अन्तर्वाता

    Showing 171-180 of 294 items.
  • सप्तकोशी किनारमा निर्वस्त्र युवतीको शव फेला

    धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 2,128 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि ल्याइएका ६७ बोरा युरिया मल पक्राउ

    धरान । अवैध युरिया मल भन्सार छलि ल्याउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीको टोलिले सुनसरीका विभिन्न स्थानबाट भन्सार छलि गरि ल्याइएका युरिया मल पक्राउ गरेको हो । प्रहरीका अनुसार करिब ६७ हजार मुल्य बराबरको ६७ बोरा युरिया मल पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएका युरिया मल आवश्यक कारवाहीको लागि शुक्रबार भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ २०, २०७७
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बालिका बलात्कारको आरोपीत गिरफ्तार

    धरान । सुनसरीको धरानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी भन्ने उजुरीको आरोपमा प्रहरीले बालिका बलात्कार गर्ने युवकलाई गिरफतार गरेको हो । प्रहरीले धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई भदौ १७ गते गिरफ्तार गरेको छ । लिम्बुले ती बालिकालाई गत भदौ १४ गते आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि भदौ १७ गते दिउँसो ईलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७७
    • 965 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  •  बिना इजाजतका औषधी सहित ३ जना पक्राउ

    धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ । प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ स

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार देखाएर विराटनगरमा व्यापारीसंग चन्दा असुल्ने गिरोह पक्राउ

    विराटनगर । हतियार देखाउँदै धाकधम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन । गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेश राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसंग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुई पटकमा ५ लाख रूपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले भदौ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान नखुेलीकी वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु, जानकारी भए खबर गर्न प्रहरीको आग्रह

    धरान । पहिचान नखुलेकी एक वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मंगलबार राती साढे सात बजेको समयमा मोटरसाइकल ठक्कर दिदाँ घाइते भएकी थिईन । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती करिब साढे ८ बजे मृत्यु भएको थियो । उनलई वडा नम्बर १७ का राम पौडेलले चलाएको को ८ प ९३०२ को मोटरसाइकल ठक्कर दिएको थियो । मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । वृद्धाको पहिचान नखुलेकाले कोही कसैलाइ जानकारी भए प्रहरीलाई जानकारी गराई दिन प्रहरीले अनुरोध गरेको छ । प्रहरीका अनुसार अन्दाजी ७

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,220 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि गरिएका सामान सहित ३ जना पक्राउ

    सुनसरी । अवैध रुपमा भन्सार छलि गरेर भारतबाट ल्याएका सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १५ गते भारतबाट भन्सार छलि गरेर ल्याएको सामानहरु देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बाट पक्राउ गरेको हो । भन्सार छलि गरेर सामान ल्याउदै गरेको सुचनाको आधारमा गएको प्रहरीको टोलिले बर्जु गाउँपालिका वडा नम्बर २ बस्ने संजिव गुरुङले चलाएको को १ ख ३३६६ नम्बरको मिनि ट्रकबाट सामान बरामद गरेको हो । मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा १ लाख ५५ हजार मुल्य बराबरको ३१ बोरा सुर्ती, २६ हजार मुल्य बराबरको ताजमहल भारतीय चामल २० बोरा र ६३ हजार ७ सय मुल्य बराबरको नेपाली चामल सहित १० लाख मुल्य बराबरको म

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 934 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन समुहको सखुवा काट्न निर्देशन दिएको आरोपमा धरानका मेयरलाइ कार्बाही माग गर्दै निबेदन

    धरान । सामुदायिक बनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई लाई धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । काँचो सखुवाको रूख काटेको व्यक्ति उपर कारवाहीको माग सहित उपभोत्ता समुहले इलाका वन सब डिभिजन कार्यालयमा निवेदन दिएको छ । भालढुंगा सामुदायिक वन द्वारा संरक्षित वन क्षेत्रमा विना सूचना ढुंगे पानी भन्ने ठाँउमा अन्दाजी २ सय ५० किवी आउने सालको रूख काट्न मेयरले निर्देशन दिएको आरोप लगाउदै उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । इलाका बन डिभिजन कार्यलय धरानमा बुझाएको माग पत्रमा मेयर राईको निर्देशन र प्रत्यक्ष उपस्थितीम

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 3,719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान / इलाका प्रहरी कार्यलय धरानले धरान १४ वस्ने ससिम राईलाई पक्राउ गरेको हो । राईलाई आज उनकै घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । रार्ईले मिति २०७६ असार १० गते राति आइतबारे सडकमा धरान १४ पिण्डेश्वर वस्ने रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए । राईलाई धारिले हतियार छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्धा गरेको थियो । सुनसरी जिल्ला अदालतबाट फरार रहेका उनलाई अदालतबाट पकाउ अनुमति प्राप्त भई कार्यलयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा राईलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 998 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ

    धरान । प्रतिबन्धीत औषधी संचय र दुरुपयोग गरेको आरोपमा धरान वडा नम्बर १५ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गणतन्त्र बस्तीका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको अवश्थामा स्पास्मो प्रोक्सीन प्लस लेखिएको ३ हजार क्याप्सुल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,124 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved