सुच्चा राई कल्याणकारी समाजद्वारा अग्रज सम्मान तथा रक्तदान कार्यक्रम आयोजना

  • फागुन २१, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आफ्नो २५औँ स्थापना दिवसको अवसरमा श्री सुच्चा राई कल्याणकारी समाजले समाजका अग्रज व्यक्तित्वहरूलाई सम्मान गर्ने भएको छ।

यस अवसरमा शनिबार बिहान ८ बजे धरानको भानुचोकमा रक्तदान कार्यक्रम तथा अग्रजहरू— ९० वर्षीय गंगा सुच्चा राई र ८७ वर्षीय मेखजित राईलाई सम्मान गरिनेछ।

कार्यक्रमकै अवसरमा समाजले धरान-११ मा निर्माणाधीन सामुदायिक भवन निर्माण समितिका संयोजक चण्डिप्रसाद सुच्चा राईलाई पनि कदर पत्र प्रदान गर्ने भएको छ।

समाजका अध्यक्ष विनोद राईका अनुसार, संस्कार तथा संस्कृतिको संरक्षण गर्दै समाजसेवामा योगदान पुर्‍याउने उद्देश्यले यस प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

भोजपुरको राम प्रसाद गाउँपालीका स्थित  कटुन्जे उद्गमस्थल रहेको सुच्चा राई समुदाय हाल देशभर करिब १२ हजारको संख्यामा रहेको छ।

बान्तवा तथा दुङ्माली भाषी यस समुदायको संस्कृति संरक्षणका लागि २०५६ सालमा समाजको स्थापना गरिएको  किरण सुच्चा राईले जानकारी दिए।

संस्थाको समाजसेवी कार्यलाई निरन्तरता दिने क्रममा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ।

आयोजकका अनुसार, कम्तीमा १०० जना रक्तदाताहरूले यस कार्यक्रममा सहभागिता जनाउने लक्ष्य राखिएको छ।

 

 

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved