स्वास्थ्य

    Showing ८४१-८५० of २,६११ items.
  • अब सरकारी अस्पतालमा ‘औषधि छैन’ भन्न पाइँदैन : स्वास्थ्यमन्त्री पौडेल

    इलाम/  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब कुनै पनि सरकारी अस्पतालले ‘स्वास्थ्य बिमाको औषधि छैन’ भन्न नपाउने बताएका छन्। आइतबार इलाम अस्पतालको अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकेका औषधि अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने स्पष्ट गरे। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’ – उनले भने। स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। ती औषधिहरू अस्पतालमा अनिवार्य रूपमा राख्नुपर्नेमा मन्त्री पौडेलले जोड दिए। चिकित्सकले लेखेका औषधि नभएको भन्दै पन्छिने छुट अब कुनै पनि सरकारी अस्पताललाई नहुने उनले बताए। चिकित्सकहरूका लागि कडा नियम ल

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • ६६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा पालिका बजार विवादमा पर्यो, शिलान्यास भवन निर्माण रोक्न माग

    धरान/धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पालिका तरकारी बजार शिलन्यास गरेपछि विवादित हुन पुगेको छ । मेयर राईले धरान–१८ स्थित पालिका तरकारी बजारका लागि भवन शिलान्यास गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आपत्ती जनाएको छ ।  विहीबार मेयर राई प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलाबीच भनाभन भएको छ । रजिष्टार सङ्ग्रौलाले उक्त स्थान प्रतिष्ठानको रहेको भनेर रोक्नका आग्रह गरेपछि मेयर राईले भने् जनप्रतिनिधीसँग बोल्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्रीसँग कुरा गर्ने बताएका थिए । शिलान्यास स्थलमा नै उक्त विषयमा विवाद भएको हो । रजिष्टार संग्रौलाले उक्त

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • १,३६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • केराबारीमा मानव हड्डी

    केराबारी/ मोरङको केराबारी गाउँपालिका–१ ढोडेदह भन्ने ठाउँमा बुधबार मानव कंकाल फेला परेको छ । मृत्यु भएको मानिसको शरीरका हड्डीहरु फेला परेका छन् । लगाएको कपडाका आधारमा उक्त कंकाल पुरुषको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।दाउरा खोज्न गएका स्थानीयले मानव कंकाल देखेपछि प्रहरीलाई बिहान १० बजेतिर खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर कंकाललाई परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । प्रहरीका अनुसार कंकाल कसको हो भनेर यकिन छैन । थप अनुसन्धान भइरहे

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ६०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १५ शैयाको अस्पताल सात वर्ष बित्दा पनि अपूरो, जनतालाई सास्ती

    इलाम/ सरकारले २०७७ साल मंसिर १५ गते देशभरका ३९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि एकैसाथ दुई सय ५० भन्दा बढी भवनको शिलान्यास गर्‍यो। तर, सात वर्ष बितिसक्दा पनि इलामका सात स्थानीय तहका अस्पतालहरूको निर्माण कार्य अधुरै छ। इलामका सूर्योदय, देउमाई र माई नगरपालिका तथा चुलाचुली, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा १५ शैयाका अस्पताल निर्माण गरिने भनिएको थियो। तर, चुलाचुली र माई नगरपालिकामा मात्र भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएको छ, बाँकी पाँच पालिकाका अस्पताल अझै अपूरो अवस्थामा छन्। स्थानीय सरकारले समयमा निर्माण सम्पन्न नगर्दा यी पालिकाका नागरिक अझै पनि गुणस्तरीय

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ७२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा अफ्रिकन स्वाइन फ्लु,उच्च सर्तकता

    सुनसरी/  सुनसरीको दुहबी नगरपालिकामा अफ्रिकन स्वाइन फ्लु पुष्टि भएपछि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।दुहबी नगरपालिकाले उच्च सकर्तकता अपनाउँदै १५ दिनका लागि बंगुर ओसार–पसारमा पूर्ण प्रतिबन्ध लगाएको छ । केन्द्रीय प्राविधिक ल्याब काठमाण्डौले अफ्रिकन स्वइन फ्लु पुष्टि गरेपछि प्रतिबन्ध लगाइएको दुहबी नगरपालिकाका नगरप्रमुख वेद नारायण गच्छादारले जानकारी दिए । बुधबार दुहबी नगरपालिका, पशु सेवा शाखा, विभिन्न वडाका अध्यक्ष, इलाका प्रहरी, शसस्त्र प्रहरीको आकस्मिक बैठक बसेको थियो । सो बैठकले संक्रमण नियन्त्रणका लागि तत्काल कदम चाल्न निर्देशन दिएको नगरप्रमुख गच्छादारले बत

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • ८०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाँदनीको शव फेला प्रकरण प्रेम सम्बन्धका कारण हत्या

    विराटनगर/ विराटनगरमा खाल्डोभित्र शव फेला परेकी १४ वर्षीया चाँदनी यादवको हत्याको मुख्य कारण प्रेम सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा ६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।प्रहरीले बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का आधारमा सरकारी वकिल कार्यालय मोरङले अभियोग पत्र तयार पारेर ज्यान सम्बन्धी कसुरमा मंगलबार मुद्दा दर्ता गरेको हो । चाँदनीको हत्या आफ्नै अभिभावक र मावली परिवारका सदस्यले गरेको यकिन भएको छ । विराटनगर महानगरपालिका–५ विशाल चोकको कलेर्वा टोलस्थित मावली घरभित्रै माघ ११ गते दिउँसो चाँदनीको हत्या भएको थियो । घाँटी थिचेर मारेपछि राति मामाघरनजिकै खाल्डो ख

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ६८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांगता बिद्यालयमा भौतिक संरचनाको अभाव

    धरान/ बौद्धिक आगताहरुलाई लक्षित गरी धरान १६ मा सञ्चालित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयले सोमबार ३७ औ अभिभावक दिवस एवम् बार्षिक उत्सवसँगै विद्यार्थीहरुलाई लक्षित गरी बनाइएको छात्रावासको उद्घाटन कार्यक्रम सम्पन्न गर्‍यो । सो अवरमा सञ्चालन समितिका पदाधिकारी, शिक्षक ता कर्मचारीहरुले सरकारी स्तरबाट पर्याप्त सहयोग नहुदा बौद्धिक अपांगता भएकाहरुको क्षमता अभिवृद्धिमा समस्या भएको बताएका थिए । धरान १६ मा रहेको सुस्त मनस्थिति विद्यालय जसले धरानमा रहेका बौद्धिक अपांगता भएका बालबालिकालाई शिक्षा प्रदानसँगै हेरचाहमा ठूलो सहयोग पुगेको छ । अहिले यो विद्यालयमा ८८ जना बौद्धिक अपांगता भएकाहरु अध्य

    • प्रकाशित मितिः फागुन १५, २०८१
    • ५५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी रेडक्रसको रक्त सञ्चार सेवा प्रभावकारी

    धरान/ नेपाल रेडक्रस सोसाइटी सुनसरीले मानवीय सेवासँगै सञ्चालन गरेको रक्त सञ्चार सेवा प्रभावकारी बन्दै गएको छ। ५० औं जिल्ला सभाको अवसरमा रेडक्रसले विपद् व्यवस्थापन, उद्धार, आर्थिक सहायता तथा रक्तदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लगेकाे बताइएको छ। कोशी प्रदेशकी सांसद यसोदा कायस्थले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै आएको उल्लेख गर्दै रेडक्रसलाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताइन्। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष बासुदेव गौतमले सुनसरी शाखाले ११७ स्थानबाट वार्षिक ४ लाख पिन्ट रगत संकलन गर्ने उल्लेख गर्दै अस्पतालहरूमा रगत अभाव हुन नदिएको बताए। धरान–१ मा सम्पन्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ५६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित महिला पक्राउ

    धरान/  लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा धरान उप–महानगरपालिका–८ की २९ वर्षीया सुष्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार दिउँसो २ बजे, धरान उप–महानगरपालिका–१६ स्थित कुन्ता शर्माको घरमा कोठा भाडामा लिएर बस्दै आएकी तामाङ लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कोठाबाट लागूऔषध ट्रामाडोल ३ हजार २१० क्याप्सुल, प्रतिबन्धित औषधि क्एब्क्एभ्क्त् १ हजार ६६० ट्याब्लेट र क्एब्क्एब्क्ष्ल् ७३० ट्याब्लेट बरामद गरेको छ। पक्राउ परेकी तामाङलाई थप अनुसन्धानका लागि इलाका

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,४२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रकृतिको निधनः दोषीलाई कारबाहीको माग

    धरान/ भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति नेपाली विद्यार्थीहरुले दुःख व्यक्त गर्दै दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाली विद्यार्थीहरुमाथि गरेको दुव्र्यवहारको घोर भत्र्सना गरेका छन् । फागुन ४ गते भारतको ओडिसास्थित कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अप्रत्याशित घट्ना घट्यो । हेटौडा निवासी नेपाली चेली लम्सालको शंकास्पद मृत्युले सबैलाई भावविह्लमात्र बनाएन लम्सालको मृत्यु प्रति शंका उत्पन्न गराएको छ । नेपाली चेलीको शंकास्पद

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ६२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved