अन्तर्वाता

    Showing 231-240 of 294 items.
  • गाँजा सहित एक युवा पक्राउ

    धरान । अवैध रुपमा गाँजाको बेचविखन र खेति गर्ने धरान १३ का नविन मगरलाई इलाका प्रहरीले कार्यालय धरानले पक्राउ गरेको छ । गत असार २६ गते धरान १३ का वर्ष २९ का नविन मगरले गाँजा लुकाई छिपाई घरबाटै बेचविखन गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । बेच्नलाई तयारी अवश्थामा रहेको ३ सय ग्राम तयारी गाँजा फेला पारेको थियो । मगरले घरकै बारीमा लगाएको १३ बोट हरियो गाँजा पनि बरामद गरेको छ । उनलाइ आइतबार थप अनुसन्धानको लागि लागुऔषध गाँजा मुद्धामा म्याद थप गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द बस्नेतले बताए ।

    • प्रकाशित मितिः असार २९, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पच्चिस सयको लोभमा हत्या

    सुनसरी । पच्चिस सय रुपैयाको प्रलोभनमा परेर सुनसरी स्थित देवानगञ्ज गाउँपालिकाका एक युवाको हत्या भएको खुलेको छ । ससुराली आएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ का २५ वर्षिय मिथुन उरावको हत्या भएको खुलेको हो । उनकै ससुरा र सासुले स्थानीय युवाहरुलाई पच्चिस सय रुपैयाको प्रलोभन देखाएर हत्या गराएका हुन् । गत असार ६ गते सुनसरीको गढी गाउँपालिकाको बुढि खोलामा उरावको शव माटो मुनि पुरेको अवश्थामा प्रहरीले फेला पारेको थियो । घटना असार ३ गते भएको प्रहरीको अनुसन्धानले देखाएको छ । शवको थप अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरीले ससुरा रामदेव उराँव, सासु छव

    • प्रकाशित मितिः असार २७, २०७७
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारतबाट लागूऔषध ल्याउने पक्राउ

    विराटनगर । विराटनगरमा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको अवस्थामा लागूऔषधसहित एक पुरुष पक्राउ परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया नजिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिईएको प्रहरी टोलीले प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद गरेको हो । चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्की र नाईट्रोभेट १५ चक्की बरामद भएको छ । बन्दाबन्दीको बेला भारतीय क्षेत्रबाट उनले कसरी लागू

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,368 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाम चलेका लागुऔषधको विकल्प खोजिदै

    धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ । औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,088 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • किर्ते कागजात बनाएर भारतिय नागरिकलाइ नागरिकता दिने झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान

    झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ । जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध कारोबारी पक्राउ

    धरान । ईलाका प्रहरी कार्यालय धरानले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप महानगरपालिका वडा नं। ७ पानमारा बस स्टेण्ड नजिक डेरा गरी वस्ने ४४ वर्षिय किशन श्रेष्ठ रहेका छन । उनलाइ शुक्रबार बेलुका ७ः ३० बजे पक्राउ गरेको हो । कोठामा अबैध लागुऔषध संचय गरि बेच विखन गर्ने गरेको गोप्य सुचनाको आधारमा कोठामा खानतलासी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । उनको कोठा बाट झोला भित्र रहेको लागुऔषध नाइट्रोसन २६ पत्ता, स्पास्मोप्रोक्सिभन २३ पत्ता, डाईलेक्स डिसि ६ बोतल र नगद १ लाख ९२ हजार रुपैया समेत बरामद गरेको छ ।

    • प्रकाशित मितिः असार २०, २०७७
    • 1,595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी जिल्लाका न्यायाधीषका अंग रक्षकले गरे आफ्नै पेस्तोलले आफैलाई गोली हानि आत्महत्या

    धरान /सुनसरी जिल्लाका ४ नम्बर न्यायाधीष शंकर राईकाका अंग रक्षकले आफ्नै पेस्तोले आफैलाई गोली हानेका छन् । न्यायाधीष राईका अंग रक्षक प्रहरी हबलदार ओम प्रसाद खतिवडाकाले आफ्नै पेस्तोलले आफ्लै केही समय अघि करिब ७ :४५ तिर देब्रे कन्चटमा गोली हानेका थिए । उपचारका लागि धरान स्थित बिपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको उनको अस्पतालमै ९ बजे मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्मिताको हत्यारा सार्वजनिक,यौन हिंसा र पैसा हत्याको कारण

    हेटौंडा, आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी ९थापा०को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ । प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा ९कार्की० र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।  ससुराले घरमा रहेको

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,582 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छुरा प्रहार गरी फरार भएका धरान १५ का निश्चल लिम्बु पक्राउ

    धरान / छुरा प्रहार गरि घाईते बनाएर फरार रहेका धरान १५ का १८ वर्षीय निश्चल लिम्बुलाई ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको छ । उनले गत बैशाख ५ गते रातको करिब ९ ४५ तिर धरान वडा नम्बर १५मा बस्दै आएका केशब राईलाई उनकै घर अगाडी पेट लगायत शरीरको विभिन्न भागमा छुर प्रहार गरि गम्भिर घाईते बनाएर, फरार भएका थिए । पिडितले उनि विरुद्द ज्यान मार्ने उद्ययोगमा मुद्दा दर्ता गराए पछि प्रहरीले उनले गत शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

    • प्रकाशित मितिः असार १४, २०७७
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरी भएका मोबाइल फिर्ता

    इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले आइतबार हराएका तथा चोरी भएका बिभिन्न मोडलका मोबाइल सेटहरू सम्बन्धित धनिहरूलाइ बुझाएको छ । आइतबार प्रहरी कार्यालय परिषरमा पत्रकारहरू माझ सो मोबाइलहरू सम्बन्धित धनिलाइ बुझाएको हो । प्रहरीले बिभिन्न समयमा हराएको वा चोरी भएका ४५ थान मोवाइल सेट फेला पारी मोबाइल धनीहरूलाइ बुझाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय ईटहरीमा सीडीआर शाखा स्थापना भएदेखि बिभिन्न ब्राण्डका अन्दाजी ५५ लाख ८६ हजार मुल्य बराबरका २ सय ३१ थान मोवाईल फेला पारी सम्बन्धीत धनीलाई बुझएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।माया मारिसकेको मोवाइल पुनः पाउदा सम्बन्धित धनीहरू

    • प्रकाशित मितिः असार १४, २०७७
    • 899 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved