अन्तर्वाता

    Showing 171-180 of 290 items.
  • हतियार देखाएर विराटनगरमा व्यापारीसंग चन्दा असुल्ने गिरोह पक्राउ

    विराटनगर । हतियार देखाउँदै धाकधम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन । गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेश राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसंग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुई पटकमा ५ लाख रूपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले भदौ

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पहिचान नखुेलीकी वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु, जानकारी भए खबर गर्न प्रहरीको आग्रह

    धरान । पहिचान नखुलेकी एक वृद्धाको मोटरसाइकल ठक्करबाट मृत्यु भएको छ । धरान ८ तिनकुने स्थित पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस अगाडि मंगलबार राती साढे सात बजेको समयमा मोटरसाइकल ठक्कर दिदाँ घाइते भएकी थिईन । उनको उपचारका क्रममा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राती करिब साढे ८ बजे मृत्यु भएको थियो । उनलई वडा नम्बर १७ का राम पौडेलले चलाएको को ८ प ९३०२ को मोटरसाइकल ठक्कर दिएको थियो । मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । वृद्धाको पहिचान नखुलेकाले कोही कसैलाइ जानकारी भए प्रहरीलाई जानकारी गराई दिन प्रहरीले अनुरोध गरेको छ । प्रहरीका अनुसार अन्दाजी ७

    • प्रकाशित मितिः भदौ १७, २०७७
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि गरिएका सामान सहित ३ जना पक्राउ

    सुनसरी । अवैध रुपमा भन्सार छलि गरेर भारतबाट ल्याएका सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १५ गते भारतबाट भन्सार छलि गरेर ल्याएको सामानहरु देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बाट पक्राउ गरेको हो । भन्सार छलि गरेर सामान ल्याउदै गरेको सुचनाको आधारमा गएको प्रहरीको टोलिले बर्जु गाउँपालिका वडा नम्बर २ बस्ने संजिव गुरुङले चलाएको को १ ख ३३६६ नम्बरको मिनि ट्रकबाट सामान बरामद गरेको हो । मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा १ लाख ५५ हजार मुल्य बराबरको ३१ बोरा सुर्ती, २६ हजार मुल्य बराबरको ताजमहल भारतीय चामल २० बोरा र ६३ हजार ७ सय मुल्य बराबरको नेपाली चामल सहित १० लाख मुल्य बराबरको म

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन समुहको सखुवा काट्न निर्देशन दिएको आरोपमा धरानका मेयरलाइ कार्बाही माग गर्दै निबेदन

    धरान । सामुदायिक बनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई लाई धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । काँचो सखुवाको रूख काटेको व्यक्ति उपर कारवाहीको माग सहित उपभोत्ता समुहले इलाका वन सब डिभिजन कार्यालयमा निवेदन दिएको छ । भालढुंगा सामुदायिक वन द्वारा संरक्षित वन क्षेत्रमा विना सूचना ढुंगे पानी भन्ने ठाँउमा अन्दाजी २ सय ५० किवी आउने सालको रूख काट्न मेयरले निर्देशन दिएको आरोप लगाउदै उपभोक्ता समुहले कार्बाही को माग गरेको छ । इलाका बन डिभिजन कार्यलय धरानमा बुझाएको माग पत्रमा मेयर राईको निर्देशन र प्रत्यक्ष उपस्थितीम

    • प्रकाशित मितिः भदौ १५, २०७७
    • 3,541 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ज्यान मार्ने उद्योग मुद्धाका फरार अभियुक्त पक्राउ

    धरान / इलाका प्रहरी कार्यलय धरानले धरान १४ वस्ने ससिम राईलाई पक्राउ गरेको हो । राईलाई आज उनकै घरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको हो । रार्ईले मिति २०७६ असार १० गते राति आइतबारे सडकमा धरान १४ पिण्डेश्वर वस्ने रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए । राईलाई धारिले हतियार छुरा प्रहार गरी ज्यान मार्ने उद्योगमा मुद्धा गरेको थियो । सुनसरी जिल्ला अदालतबाट फरार रहेका उनलाई अदालतबाट पकाउ अनुमति प्राप्त भई कार्यलयबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा राईलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०७७
    • 827 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिबन्धीत औषधी सहित एक जना पक्राउ

    धरान । प्रतिबन्धीत औषधी संचय र दुरुपयोग गरेको आरोपमा धरान वडा नम्बर १५ का राजकुमार चौधरीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गणतन्त्र बस्तीका चौधरीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनको घरमा खानतलासी गर्दा टिनको बाकसमा लुकाई राखेको अवश्थामा स्पास्मो प्रोक्सीन प्लस लेखिएको ३ हजार क्याप्सुल फेला पारेको थियो । उनलाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोरु काटेको बिषयमा झडप हुदा गोलि लागेर एकको मृत्यु

    झापा । गोरु काटेको बिषयमा भएको झडपमा सशस्त्र प्रहरीको गोलि लागि एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका ३ कामाटोलीमा भएको झडपमा स्थानिय रमिकुल आलमको मृत्यु भएको हो । स्थानीयबासीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि आत्मरक्षाका लागि सशस्त्र प्रहरीले गोलि चलाएको बताएको छ । गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोलीले थप मद्दत मागेपछि सशस्त्र प्रहरीको टोलि पुगेको थियो । झडपमा गोली लागि गम्भीर घाइते भएका आलमको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारका क्रममा साँझ सवा ७ बजेतिर मृत्यु भएको थियो । स्थानीयले काटेको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई आक्रमण गरेको प्रहरीले बत

    • प्रकाशित मितिः भदौ ११, २०७७
    • 1,372 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध सहित ४ जना पक्राउ

    धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । हरिनगर गाउँपालिकाको वडा नम्बर ५ स्थित घुस्की बसन्तपुर सडकखण्डमा चेकजाँचको क्रममा एउटा मोटरसाइकल सहित अवैध लागुऔषध डायलेक्स २० बोतल र एमआइ लेखिएको २ थान मोबाईल बरामद गरेको छ । प्रहरीको अनुसार घुस्की बसन्तपुरबाट खटिएको प्रहरीको टोलिले हरिनगर ५ बस्ने वर्ष २१ का मकरम अन्सारीले चलाएको ना १८ प ४०४८ नम्बरको मोटरसाइकलमा सवार हरिनगर ६ बस्ने साहुदिन जट र भारतको अररिया जिल्ला ग्राम पंचायत पथराहा २ बस्ने मो. अंजुरलाई पक्राउ गरेको छ । उनीहरुलाई चेकजाँच गर्ने क्रममा सर्ट भित्र लुकाई छिपाई राखेको अवश्थामा ल

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • 913 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अवैध रुपमा ल्याउँदै गरेको हरियो मटर बरामद

    धरान । सुनसरीको छुट्टा छुट्टै स्थानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेको हरियो मटर र लागुऔषध सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । सोमबार सुनसरीको बर्जु गाउँपालिकाको वडा नम्बर ६ मा अवैधानिक रुपमा भिजिटिएस अनलाईन बिल नभई भारतीय बजारबाट ल्याउँदै गरेको हरियो मटर बरामद गरेको छ । देवानगंज ३ का नरेश मेहताले चलाएको को १ च ५५९९ नम्बरको पिकअप गाडी सहित ११ सय केजी हरियो मटर प्रहरीले बरामद गरेको हो । ५ लाख मुल्य बराबरको पिकअप गाडि र १ लाख १० हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको जनाएको छ । बरामद सामानहरु सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको प्रहरीले जनाएको छ ।  

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • 1,014 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हतियार देखाउँदै आतंक मच्चाउने ३ जना पक्राउ

    धरान । धारिलो हतियार देखाउँदै आतंक मच्चाउने धरानका ३ जनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । गत आइतबार साँझ धरान १५ बगरकोट स्थित सेउती खोलाको पुलमा धरान ८ का रोमन विश्वकर्मालाई धारिलो हतियार देखाउँदै कुटपिट भएको थियो । कुटपिट गर्नेहरुलाई खोजि गर्ने क्रममा ३ जनालाई पक्राउ गरिएको इप्रका धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनका अनुसार पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । उनीहरुलाई सोमबार साँझ धरान ८ स्थित फलामे पुल नजिक खुकुरी र चक्कु बोकेर सार्वजनिक स्थलमा स्थानीयलाई आतंकित बनाइरहेको अवस्थामा पक्राउ गरे

    • प्रकाशित मितिः भदौ ९, २०७७
    • 698 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved