सामुहिक झडपमा घाइते भएकाहरुको उजुरी प्रहरीले लिन नमानेको गुनासो

  • भदौ २८, २०७७
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी । कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा भएको दुई पक्षको झडपको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षले गुनासो गरेका छन् ।

भदौ २५ गते राती कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहामा तिलक यादव र मनोज यादव सहितको समूह र जागेश्वर यादव समूहको बीचमा भएको झडपमा जागेश्वर समूहका तीन जना घाईते भएको र ज्यान मार्ने उद्देश्यले आक्रमण भएको भन्दै कर्तव्य ज्यान उद्योगमा जिल्ला प्रहरी कार्यालय सुनसरीमा शुक्रबार किटानी जाहेरी दिएकोमा दर्ता गर्न नमानेको पीडित पक्षले शनिबार पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् ।

पीडित पक्षका विरेन्द्र यादवका अनुसार कोशी गाउँपालिका वडा नम्बर २ पश्चिम कुशाहाको भाडाहा टोलका ५० वर्षिय सत्रुधन यादव, २५ वर्षिय महेश यादव, ३० वर्षिय सञ्जय यादव, ५० वर्षिय तिलक यादव र ४५ वर्षिय मनोज यादवले ५३ वर्षिय हरीलाल यादव सहितका लाई ज्यान मार्ने उदेश्यले कसुर गरेका छन् ।

पीडकहरुले कसुर गरेको भन्दै पीडित पक्षले जाहेरी दिएकोमा प्रहरीले आफूहरुलाई बेवास्ता गरी उल्टै मिल्न दबाब दिएको यादवको भनाई छ । विपक्षीहरुले घरमा राखेको प्रदेश १–०२– ००१ ख ८१५६ नम्बरको ट्रकमा तोडफोड गरि घरमा रहेको टीभीको एलसिडी समेत फुटाएर ज्यान मार्ने उद्देश्यले योगेन्द्र यादव, उपेन्द्र यादव र तुलियादेवी यादव सहितलाई लाठी सहित घरेलु हतियारले आक्रमण गरेर घाईतेले दावी गरेका छन् ।

घाईतेहरुको टाउको, हात र शरिरको विभिन्न भागमा निलडाम र काटिएको छ । घाईतेहरुको उपचार विराटनगरको गोल्डेन र न्युरो अस्पतालमा भईहरेको पीडित प्रक्षको भनाई छ । उता तिलक यादव पक्षका भाई मनोज यादवले आफू घटनामा संल्गन नभएको र घरायसी कुरामा मुछन खोजेको प्रतिकृया दिनुभयो । मनोजले आफू घटना नभएको र उनीहरुले नै आक्रमण गरी दुई जना आफ्नो मान्छेलाई घाईते बनाको र आफ्नो गाडीमा समेत ढुगांमुडा गरेको दावी गर्नुभयो । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापा र मुद्धा शाखाका प्रहरी निरीक्षक सरोज खनालले पटक पटक फोन गर्दा सम्पर्क हुन सकेन ।

इलाका प्रहरी कार्यालय लौकहीका प्रहरी सहायक निरीक्षक रत्न पौडेलले भने घटना भएको पुष्टी गर्दै दुवै पक्षका गरि पाँच जना घाईते भएको र उनीहरुको उपचार विराटनगरमा भईहरेको प्रतिकृया दिएका छन् ।

 

बेपत्ता श्रीमान २० व ...

मोरङ/ दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका ...

सेवा बिस्तार गर्दै च ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाको वडा नं २ लाई ...

कमिसनको खेलले करोडौ ...

बेलबारी/ मोरङको बेलबारी र कानेपाखरी गाउँपालिका भएर ...

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved