धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ । सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।
धरानः भालढुङ्गा सामुदायिक वनमा सखुवाको रुख कटान प्रकरणमा ४ जना पक्रउ परेका छन् । रुख प्रकरणमा किटानि जाहेरी परेका ६ जना मध्ये ४ जनालाई वन कार्यलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुख काट्न गएका श्रमिहरु रहेको सव–डिभिजन कार्यालय धरानका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिएका छन । वन समुहका अध्यक्ष वुद्धि तामाङले गत भदौं १८ गते नगर प्रमुख तिलक राई, वन समुहका कोषाध्यक्ष भीम बस्नेत , रुख काट्ने श्रमिकहरु शेरबहादुर तामाङ, गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद तामाङको नाममा जाहेरी दिएक थिए । तर, वन कार्यालयले भने काट्न जाने ४ जना श्रमिकलाई मात्र पक्राउ गरेको छ ।
इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।
धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले
धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी
इलाम /आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । गएको भदौ सात गते ६३ वर्षकी आमालाई जवरजस्ती करणी गरे भागेका देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षका युवालाई इलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गए राती प्रहरी निरीक्षक नविन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्त बिरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
धरान । सप्तकोशी नदिको किनारमा निर्वस्त्र रुपमा एक युवतीको शव फेला परेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं ९ स्थित सप्तकोशी नदीको किनारमा शनिबार बिहान एक युवतीको शव फेला परेको हो । बराह क्षेत्र–९ को धरहरा टपन स्थित नदीमा अन्दाजी १८÷२० वर्ष उमेरको जस्तो देखिने मंगोलियन अनुहार भएकी युवतीको शव भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । निर्वस्त्र रुपमा अन्दाजी ५ फिट उचाइ भएको र कानमा सुन जस्तो धातुको कुण्डल लगाएको महिलाको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसक्दा सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय महेन्द्र नगरले जनाएको छ । बेवारिसे फेला परेको सो शवलाई हाल धरान
धरान । अवैध युरिया मल भन्सार छलि ल्याउँदै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । प्रहरीको टोलिले सुनसरीका विभिन्न स्थानबाट भन्सार छलि गरि ल्याइएका युरिया मल पक्राउ गरेको हो । प्रहरीका अनुसार करिब ६७ हजार मुल्य बराबरको ६७ बोरा युरिया मल पक्राउ गरेको छ । अवैध रुपमा ल्याइएका युरिया मल आवश्यक कारवाहीको लागि शुक्रबार भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जनाएको छ ।
धरान । सुनसरीको धरानमा एक बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ । धरान उपमहानगरपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी भन्ने उजुरीको आरोपमा प्रहरीले बालिका बलात्कार गर्ने युवकलाई गिरफतार गरेको हो । प्रहरीले धरान उपमहानगरपालिका–८ का सुवास भन्ने ३६ वर्षीय भोजकुमार लिम्बुलाई भदौ १७ गते गिरफ्तार गरेको छ । लिम्बुले ती बालिकालाई गत भदौ १४ गते आइतबार जबरजस्ती करणी गरेको जानकारी पाएपछि भदौ १७ गते दिउँसो ईलाका प्रहरी कार्यालय धरानले गिरफतार गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको सुनसरीका डिएसपी विनोद शर्माले बताएका छन् ।
धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ । प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ स