भारत तर्फ चोरी निकासी गरि लैजादै गरेका बाछाबाछी पक्राउ

  • भदौ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारत तर्फ चोरी निकासी गरि लादै गरेको अवश्थामा जिल्ला प्रहरी कार्यालय सुनसरी सहितको देवानगंजको संयुक्त प्रहरीको टोलिले गाईको बाछा बाछी सहित एउटा मिनिट्रक बरामद गरेको छ ।

जिल्लाको देवानगंज गाउँपालिकाको वडा नम्बर २ स्थित देवानगंज घुस्की सडक खण्डमा भारत तर्फ लादै गरेको अवश्थामा १२ वटा गाईको बाछा र एउटा गाईको वाछी बरामद गरेको हो । को १ ख ३५७१ नम्बरको मिनि ट्रकमा बाछाबाछी लादै गरेको अवश्थामा मिनि ट्रक सहित प्रहरीले ३ जनालाई पनि पक्राउ गरेको छ ।

देवानगंजकै वडा नम्बर २ बस्ने ३६ वर्षिय जाहिद अन्सारी, हरिनगर गाउँपालिका वडा नम्बर ६ बस्ने २१ वर्षिय मो. फमाज र २५ वर्षिय मो. अस्लमलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार ६ लाख मुल्य बराबरको मिनि ट्रक, ६ हजार मुल्य बराबरको बाछा र ३ हजार मुल्य बराबरको बाछि पक्राउ गरिएको हो । बरामद गरिएका बाछाबाछी सहित सवारी चालक र सवार व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको प्रहरीले जनाएको छ ।

 

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved