स्वास्थ्य

    Showing ८३१-८४० of २,६१२ items.
  • मोरङमा जंगलीको हात्तीको ज्याजदती हात्तीको आक्रमणबाट १६ जनाको मृत्यु

    मोरङ/ मोरङको लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित लक्ष्मी समुदायिक वन क्षेत्रमा दाउरा लिन गएकी स्थानीय लक्ष्मी बोगटी गत फागुन २४ गते जङ्गली हात्तीको आक्रमणबाट घाइते भइन् । भागेर ज्यान जोगाउन सफल भएकी बोगटीको हात भाँचिएको छ भने शरीरमा चोटपटक लागेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए ।डिभिजन

    • प्रकाशित मितिः चैत २, २०८१
    • ७०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका थलिएका यातायात मजदुरलाई कतारबाट आर्थिक सहयोग

    धरान/ सडक दुर्घटनाका कारण स्पाइनल कर्ड इन्जुरी भई दश वर्षदेखि थलिएका मजदुर पुण्य प्याकुरेललाई कतारमा कार्यरत यातायात मजदुर सुशील पोखरेलले दश हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा बिहीबार पुण्य प्याकुरेलकै निवासमा पुगेर पोखरेलले सहयोग हस्तान्तरण गरेका हुन्। संगठनका सदस्य समेत रहेका पोखरेल धरान–१५ का स्थायी बासिन्दा हुन्। हाल उनी कतारको अवेन्सल लाइटिङ कम्पनीमा लाइटिङ विशेषज्ञका रूपमा कार्यरत छन्। सहयोग हस्तान्तरण कार्यक्रममा पोखरेलले आफू पनि यातायात मजदुर भएकाले पीडित मजदुरको अवस्था देखेर सहयोग गरेको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ७९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राई कल्याणकारी समाजको २५औं स्थापना दिवसमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

    धरान/ सुच्चा राई कल्याणकारी समाजले आफ्नो २५औं स्थापना दिवसको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। शनिबार धरान बजारस्थित लोकतान्त्रिक चौतारीमा आयोजित कार्यक्रममा १६२ पिन्ट रगत संकलन गरिएको छ। कार्यक्रममा समाजका सल्लाहकार ढुण्डिराज सुच्चा राईको सभाध्यक्षता रहेको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेश योजना आयोगका सदस्य माननीय किशोर थुलुङ उपस्थित थिए भने विशेष अतिथिका रूपमा अग्रज पत्रकार तथा युवा नेता भिमज्वाला राई, धरान वडा प्रहरी कार्यालयका प्रमुख रुद्र खड्का लगायत समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा समाजमा विशिष्ट योगदान दिने व्यक्तित्वहरूलाई सम्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • ६५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा प्रहरीको फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान

    इटहरी/लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान फाइट एगेन्स्ट नार्कोटिक्स अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको यो अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुर्व्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदै छ। अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला सीमाको कारण मौलाउँदै मानव बेचबिखन

    इलाम/ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ ले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ऐनमा उल्लेखित कसुर मध्ये दफा ३ र ४ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा उल्लेखित कसुर गर्ने कसुरदारलाई सोही ऐनको दफा १५ को उपÞदफा (१) को खण्ड (क) र (ग) मा निश्चित अवधिको कैद, जरिवाना तथा कैदको सजाय हुने व्यवस्था छ । तर पनि मानव तस्करहरूले व्यापार वा घुमफिरका नाममा महिला र बालबालिकालाई भारतीय कोठी र खाडी मुलुकमा लैजाने गरेको पाइन्छ । विशेष गरी महिला तथा किशोरीलाई मानव तस्करले विभिन्न प्रलोभन पारेर नेपालका विभिन्न नाकाबाट भारततर्फ लैजाने गरेका हुन ।खुला सीमाको फाइदा उठाएर वैदेशिक रोजगारी,

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • ७९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु, गर्भवती महिलालाई सहज

    धरान/  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु भएको छ। नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ। यसअघि भिडियो एक्स-रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको छ। उक्त भिडियो एक्स-रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स-रे मेसिन प्रदान गरेका हुन्। अस्पतालले अनमी स

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • ९७९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राईकल्याणकारी समाजद्वारा जेष्ठ नागरिक सम्मान

    धरान/सुच्चा राईकल्याणकारी समाजले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समाजले धरानका दुई जेष्ठ नागरिक र भवन निर्माणमा योगदान पुर्याउने एक व्यक्तिलाई विशेष सम्मान गरेको हो । धरान-२, भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रम तथा सम्मान समारोहमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ कटुञ्जे निवासी, हाल धरानमा बसोबास गर्दै आएकी ८६ वर्षीया गंगादेवी वास्तिम तथा मानेडाँडा निवासी ९८ वर्षीय मेघजित सुच्चा राईलाई सम्मान गरिएको थियो । समाजका अध्यक्षले भाषा, पहिचान र संस्कृतिको संरक्षणमा उहाँहरुले खेलेको भूमिकाको कदर गर्दै भविष्यमा पनि अग्रजहरूलाई सम्मान गर्दै

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • ८५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुच्चा राई कल्याणकारी समाजद्वारा अग्रज सम्मान तथा रक्तदान कार्यक्रम आयोजना

    धरान/ आफ्नो २५औँ स्थापना दिवसको अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजले समाजका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ। यस अवसरमा शनिबार बिहान ८ बजे धरानको भानुचोकमा रक्तदान कार्यक्रम तथा अग्रजहरू— ९० वर्षीय गंगा सुच्चा राई र ८७ वर्षीय मेखजित राईलाई सम्मान गरिनेछ। कार्यक्रमकै अवसरमा समाजले धरान-११ मा निर्माणाधीन सामुदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई पनि कदर पत्र प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष विनोद राईका अनुसार, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। भोजपुरको राम

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • ७१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित जोडी एउटै रुखमा झुन्डिए

    विराटनगर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् । मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • ९४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेम सम्बन्धपछि बलात्कारको मुद्धामा प्रहरी पक्राउ

    सिरहा/  सिराहामा एक प्रहरी जवान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादव बलात्कार आरोपमा पक्राउ परेका हुन् । उनलाई फागुन १५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता डिएसपी वीरेन्द्र पासवानले जानकारी दिए । ‘महिलाले बलात्कार मुद्दामा उजुरी दिएपछि यादवलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी पासवानले भने, ‘विवाह गर्ने शर्तमा यौन सम्बन्ध राखेको र विवाह नगरेकाले बलात्कार आरोपमा उजुरी दर्ता भएको छ ।’ उनलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । प्रहरी जवान यादव विवाहित महिलासँग प्रेममा थ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • ८८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved