ६५ हजार एकसय १० गरी एक लाख २६ हजार २५ जना आन्तरिक पर्यटक रहेका छन भने तीनहजार पाँचसय ५६ वाहिय पर्यटक रहेका छन । वाहिय पर्यटकमा सवै भारतीय पर्यटक रहेका हुन । जसमा एकहजार पाँचसय ३७ महिला र दुईहजार १९ पुरुष रहेको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्क अनुसार आ.व २०७८÷०७९ को साउन र भदौ महिनामा पर्यटक नआएको पाईएको छ भने असोज महिनामा दुईहजार नौसय ७८ महिला र तीन हजार ५० पुरुष गरी छ हजार २८ जना आन्तरिक पर्यटक आएका छन । जसमा ९ सय २७ इलाममा, एकहजार आठसय ४५ कन्याममा,पाँचसय २८ फिक्कलमा, ५ सय ३१ पशुपतिनगरमा, एक हजार एकसय १४ श्री अन्तु र एकहजार ३८ ताप्लेजुङ गएका छन । पर्यटक आउने सिजन शुरु भएसँगै कात्तिक महिनामा १९ हजार आठसय १३ जना पर्यटक इलाम आएका छन । जसमा ९ हजार ७ सय ९५ महिला र १० हजार १८ जना सबै आन्तरिक पर्यटक रहेका छन । असोजमहिनामा आएका पर्यटक इलाममा दुई हजार ८२, कन्याममा आठहजार दुईसय ९५, फिक्कल ७ सय ३४, पशुपतिनगर एकहजार एकसय ४३, अन्तु ३ हजार नौसय ८६, कुटिडाँडा एक हजार तीनसय ७८ र ताप्लेजुङ २ हजार एकसय ९५ जना पर्यटक रहेका छन ।

गत आवको मंसिर महिनामा २८ हजार ७ सय ५७ पर्यटक आएकोमा १४ हजार दुईसय ९८ महिला र १४ हजार चारसय ५९जना सबै आन्तरिक पर्यटक रहेका छन । जसमा इलाम चार हजार एकसय ४८, कन्याम १३ हजार ६ सय ४, फिक्कल एकहजार दुईसय ६७, पशुपतिनगर दुई हजार दुईसय ९०, अन्तु ३ हजार ४ सय ९४, कुटिडाँडा दुईहजार ६ सय ४० र ताप्लेजुङ एक हजार तीनसय १४ जना पर्यटक आएका छन । त्यस्तै पुष महिनामा १६ हजार एक सय २५ महिला र १६ हजार ६ सय ४९ जना महिला गरी आन्तरिक ३० हजार दुईसय ३४ र वाहिय दुई हजार ५ सय ४० जना पर्यटक आएका छन । पुष्मा आउने पर्यटक इलाम २ हजार ५ सय ६२, कन्याम १८ हजार ६ सय ३२, फिक्कल एक हजार दुईसय ४७, पशुपतिनगर २ हजार एक सय ६०, अन्तु ५ हजार दुईसय ३८, कुटिडाँडा दुईहजार ९ सय १२ र ताप्लेजुङ ३२ जना पर्यटक गएका छन ।

त्यस्तै माघ महिनामा एक हजार ९ सय ११ महिला र एक हजार ८ सय ९४ जना पुरुष गरि तीन हजार ८ सय ५ जना गरी ३ हजार आठसय ५ जना सबै आन्तरिक पर्यटक आएका छन । जसमा इलाममा ५८८, कन्याम १५०७, फिक्कल १०५, पशुपतिनगर १५८, अन्तु ९४४, कुटिडाँडा ५०४ जना पर्यटक आएका छन । त्यस्तै फागुन महिनामा महिला तीन हजार ७ सय ४६ र पुरुष तीन हजार ७ सय ४० आएकोमा २९ जना भारतीय पर्यटक आएका छन । जसमा इलाम १२१५, कन्याम २७२४, फिक्कल ९५७, पशुपतिनगर ९४२, अन्तु ९४४, कुटिडाँडा २१७ र ताप्लेजुङ ४६९ जना रहेका छन ।

गत आवको चैत्र महिनामा सात हजार ६८ जना महिला र सात हजार एकसय ३६ जना पुरुष गरी १४ हजार दुईसय ८ जना आन्तरिक पर्यटक आएका छन । जसमा इलाममा २६३६, कन्याम ३७०९, फिक्कल १६९३, अन्तु १३२०, पशुपतिनगर १६९३, कुटिडाँडा ११३५ र ताप्लेजुङ जाने २०१८ जना पर्यटक रहेका छन । त्यस्तै बैशाख महिनामा महिला चार हजार ७७ र पुरुष तीनहजार आठसय ७९ गरी ७ हजार दुईसय ९३ जना पर्यटक मध्ये ६ सय ३३ जना भारतीय पर्यटक रहेका छन । जसमा इलाम १०४९, कन्याम ३११३, फिक्कल ८७५, पशुपतिनगर दुईसय १२, अन्तु ७८४, कुटिडाँडा ६८६ र ताप्लेजुङ १२३७ जना पर्यटक गएका छन ।

जेठ महिना इलाम आएका पर्यटकमा महिला तीनहजार ६ सय १५ जना र पुरुष तीन हजार चार सय ३४ जना गरी ६ हजार ७ सय ५० आन्तरिक र दुईसय ९९ वाहिय पर्यटक आएका छन । जसमा इलाम १७५७, कन्याम १९८६, फिक्कल ६८०, पशुपतिनगर ७२८, अन्तु ७७०, कुटिडाँडा ६८२ र ताप्लेजुङ ४४६ जना पर्यटक गएका हुन भने असार महिना महिला ८५८ र पुरुष ८५१ जना गरी १६८४ आन्तरिक र २५ जना वाहिय पर्यटक भित्रिएका छन । जसमा इलाम ४५७, कन्याम ६७४, फिक्कल ९६, पशुपतिनगर २२७, अन्तु ६३, कुटिडाँडा २५ र ताप्लेजुङ १६७ जना पर्यटक भित्रिएको तथ्याङ्कले देखाएको छ । पर्यटन सुचना केन्द्रका सुचना अधिकरी गगन घिमिरेका अनुसार जिल्ला भित्रने अधिकांश पर्यटक कन्याम र अन्तुबाटै फर्कने गरेको बताएका छन । साविक मेचीकै प्रवेशद्वारमा रहेको पर्यटकीय सुचना केन्द्रले घुम्नका लागि आएका सवारी साधनको मात्र तथ्याङ्क राखेको र निजि सवारी साधनमा आउने हरुको तथ्याङ्क अझैपनि संकलन गर्नसकेको छैन । केन्द्रलाई व्यवस्थित बनाउन नसक्दा सवै तथ्याङ्क राख्न नसकेको घिमिरे बताउँछन । रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो सुवासले जिल्लाको मुख्य पर्यटकीय प्रवेशद्वारलाई प्रविधि अनुसार व्यवस्थित गरेर सवै यात्रुको सुचना संकलन गर्नुपर्ने बताए । उनले रोङ गाउँपालिकामा रहेको केन्द्र भएपनि साविकको मेचिकै प्रवेशद्वार रहेको हुँदा सुचना केन्द्रलाई सवै मिलेर व्यवस्थित गर्ने हो भने सवै तथ्याङ्क एकै ठाउँबाट पाउन सकिने बताए । उनले ‘ जिल्लाका सवै पर्यटकीय ठाउँको प्रचार हुन नसक्दा कन्याम र अन्तुबाटै पर्यटक फर्किने गरेको बताए ।’

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved