नाम चलेका लागुऔषधको विकल्प खोजिदै "औषधी व्यवसायी सहित ५ जना पक्राउ"

  • असार २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लागुऔषधहरुका रुपमा प्रयोग हुने औषधीहरु बन्द हुन थाले पछि लागुपदार्थ दुव्र्यसनीहरुले वैकल्पीक औषधीहरुको खोजि गर्न थालेको पाइएको छ ।
औषधी पसलहरुमा सहजरुपमा पाइने औषधीहरुलाई लागुपदार्थको रुपमा प्रयोग गर्न थालेको पाइएको छ । इलाका प्रहरी कार्यालय धरानले एकै किसिमका औषधीहरु ठुलो मात्रामा बिक्रि हुन थाले पछि खोजतलास गर्दा लागुऔषधका दुव्र्यसनीहरुले प्रयोग गर्ने गरेको पाइए पछि धरान ७ का औषधी पसल व्यवसायी सहित ४ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट डेकोलिक १०, प्रेग्स्टार एम ५ र एपाबलिन १५ ट्याब्लेट बरामद गरेको छ । भने मेडिकलबाट डेकोलिक ४ सय, प्रेग्स्टार एम १ सय २० र एपाबलिन ३ सय ४० ट्याब्लेट बरामद गरेको छ ।
यी औषधीहरु टाउको दुखाई, नशा सम्बन्धी बिरामीहरुले प्रयोग गरिन्छ । तर यी तिनै दबाईको मिश्रण गरि प्रयोग गरे लागुऔषधको रुपमा लिने गरेको पाइएको छ ।
धरान ७ स्थित सुमन मेडिकल हलका संचालकले औषधिको अनुचित प्रयोग र दुरुपयोग गरेको सुचनाको आधारमा इप्रका धरानले औषधी व्यवस्था विभाग विराटनगर सँगको समन्वयमा निगरानी गरेको थियो । औषधी खरिद गरेर लैजाने क्रममा ४ जनालाई पक्राउ गरेको छ भने औषधी पसल संचालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले औषधी पसल व्यवसायी विनय कुमार गुरुङ, खरिद गरी सेवनकर्ता धरान १० का सम्यक श्रेष्ठ, १५ का सहबाज सिद्धिकी, अमिर नेपाली र अर्जुन बराइलीलाई पक्राउ गरेको छ ।
लागुपदार्थको विकल्पको रुपमा प्रयोग हुने गरेको पाइए पछि उनीहरुलाई पक्राउ गरिएको इप्रका धरानका प्रमुख ज्ञानेन्द्र बस्नेतले बताए । उनले बरामद गरिएका औषधी सहित थप अनुसन्धान तथा कारबाहीका लागि औषधि व्यवस्था विभाग पठाएको बताए ।

 

 

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved