भारतीय कम्पनीका हेडद्वारा नेपाली कर्मचारीमाथि अभद्र व्यवहार

  • माघ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान÷ क्याडिला फर्मास्युटिकल कम्पनीका भर्टिकल हेड अमित जैनले कम्पनीमा कार्यरत् नेपाली कर्मचारीहरूमाथि अभद्र व्यवहार गरेका छन् ।

भारतको अहमदावाद गुजरातमा रहेको सो कम्पनीले गत पुस २७ गते जुम मिटिङ राखेको थियो । सोही मिटिङमा जैनले नेपाली कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्दै गालीबेइज्जती गरेको मिटिङमा सहभागी नेपाली कर्मचारी शरदकुमार शर्माले बताए । कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीकाबेला औषधिको बिक्री घटेको निहुँमा उनले नेपाली कर्मचारीहरूलाई जथाभावी गाली गरेका हुन् ।

उनले मिटिङमै अपशब्द प्रयोग गर्न थालेपछि प्रतिवाद गरेका आपूmलगायतलाई कामबाट निकालिदिने धम्कीसमेत दिएको शर्माले जनाए ।

जैनले ‘औषधिको व्यापारमा किन कमी आएको ?’ भन्ने प्रश्न गर्दै मोबाइलमार्पmत् रिपोर्टिङ गर्ने सिस्टमलाई बन्द गरिदिने बताएका थिए । उनले कम्पनीबाट राजीनामाका लागि दवाब दिँदै पारिश्रमिक पनि नदिने धम्की दिएको गुनासो कर्मचारीहरूले गरेका छन् ।

२३ वर्षयता सो कम्पनीमा काम गरिरहेका शर्मा भर्टिकल हेडको सो व्यवहारपछि उनीसँग काम गर्न नसक्ने अवस्थामा पुगेको बताउँछन् । सो कम्पनीले ग्यास्ट्रिक, रक्तचापजस्ता रोगहरूको औषधि उत्पादन गरिरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved