लागुऔषध खैरोहिरोईन सहित ५ जना पक्राउ

  • माघ १२, २०७७
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर। झापाको बिर्तामोड-४ भद्रपुर रोड स्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन ।

भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० बर्षीय मिलन राजवंशी रहेका छन । उनलाइ १२ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

 यसै गरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन ।

उनिहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनिहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईताबार पक्राउ गरेको हो ।

 यस्तै आईताबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-९ मगर चोक एरियाबाट १२००ग्राम गाँजा सहित बुद्धशान्ती-१ का ५३ बर्षीय लक्ष्मी प्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

 यसै गरी मोरङ बिराटनग-१५ स्थित सिमा एरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन ।

उनलाई आईताबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET- ७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट रDIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

 प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

‘समृद्ध नेपाल सुखी न ...

दमक/ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved