सखुवाको रुख कटान आरोपमा पक्राउ परेका ४ जना छाडिए

  • भदौ २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा भालुढुङ्गा सामुदायिक वन उपभोक्ता समुहमा सखुवाको रुख कटान काण्डमा पक्राउ परेका ४ जनालाई सव डिभिजन वन कार्यालय धरानले छाडिदिएको छ ।

सखुवाको रुख कटान गर्न गएको आरोपमा धरान १९ का ४ जनालाई कार्यालयले विहिबार पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई धरान वडा नम्बर १९ का वडाअध्यक्ष पुर्ण प्रसाद लिम्बुको रोहबरमा छाडिएको हो । वडाअध्यक्ष लिम्बुले ४ जनालाई वन कार्यालयले चाहेको समयमा हाजिर गराउने भनि हस्ताक्षरण गरि जिम्मा लिएका हुन् । वन कार्यालयले शेरबहादुर तामाङ, काले भनिने गजेन्द्र लिम्बू, राम बहादुर तामाङ र राम प्रसाद मगरलाई पक्राउ गरेको थियो ।

रुख प्रकरणमा वन समुहका अध्यक्ष बुद्धि तामाङले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा रुख काट्न गएका ४ जना सहितको नाममा वन कार्यालयमा उजुरी दिएका थिए । छाडिएका ४ जना मध्ये शेर बहादुर तामाङ र काले भनिने गजेन्द्र लिम्बुले रुख काट्न गएको स्वीकारेका खुलेको छ । बाँकी दुई जनाले चै घटना अस्वीकार गरेका छन् । पक्राउ परेका चारै जनाको बयान लिइसकेको छ ।

वन ऐन अनुसारनै वडाअध्यक्षको रोहवरमा छाडिएको सव डिभिजन वन कार्यालयका प्रमुख राजेन्द्र यादवले बताए । उनले भने, अहिले कोरोना संक्रमणको कारण पनि थुनामा राख्न समस्या हुने भएकाले वडाअध्यक्षको जिम्मा लगाएर पठाएका छौं, हाजिर गराउन नसके वडाअध्यक्षनै सजायको भागिदार हुनेछन् ।’ थप अनुसन्धान गर्नु पर्ने भएकाले अहिले नै प्रारम्भिक अनुमान गर्न नसकिने उनले बताए ।

सखुवाको रुख काटिएको काण्ड पछिल्लो समय राजनितिकरण हुदै गए पछि मिलेमतोमा घटना मिलाउन तिर दुई ठुला पार्टीहरु लागेका छन् । वन कार्यालय पनि अनुसन्धानमा ढिलाई गर्दै घटनालाई कमजोर बनाउने खेल गर्न थालेको छ ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved