किर्ते कागजात बनाएर भारतिय नागरिकलाइ नागरिकता दिने झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

झापा । जालसाजी गरेर भारतिय नागरिकलाइ नेपाली नागरिकता दिएको आरोप मा झापाका प्रशासकिय अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन । झूठो विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा सुरेश आचार्य पुर्पक्षको लागि जेल चलान गरिएको हो ।

जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो । आचार्यले जिल्ला प्रशासन कार्यालयमा प्रशासकीयअधिकृत अधिकृत पदमा रहँदा भारतीय नागरिक मुस्तफा आलमलाई नेपाली नागरिकता दिएका आरोप लागेको छ ।

जिल्ला अदालत झापाले सोमबार उनलाइ कारागार चलान गर्ने निर्णय गरेको हो ।भारतीय नागरिक आलमलाई आचार्यले २०७२ मंसिर १० गते ०४–०१–७२–०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको पाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अधिकृत राकेश थापाले जानकारी दिनुभयो ।

झूठो विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको खुलासा भएपछि आचार्य फरार भएका थिए ।

उनलाई प्रहरीले काठमाडौँको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा असार २० गते  पक्राउ गरी झापा ल्याएको हो । आरोप प्रमाणित भए आचार्यलाई नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम ५ वर्ष कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved