अन्तर्वाता

    Showing 71-80 of 295 items.
  • धरानका दुई युवा-युवती लागुऔषध सहित बिराटनगरबाट पक्राउ

    बिराटनगर । धरानका दुई जना युवा युवती लागुऔषध सहति बिराटनगरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ,धरान(१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी २१ बर्षीया निसा श्रेष्ठ रहेकी छिन । मंगलबार पैदल हिडिरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट एभिल-१०एम्पुल, फेनारगन-१०एम्पुल, लुपिजेसिक-१०एम्पुल र डाईजोल्याब-१० एम्पुल फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ १४, २०७७
    • 1,042 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापा प्रहरीद्वारा ओरियन्स कम्पनीको खाद्य सामाग्रीसहित एक युवा पक्राउ

    धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो । एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए । ‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए । प्रहरीका अनुसार ३ हजार ३ सय ५८

    • प्रकाशित मितिः माघ १३, २०७७
    • 1,347 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ

    बिराटनगर। झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।  यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आई

    • प्रकाशित मितिः माघ १२, २०७७
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध खैरोहिरोईन सहित ४ जना पक्राउ

    पथरी । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो-२ का १९ बर्षीय निराज राई रहेका छन । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज विहानको राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्

    • प्रकाशित मितिः माघ ११, २०७७
    • 1,255 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

    इलाम/ इलामकी १५ वर्षीया बालिका कक्षा ७ पढ्दापढ्दै बेहोस हुने रोग लागेपछि विद्यालय जान छाडिन् । उनका बुबाले पनि केही वर्षदेखि मानसिक रोगको औषधी सेवन गर्दै आएका छन् । आमा मेलापात जाँदा ती बालिका साइनोले मामा पर्ने आफन्तको रेखदेखमा छाडेर जान्थिन् । बेहोस हुने रोग लागेकी ती बालिकालाई रेखदेखमा छाडेको ठाउँमा बेहोस भएका बेलामा बलात्कारको शिाकार बनिन र गर्भवती भईन । गर्भवती भएको पाँच पहिनापछि मात्र आमाले थाहा पाइन र जिल्ला प्रहरी कार्यालय इलाम आईन । प्रहरीले उनलाई मानव अधिकार मञ्चको हिंसापीडित अस्थायी आवासगृहमा पु¥यायो । बलात्कार आरोपी पक्राउ गरी कारागार पुर्याइयो । बालिकालाई अस्पताल लगेर उ

    • प्रकाशित मितिः माघ ९, २०७७
    • 1,155 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्रतिबन्धित लागुऔषध खैरोहिरोईन सहित प्रदेश १ को विभिन्न स्थानबाट ८ जना पक्राउ

    धरान । झापा र मोरङ जिल्लाको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरोहिरोईन र ट्याब्लेट सहित ८ जना पक्राउ परेका छन । मोरङ रतुवामाई नगरपालिका -४ आमबारी स्थितबाट हिजो अपरान्ह साढे ४ बजे दुई जना खैरोहिरोईन सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रतुवामाई-२ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारत अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम रहेका छन । भारतिय नम्बर प्लेट BR37U 5823 नम्बरमा सवार गरी आएका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसै गरी झापाको मेचीन

    • प्रकाशित मितिः माघ ६, २०७७
    • 1,377 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एनआइसि एसियाको एटीएम मेसिन फुटाएर चोरी गर्ने एक व्यक्ति प्रकाउ (भिडियो सहित )

    धरानःएटीमएम मेशिन फुटाएर चोरी गरेको अभियोगमा इलका प्रहरी कार्यलय धरानले एक जना लाई प्रकाउ गरेको छ । धरान १२ महेन्द्र पथस्थित एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी गर्नेलाई प्रहरीले हिजो सोमबार साँझ पक्राउ गरेको हो । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजै प्रकाउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेको इलका प्रहरी कर्यालय धरानले जनाएको छ । इलका प्रहरी कार्यलय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका

    • प्रकाशित मितिः पुस २८, २०७७
    • 2,167 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जागीर लगाईदिने भन्दै भारत लैजाँदै गरेका तीन किशोरीको पशुपतिनगरबाट उद्धार

    इलाम/ नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो । शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ । काठमाण्डौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैया

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,369 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बेलबारीका मिटर रिडर रिजाल जर्बरजस्ती करणी आरोपमा पक्राउ

    मोरङ । मिटर रिडिङ गर्न गएका बिधुत प्राधिकरण बेलबारी वितरण केन्द्रका एक कर्मचारीले १३ वर्षिया बालिमा माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको आरोपमा प्राधिकरणका कर्मचारी लेखनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको हो । आईतबार दिउसो मिटर जाँच गर्न गएका रिजालले बालिकाको घरमा कोहि नभएको मौकाछोपी करणी प्रयास गरेको आरोप छ । अभिभावकले किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यलय बेलबारीले ४० वर्षीय रिजाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । रिजाल दश वर्ष अघिदेखी बेलबारी वितरण केन्द्रको मिटर रिडरको रुपमा कार्यरत थिए । रिजाल विरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा च

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,302 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

    झापा। झापाको शिवसताक्षी नगरपालिका-१० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केरावारी गाऊँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाईते भएका आचार्यको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धानई भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः पुस १४, २०७७
    • 1,271 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved