जागीर लगाईदिने भन्दै भारत लैजाँदै गरेका तीन किशोरीको पशुपतिनगरबाट उद्धार

  • पुस २३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो ।

शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए ।

संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ ।

काठमाण्डौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैयाँ तलवमा भारत दार्जिलिङ्गमा काम खोजिदिएको भन्दै काठमाडौबाटै ती महिलाले फोन गरेको र उक्त महिलाले दार्जिलिङ्गका एक ब्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा पठाएको सोधपुछको क्रममा खुलेको ढकालले बताए ।

पशुपतिनगर ल्याएका ति किशोरीलाई लिन भारतबाट सिमानाकामा गाडी आएको भएपनि नाका प्रबेश गर्ने क्रममा शंका लागेर किशोरीलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा परेर उनीहरु भारत जान लागेको पाइएकाले उनीहरुलाई नाकाबाटै उद्धार गरीएको ढकालले बताए उद्धार गरीएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर नाका हुँदै दलालहरुले विभिन्न प्रलोभन देखाएर बेचविखनका लागी भारत लैजाने गर्दछन । नाका क्षेत्रका गाँउ–गाँउमा चेलिवेटी बेचविखन न्युनिकरणका लागी समन्वय सञ्जाल तथा विद्यालयमा चेतनामुलक कार्यक्रमहरु संचालन गरिएपनि भारततर्फ जाने महिला तथा बालबालिकाको संख्यामा कमी आउन सकेको छैन ।

पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भएपनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली सिमा कटाउने गरेको पाइएको ढकालले बताए ।

‘मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरुलाई भारतका विभिन्न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाइने गरेको छ,’ ढकालले भने,‘पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलालले फकाउने र इलाम आएपछि दार्जिलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेको छन् ।’

पशुपतिनगर नाकाबाट मात्रै होईन सीमा क्षेत्रका अन्य बाटोहरुबाट नेपाली किशोरी र महिलालाई दलालहरुले लैजाने गरेका छन् । नेपाल भारतका दुबै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान–श्रीमती हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेको ढकालले बताए ।

मानव बेचविखन नियन्त्रणका लागी माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका विद्यालय, व्यापारीक केन्द्रका व्यपारी, यातायात व्यवसायीलाई सचेतना मुलक कार्यक्रम संचालन हुँदै आएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved