सप्तकोशी किनारमा निर्वस्त्र युवतीको शव फेला

  • भदौ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ ।

सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ ।

बेवारिसे फेला परेको सो शवलाई हाल धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शवको पहिचान हुन सके प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेको छ ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved