धरानमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु, गर्भवती महिलालाई सहज

  • फागुन २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान १ स्थित छाताचौकको पुरानो अस्पतालमा ग्रामीण भिडियो एक्स-रे सेवा सुरु भएको छ।

नगर अस्पतालको अवधारणा अनुरुप प्रसूति गृहमा भर्खरै सञ्चालनमा ल्याइएको यो सेवा गर्भवती महिलाहरूका लागि उपयोगी हुने बताइएको छ।

यसअघि भिडियो एक्स-रे नहुँदा गर्भवती महिलाहरू अन्यत्र जान बाध्य थिए। तर, अब यही अस्पतालमै सेवा उपलब्ध भएपछि उनीहरूलाई सहज भएको छ।

उक्त भिडियो एक्स-रे धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघाले उद्घाटन गरेका हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका पूर्व प्रमुख डा. श्रीराम शाहले व्यक्तिगत लगानीमा १२ लाख रुपैयाँको भिडियो एक्स-रे मेसिन प्रदान गरेका हुन्।

अस्पतालले अनमी समिता राईलाई २१ दिने विशेष तालिम दिएर एक्स-रे सञ्चालनको जिम्मेवारी सुम्पिएको छ।

धरान स्वास्थ्य चौकीकी प्रमुख लक्ष्मी बुढाथोकीका अनुसार ग्रामीण क्षेत्रमा लक्षित यो सेवा अब स्थानीयस्तरमै सहज उपलब्ध हुनेछ।

पूर्व प्रमुख डा. शाहले अस्पतालको अव्यवस्थित अवस्था देखेर सहयोगस्वरूप भिडियो एक्स-रे प्रदान गरेको बताए।

धरान उपमहानगरपालिकाले पुरानो अस्पतालको जग्गामा सुविधा सम्पन्न १०० बेडको अस्पताल निर्माण गर्ने योजना अगाडि बढाए पनि हालसम्म अस्पतालको भौतिक संरचना जीर्ण बन्दै गएको छ।

स्वास्थ्य सेवा विस्तारका लागि ठोस योजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved